२०८२ मंसिर २३

खेलकुद

अस्ट्रेलियाले सातौं पटक जित्यो महिला क्रिकेट विश्वकपको उपाधि

अस्ट्रेलियाले सातौं पटक जित्यो महिला क्रिकेट विश्वकपको उपाधि

खेलकुद
अस्ट्रेलियाले महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ। आइतबार न्युजिल्यान्डमा भएको फाइनलमा साविक विजेता इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो। Advertisement अस्ट्रेलियाले सातौं पटक उपाधि जितेको हो। उसले पछिल्लो पटक सन् २०१३ मा विश्वकपको उपाधि जितेको थियो। आइतबारको फाइनलमा अस्ट्रेलियाले दिएको ३५७ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३.४ ओभरमा २८५ रनमा अलआउट भयो। इंग्ल्यान्डका लागि नाट सेभरले नटआउट १४८ रन जोडे पनि आफ्नो टिमलाई च्याम्पियन बनाउन भने सकिनन्। बलिङमा अस्ट्रेलियाका एलना किङ र जेस जोनासेनले ३-३ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५ विकेटको क्षतिमा ३५६ रन जोड्यो। अस्ट्रेलियाका लागि ओपनर एलिसा हेलीले  १७० रन जोडिन्। उनले १३८ बलमा २६ चौका प्रहार गरेकी थिइन्। रिचे...
नेपाल लगातार चार खेलमा विजयी, उपाधिका लागि पिएनजीसँग भिड्ने 

नेपाल लगातार चार खेलमा विजयी, उपाधिका लागि पिएनजीसँग भिड्ने 

खेलकुद
टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ। Advertisement आज कीर्तिपुरस्थित त्रिवि  मैदानमा भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गर्‍यो। यससँगै नेपाल लिग चरणमा सबै चार खेलमै विजयी भयो। मलेसिया पराजित भएसँगै पिएनजी फाइनलमा पुग्न सफल भयो। अब नेपाल र पिएनजीबीचको फाइनल आगामी सोमबार हुनेछ।  शनिबार कीर्तिपुर मैदानमा नेपालले दिएको २२४ रनको लक्ष्य पछ्याएको मलेसिया एक बल खेल्न बाँकी छदा १३८ रनमा अलआउट भयो। मलेसियाका लागि कप्तान अहमद फाइजले सबैभन्दा बढी ३३ रन जोडे। बलिङमा नेपालका कप्तान सन्दीप लामिछानले ३ विकेट लिए। कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए।  कुशल भर्तेल र रोहित पौडेलले १-१ विकेट लिए।  त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेक...
जोमसोममा जेठ पहिलो साता अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर

जोमसोममा जेठ पहिलो साता अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर

खेलकुद
मुस्ताङको जोमसोममा ‘प्रधानसेनापति प्रथम अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ हुने भएको छ । आगामी जेठ ७ गते हुने प्रतियोगितामा स्वदेशका १५ र विदेशी १० टिमको सहभागिता रहने छ।  Advertisement प्रतियोगिताका बारेमा जानकारी दिन नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकूद  केन्द्रद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा दौड, साइक्लिनिङ र आरोहण विधा समावेश गरिएको जानकारी दिइयो। पुरुष र महिला विधाका लागि बेग्ला–बेग्लै आयोजना हुने प्रतियोगितामा सहभागी टिमले १०० मिटर आरोहण, ४.७५ दौड र १५.३५ साइक्लिनिङ दूरी पूरा गर्नुपर्ने छ । अन्तर्राष्ट्रिय प्रतियोगीकारुपमा भारत, पाकिस्तान, श्रीलङ्का, बेलायत,  बङ्गलादेश, अमेरिका, माल्दिभ्स, दक्षिण कोरिया, चीन र इजरायलका सैनिक टोलीले भाग लिने सेनानी राजीव चन्दले जानकारी दिए। प्रति...
पूर्वखेलाडी पेमाले स्थापना गरिन् खेलाडी सम्मानका लागि अक्षयकोष

