थाइल्यान्ड अन्तर्राष्ट्रिय बक्सिङमा नेपालले जित्यो १२ वर्षपछि पदक
थाइल्याण्डको फुकेटमा संचालन भएको थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपाली महिला बक्सिङ खेलाडी पुनम रावलले महिला ६० केजी तौल समूहमा कास्य पदक जित्न सफल भएकी छन्।
Advertisement
वाई पाएर सोझै सेमिफाइनल खेलेकी पुनमले फिलिपिन्सकी खेलाडीसँग प्रतिस्पर्धात्मक खेलमा ३– २ को हार बेहोरिन्।
फाइनलमा फिलिपिन्सकी खेलाडीले भारतकी खेलाडीलाई पराजित गरी स्वर्ण जितिन्।
त्यस्तै अघिल्लो दिन भएको खेलमा नेपालकी मिनु गुरुङ ५१ के.जी तौल समुहमा थाइल्यण्डका मुक्केवाजसंग ४–१ को हार बेहोर्दा पदकबाट बन्चित भइन्।
यस अघि नेपालका एक मात्र ६३ केजीमा भुपेन्द्र थापा
मियतनामसँग, महिला ५७ केजीमा इटालीका २०२० ओलम्पिक पदक विजेतासँग नेपालकी चन्द्रकला थापा र ४८ केजी तौल समूहमा सुस्मा तामाङ् इटालीकै खेलाडी सँग ३–२ ले हारेका थिए।
...









