२०८१ बैशाख ११

कोलकातामाथि हैदराबादको सानदार जित

सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडर्समाथि ७ विकेटको जित निकालेको छ।


Advertisement


योसँगै हैदराबाद ५ खेलमा ३ मा जित र २ मा हार सहित सातौं स्थानमा उक्लिएको छ।

कोलकाताले जितको लागि दिएको १ सय ७६ रनको लक्ष्य हैदराबादले १७.५ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो। 

हैदराबादलाई लगातार तेस्रो जित दिलाउन राहुल त्रिपाठी र एडेन माक्ररमले उत्कृष्ट ब्याटिङ गरे।

राहुल त्रिपाठीले ३७ बलमा ४ चौका र ६ छक्कासहित ७१ रन बनाउँदा माक्ररम ३६ बल खेल्दै ६ चौका र ४ छक्कासहित ६८ रनमा अविजित रहे। 

ओपनर अभिषेक शर्मा ३ रनमा आउट हुँदा कप्तान केन विलियम्सनले १७ रन जोडेका थिए। निकोलस पुरन ५ रनमा अविजित रहे।

तेस्रो विकेटका लागि एडेन माक्ररम र राहुल त्रिपाठीले ९४ रनको साझेदारी गर्दै साानदार जितको आधार तय गरे। कोलकाताका आन्द्रे रसेलले २ विकेट लिए। तीव्र गतिका बलर प्याट कमिन्सले १ विकेट हात पारे।

त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७५ रन बनायो। कोलकाताका लागि नितिश रानाले सर्वाधिक ५४ रन बनाए । आन्द्रे रसेल २५ बलमा ४ चौका र ४ छक्कासहित ४९ रनमा अविजित रहे। 

कप्तान श्रेयस ऐरले २८ रन बनाउँदा बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

ओपनर वेंकटेश ऐरले ६ रन बनाउँदा ओपनर आरोन फिन्चले ७ रन जोडे। यस्तै सुनिल नारायण ६ र शेल्डन ज्याक्सन ७ रनमा आउट भए। प्याट कमिन्सले ३ रन बनाउँदा अमन हाकिम खानले ५ रन जोडे। 

हैदराबादका टी नटराजनले ३ विकेट लिए। उमरन मलिकले २ विकेट हात पारे। यस्तै मार्को ज्यानसन, भुवनेश्वर कुमार र जगदीश सुचिथले १-१ विकेट लिए ।

जारी लिगमा नवप्रवेशी गुजरात ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोडेर शीर्षस्थानमा छ। 

दोस्रो स्थानमा रहेको राजस्थान रोयल्स, तेस्रो स्थानमा रहेको पन्जाब, चौथो स्थानमा रहेको कोलकाता नाइट राइडर्स, पाँचौ स्थानमा रहेको लखनऊ, छैठौं स्थानमा रहेको बेंगलोरको समान ६-६ अंक छ।

कोलकत्तालाई हराएको हैदराबाद सातौं स्थानमा उक्लिँदा ४ खेलमा २ मा जित र २ मा हार सहित दिल्ली आठौं स्थानमा छ। यस्तै चेन्नई ५ खेलमा १ मा जित र ४ मा हार सहित नवौं स्थानमा रहुँदा ५ खेलमा अंकविहिन मुम्बई पुछारमा छ ।

शनिबार दुई खेल हुनेछन् । पहिलो खेलमा मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच दिउँसो ३ : ४५ मा हुनेछ। यस्तै आजै हुने दोस्रो खेलमा दिल्ली र बेंगलोरबीच साँझ ७:४५ मा खेल सुरू हुनेछ।

Copy link
Powered by Social Snap