पूर्वखेलाडी पेमाले स्थापना गरिन् खेलाडी सम्मानका लागि अक्षयकोष

खेलकुद
पूर्वफुटबल खेलाडी पेमा डोल्मा लामाले महिला फुटबल खेलाडीहरुको सम्मानका लागि अक्षय कोषको स्थापना गरेकी छिन्। Advertisement हाल एन्फा सदस्य, एन्फा महिला समितिकी सदस्य एवं महिला फुटबल संघकी महासचिव समेत रहेकी पेम्बाले आफूले विभिन्न प्रतियोगिताका दौरान प्राप्त भत्ता तथा अन्य रकममा थप गरि ३ लाख बराबरको अक्षय कोष स्थापना गरेकी हुन्। उनले यस रकमबाट वार्षिक रुपमा ब्याज बापत प्राप्त रकम हरेक वर्ष महिला दिवश (मार्च ८) का दिन एक जना पुराना वा नयाँ महिला खेलाडीहरुलाई पुरस्कृत गर्ने जनाएकी छिन्। यसका लागि उनले एक छनोट समिति निर्माण गर्ने र उक्त समितिको सिफारिसमा पुरस्कृत गर्ने समेत जनाएकी छिन्। यसरी सम्मान गर्नुको मुख्य उद्देश्य पुराना महिला खेलाडीहरुले फुटबल विकासमापुर्‍याएको योगदानको कदर र नयाँ खेलाडीहरुलाई फुटबल खेल प्रति हौसला प्रदान गर्दै प्र...
एकै खेलमा तीन कीर्तिमान बनाएका करण भन्छन्- भविष्यमा अझै ४-५ ह्याट्रिक गर्न प्रयास गर्छु

एकै खेलमा तीन कीर्तिमान बनाएका करण भन्छन्- भविष्यमा अझै ४-५ ह्याट्रिक गर्न प्रयास गर्छु

खेलकुद
नेपाल राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर करण केसीका लागि बिहीबार विशेष दिन बन्यो। कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनी (पिएनजी) विरूद्धको टी-२० खेलमा करणले ह्याट्रिक लिएर कीर्तिमान बनाए। नेपालको ५०औं टी-२० अन्तर्राष्ट्रिय खेलमा करणले आफ्नो करिअरको पनि ५०औं टी-२० अन्तर्राष्ट्रिय विकेट लिन सफल भए।  टी-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक लिने पहिलो नेपाली बलर बनेका करणको बलिङ टी-२० अन्तर्राष्ट्रियमा नेपालका लागि उत्कृष्ट बलिङ समेत हो।  Advertisement नेपाल ३७ रनले विजयी भएको खेलमा करणले ह्याट्रिकसहित पाँच विकेट लिँदा २१ रन दिए।  करणले २०औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा पिएनजीको लगातार विकेट लिएर ह्याट्रिक गरेका थिए। उनले पिएनजीका चाड सोपरलाई अन्तिम ओभरको दोस्रो बलमा २ रन, अताइलाई तेस्रो बलमा श...
राजविराज द किङलाई सप्तरी प्रिमियर लिगको उपाधि

राजविराज द किङलाई सप्तरी प्रिमियर लिगको उपाधि

खेलकुद
चौंथो संस्करणको राजविराज सप्तरी प्रिमियर लिगको उपाधि राजविराज द किङले जितेको छ। Advertisement राजविराजस्थित राज रंगशालामा सम्पन्न फाइनलमा द किङले तिलाठी कोइलाडी जायन्ट्सलाई २९ रनले पराजित गर्‍यो। राजविराज द किङले दिएको १३९ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीले १७.४ ओभरमा १०९ रनमा अलआउट भयो। लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीका भुवन कार्कीले ३२ तथा सुनिल धमलाले ३० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। राजविराज द किङका बलर नन्दन यादव र अनिल यादवले ३/३ विकेट, फिर्दोश अन्सारीले २ तथा रूपेश कुमार सिंहले १ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको राजविराज द किङले १९.१ ओभरमा १३८ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। द किङको ब्याटिङमा ओपनर सन्तोष कार्कीले सर्वाधिक ८२ रन बनाए जुन क्रममा ४४ बलमा ५ चौका र ८ छक...
कप्तान सन्दीप भन्छन्- बलिङमा सुधार गर्नुपर्ने ठाउँ छन् 

कप्तान सन्दीप भन्छन्- बलिङमा सुधार गर्नुपर्ने ठाउँ छन् 

खेलकुद
नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम नेपालले विजयी सुरुवात गर्‍यो।  Advertisement नेपालले सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पिएनजीलाई १५ रनले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १८३ रन जोड्यो। पिएनजी ४ बल खेल्न बाँकी छदा १६८ रनमा अलआउट भयो। कुनै समय सहज स्थितिमा देखिएको नेपालमाथि १९ ओभरसम्म दबाब परेको थियो। पिएनजीका नोर्मान भानुआ १९औं ओभरको छैटौं बलमा करण केसीको एलबिडब्लूको धरापमा परेपछि नेपाललाई राहत मिलेको थियो। लगत्तैको अर्को बलमा सिमोन अताइलाई करणले आउट गरेपछि खेल नेपालको पक्षमा परेको थियो। अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीले बलिङ गरेका थिए। जसमा दोस्रो बलमा नेपालले रनआउटमार्फत अन्तिम विकेट लिएको थियो। खेलको प्लेयर अफ दि म्याच नेपालका कप्तान सन्दीप लामिछाने भ...
विश्वकप लिग-२: नेपालले पपुवा न्युगिनीलाई हरायो

