२०८१ बैशाख १२

फुटसल एसियन कप छनोटमा नेपालको पोस्टमा ताजकिस्तानको ११ गोल

एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिताका नेपाल बाहिरिएको छ। किर्गिस्तानमा भइरहेको समूह ‘बी’ को छनोटमा लगातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको हो।


Advertisement


सोमबार भएको दोस्रो खेलमा नेपाललाई  ताजकिस्तानले ११- १ गोलले पराजित गर्‍यो। खेलको तेस्रो मिनेटमा अदिल हमिदले गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए।

त्यसपछि पहिलो हाफसम्म १-१ को बराबरी खेलेको नेपालले दोस्रो हाफमा १० गोल खायो।

यसअघि नेपालले पहिलो खेलमा उज्वेकिस्तानसँग ५- १ को हार बेहोरेको थियो।

नेपालले भोलि अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ।

कुवेतमा आगामी सेप्टेम्बर अन्तिम सातादेखि हुने एसियन कप फुटसलमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन्।

कुवेत आयोजकको हैसियतमा छनोट भइसकेको छ। अब समूहका शीर्ष टिम स्वत: छनोट हुनेछ भने दोस्रो हुने टिमले प्लेअफ खेल्न पाउनेछ।

Copy link
Powered by Social Snap