२०८१ बैशाख १३

टी-२० विश्व वरीयतामा नेपालको सुधार

आइसिसी पुरूष टी-२० टिम वरीयतामा नेपालले सुधार गरेको छ। अघिल्लो महिनाभन्दा एक स्थान माथि उक्लदै नेपाल १२औं स्थानमा छ।


Advertisement


नेपालभन्दा तल युएई १३औं, स्कटल्यान्ड, १४औं र आयरल्यान्ड १५औं स्थानमा छन्।

शीर्ष स्थानमा भारत छ। दोस्रो स्थानमा इंग्ल्यान्ड छ भने पाकिस्तान तेस्रो स्थानमा, न्युजिल्यान्ड पाँचौ र अस्ट्रेलिया छैटौं स्थानमा छन्। वेस्ट इन्डिज सातौं, अफगानिस्तान आठौ, बंगलादेश नवौं, श्रीलंका दशौं र जिम्बावे एघारौं स्थनमा छ।

नेपालले पछिल्लो यहि महिना घरेलु मैदानमा पपुवा न्युगिनी र मलेसियाबिरूद्धको त्रिकोणात्मक टी-२० सिरिजमा लिग चरणमा चार र फाइनलमा गरी लगातार पाँच खेलमा जित हात पारेको थियो।

त्यसअघि नेपालले विश्वकप छनोटमा समूह चरणमा ओमान, फिलिपिन्स र क्यानडालाई पराजित गरेको थियो।

सेमिफाइनलमा भने नेपाल युएईसँग हारेको थियो। यहिँ खेलमा पराजित हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल भएको थियो।तेस्रो स्थानको खेलमा नेपालले ओमानलाई पराजित गरेको थियो।

Copy link
Powered by Social Snap