२०८१ बैशाख ८

प्याट्रिओट्स कप : ब्लु बर्ड र गोल्डेनगेट उपाधिका लागि भिड्ने

एभरेस्ट प्रिमियर लिग टिम ललितपुर प्याट्रिओट्को आयोजनामा भइरहेको प्याट्रिओट्स कपको उपाधिका लागि ब्लु बर्ड कलेज र गोल्डेगेट इन्टरनेसनल कलेजबीच प्रतिस्पर्धा हुने भएको छ।


Advertisement


शुक्रबार भएको सेमिफाइनलमा आ-आफ्ना खेल जित्दै दुवै टिमले उपाधि भिडन्त पक्का गरेका हुन्। उपाधिका लागि शनिबार प्रतिस्पर्धा हुनेछ।

ब्लु बर्डले एपेक्स कलेजलाई ११९ रनको फराकिलो अन्तरले हरायो। पहिले ब्याटिङ गरेको ब्लु बर्डले ३ विकेटको क्षतिमा २०७ रन जोड्यो। उसका लगि दीपक डुम्रेले ७४ रन तथा सचिन लेखकले ५४ र दुर्गेश क्षेत्रीले ५० रन जोडे।

२०८ रनको लक्ष्य पछ्याएको एपेक्स ८८ रनमा अलआउट भयो।

अर्को सेमिफाइनलमा गोल्डेनगेटले हिमालयन ह्वाइट हाउसलाई ६ विकेटले हरायो। ह्वाइटहाउसले दिएको १०३ रनको लक्ष्य गोल्डेनगेटले ४ विकेटको क्षतिमा १४ ओभरमा पूरा गर्‍यो।

Copy link
Powered by Social Snap