२०८३ कार्तिक १२

विश्व जुनियर टेनिसमा नेपालका तीन खेलाडी भिड्ने

आइटिएफ विश्व जुनियर टेनिस कम्पिटिसन (डब्लुजेटीसी) फाइनल क्वालिफाइङमा सहभागी हुन ३ महिला खेलाडीसहित ४ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दै छ।


Advertisement


बैशाख ५ देखि १० गतेसम्म (अप्रिल १८–२३) हुने यु–१४ उमेरसमूहको प्रतियोगितामा सुनिरा थापा, आध्या पौड्याल र जेनी खड्काले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। प्रशिक्षकमा रामेश्वर थापा छन्।

टिम स्पर्धामा खेल हुने छ। दुई सिंगल्स र एक डबल्समा खेल खेलाइने छ।

गत फेब्रुअरी १४ देखि १९ तारिखसम्म श्रीलंकाको कोलम्बोमा भएको प्रिक्वालिफाइङमा तेश्रो हुँदै नेपालले भारतको प्रतियोगितामा सहभागिताको अवसर पक्का गरेको थियो।

टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले सातदोबाटोमा शुक्रबार एक कार्यक्रम बिदाइ गरिन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap