२०८१ बैशाख १५

गुजरातको पहिलो हार, शीर्ष स्थानमा उक्लने मौका गुमायो

अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पहिलो हार व्यहोरेको छ।


Advertisement


सनराइजर्स हैदराबादले गएराती गुजरात टाइटन्समाथि ८ विकेटको सानदार जित निकाल्दै गुजरातको अपराजित यात्रामा पूर्णविराम लगायो। यो सँगै गुजरातको शीर्ष स्थानमा उक्लने मौका गुम्यो। 

१ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १९.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। हैदराबादको जितमा कप्तान केन विलियम्सनको अर्धशतकीय पारी खेले।

१७ औं ओभरको पहिलो बलमा आउट हुनुअघि केन विलियम्सनले ४६ बलमा २ चौका र ४ छक्कासहित ५७ रनको योगदान दिए। ओपनर अभिषेक शर्मा ४२ रनमा आउट भए। शर्माले विलियम्सनसँग पहिले विकेटका लागि ८.५ ओभरमा ६४ रनको साझेदारी गरेका थिए। 

यस्तै निकोलस पुरनले १८ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाउँदा एडेन माक्ररम १२ रनमा अविजित रहे।

राहुल त्रिपाठी ११ बलमा १ चौका र १ छक्कासहित १७ रनमा रिटायर्ट आउट भए। 

गुजरातका लागि हार्दिक पान्ड्या र राशिद खानले समान १–१ विकेट लिए।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो। 

उसका लागि कप्तान हार्दिक पान्ड्याले अर्धसतकीय पारी खेले। ४२ बलमा ४ चौका र १ छक्कासहित ५० रनमा उनी अविजित रहे ।

अभिनव मनोहरले २१ बलमा ५ चौका र १ छक्का सहित ३५ रनको इनिङ खेले। अतिरिक्तबाट २२ रन पाएको गुजरातका लागि अन्य ब्याटरले खुलेर खेल्न सकेनन्। साई सुदर्शनले ११ रन बनाउँदा म्याथ्यु वेडले १९ रन जोडे। डेविड मिलरले १२ रन बनाउँदा ओपनर शुभमन गिलले ७ रन बनाए। राहुल टेवाटिया ६ रनमा आउट भए। 

हैदराबादका भुवनेश्वर कुमार र टि नटराजनले २-२ विकेट लिए। मार्को ज्यासन र उमरन मलिकले १–१ विकेट हात पारे। 

हैदराबादले अब शुक्रबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ। गुजरातले बिहीबार शीर्षस्थानको राजस्थान रोयल्ससँग खेल्नेछ।
यो जितसँगै हैदारावादले ४ अंक जोडेको छ। 

तालिकामा ५ वटा टिमले ६ अंक, ३ वटा टीमले ४ अंक र २ वटा टिमले अंक जोड्न सकेका छैनन्।

राजस्थान रोयल्स ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ नेटरनरेटमा माथि रहँदै शीर्ष स्थानमा छ। समान अंक भए पनि कोलकाता नाइट राइडर्स दोस्रो, बेंगलोर तेस्रो, लखनऊ चौथो र गुजरात पाँचौ स्थानमा छन्। 

यस्तै दिल्ली ४ खेलमा २ मा जित र २ मा हार सहित छैठौं स्थानमा छ । पन्जाब ४ खेलमा २ मा जित र २ मा हार सहित सातौं स्थानमा छ। हैदराबाद ४ खेलमा २ मा जित र २ मा हार सहित आठौं स्थानमा छ।

समान ४ खेलमा मुम्बई र चेन्नई अंकविहिन छन्।

Copy link
Powered by Social Snap