विश्वकप लिग-२: नेपालले पपुवा न्युगिनीलाई हरायो

खेलकुद
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ। नेपालले मंगलबार दुबईमा भएको खेलमा पपुवा न्युगिनीलाई  ७ विकेटले पराजित गरेको हो। Advertisement पपुवा न्युगिनीले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि दुई ब्याट्सम्यानले अर्धशतक प्रहार गरे। ओपनर कुशल भुर्तेलले ५० रन जोडे। उनले ६४ बलम ४ चौका र १ छक्का प्रहार गरे।  आरिफ शेख पनि एकदिवसीय खेलमा पहिलो अर्धशतक पूरा गर्न सफल भए। उनले नटआउट ५९ रन जोड्ने क्रममा १०२ बल खेलेर ४ चौका हिर्काए। त्यसअघि आसिफ शेख २ रनमा आउट भएका थिए। कुशल आउट भएकै ओभरमा दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भएका थिए। यस्तै रोहित पौडेलले पनि नटआउट ४४ रन जोडे। उनले ४८ बलमा ५ चौका प्रहार गरे। त्यसअघि दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपालले टस जितेर ब...
बलियो थाइल्यान्डसँग भिड्नुअघि प्रशिक्षक अलमुताइरी भन्छन्- नेपालले जितका लागि खेल्नेछ 

बलियो थाइल्यान्डसँग भिड्नुअघि प्रशिक्षक अलमुताइरी भन्छन्- नेपालले जितका लागि खेल्नेछ 

खेलकुद
आगामी जुनमा हुने एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टिमले अहिलेदेखि नै तयारी गरिरहेको छ। Advertisement तयारीका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई चरणमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने योजना सार्वजनिक गरेका थिए। सोही योजनाअनुरुप नेपालले माघमा मरिसससँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो। दशरथ रंगशालामा भएको दुवै खेलमा नेपालले समान १-० को जित निकालेको थियो। दोस्रो चरणमा नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ। आगामी चैत १० मा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टिम सोमबार थाइल्यान्ड प्रस्थान गर्दैछ। कप्तान किरणकुमार लिम्बु माल्दिभ्सबाट र डिफेन्डर रोहित चन्द इन्डोनेसियाबाट थाइल्यान्ड पुग्नेछन्।  नेपालले चैत १३ मा थाइल्यान्डको चोन बुरी एएफसीसँग अर्को अभ्यास खेल खेल्नेछ। दुवै खेल...
युक्रेनबाट तीन दिनको कठिन यात्रापछि सर्विया पुगेकी यारोस्लाभा स्वर्ण जितेपछि भक्कानिइन्

युक्रेनबाट तीन दिनको कठिन यात्रापछि सर्विया पुगेकी यारोस्लाभा स्वर्ण जितेपछि भक्कानिइन्

खेलकुद
युक्रेनकी यारोस्लाभा माहुचिख शनिबार सर्वियाको बेलग्रेडस्थित स्टार्क एरेनामा निकै भावुक देखिइन्।  Advertisement विश्व एथ्लेटिक्स इन्डोर च्याम्पियनसिपमा भाग लिनका लागि २० वर्षीया यारोस्लभाले निकै कष्ट बेहोर्नु परेको थियो।  युक्रेनमा रूसको आक्रमणका कारण उनले आफ्नो देशबाट सर्विया पुग्नका लागि पीडादायी यात्रा गर्न पर्‍यो।  उनी तीन दिन लगाएर सर्विया पुगेकी थिइन्। जहाँ उनले हाइ जम्पमा उत्कृष्ट प्रर्दशन गर्न सफल भइन्। २.०२ मिटर उफ्रिएकी यारोस्भालाले विश्वभरका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जित्न सफल भइन्।  तीन दिनको कठिन यात्रा र देशको युद्ध सम्झिएर उनी स्वर्ण जितेपछि भावुक बनेकी थिइन्।  युक्रेनमा रूसको आक्रमणको पृष्ठभूमिमा यारोस्लोभाले प्रतियोगितालाई 'फ्रन्ट लाइन' भनेर वर्णन गरेकी थिइन्। स्वर्ण जितेपछि आफ्नो ...