२०८२ मंसिर २३

खेलकुद

नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

खेलकुद
एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको तयारी गरिरहेको नेपालले अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। Advertisement अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण खेल हुने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। खेल कतारमा आगामी जेठ ११ र जेठ १५ मा हुनेछ। नेपाली टिम अहिले नेपालमै बन्द प्रशिक्षणमा छ। एक महिना स्वदेशमा अभ्यास गरेपछि नेपाली टिम कतार जानेछ। एसियन कप छनोटमा नेपाल कठिन समूहमा छ।  समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ। नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन्। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले ...
नवौं राष्ट्रिय खेलकुदमा खेलाडीको पुरस्कार र भत्ता बढाउन कसरत

नवौं राष्ट्रिय खेलकुदमा खेलाडीको पुरस्कार र भत्ता बढाउन कसरत

खेलकुद
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमा हुने बताएका छन्। Advertisement सदस्य–सचिव घिसिङकै अध्यक्षतमा सातै प्रदेशका सदस्य–सचिव, तीन विभागीय टोलीका प्रतिनिधि, नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिको उपस्थितिमा भएको नवौं राष्ट्रिय खेलकुद समन्वय समितिको पहिलो बैठकमा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन्। नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुँदैछ। ‘नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ। हुन्छ कि हुँदैन भन्ने संशय नराख्नु होला। आ–आफ्नो स्तरबाट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न तयारी अगाडि बढाउन आग्रह गर्छु।’ सदस्य–सचिव घिसिङले भने– ‘प्रतियोगिता र पूर्वाधारको व्यस्थापन गर्न समन्वय गर्नु आवश्यक थियो। त्यसैले पहिलो पटक बैठक बोलाइएको हो। बैठकले आगामी बोर्ड बैठकका लाग...
म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुल फाइनलमा

म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुल फाइनलमा

खेलकुद
इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिभरपुल एफए कपको फाइनलमा पुगेको छ। Advertisement शनिबार भएको पहिलो सेमिफाइनलमा लिभरपुलले ३-२ को जित निकाल्यो। लिभरपुलले पहिलो हाफमै तीन गोल गरेको थियो। खेलको नवौं मिनेटमा इब्राहिमा कोनाटेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए।  त्यसपछिका दुई गोल साडियो मानेले गरे। उनले १७ मिनेट र ४५ मिनेटमा गोल गर्दै सिटीमाथि लिभरपुल पहिलो  हाफमा हाबी भयो। सिटीका लागि ग्रेलिसले ४७ मिनेटमा गोल फर्काए। दोस्रो हाफको इन्जुरी टाइममा बेर्नान्डो सिल्भाले सिटीका लागि दोस्रो गोल गरे। तर त्यतिबेलासम्म सिटीलाई खेलमा फर्कन ढिला भइसकेको थियो। लिभरपुल १५औं पटक एफए कपको फाइनल पुग्न सफल भएको हो। कपको दोस्रो सेमिफाइनलमा भोलि चेल्सी र क्रिस्टल प्यालेसबीच खेल हुनेछ। खेलको विजेताले उपाधिका लागि लिभरपुलसँग १४ मेमा...
मलेसियालाई हराउँदै रूपन्देहीले जित्यो प्रो-क्लब च्याम्पियनसिपको उपाधि

मलेसियालाई हराउँदै रूपन्देहीले जित्यो प्रो-क्लब च्याम्पियनसिपको उपाधि

खेलकुद
नेपाल प्रो-क्लब च्याम्पियनसिपको उपाधि रूपन्देही-११ ले जितेको छ। शनिबार सिद्धार्थनगरमा भएको फाइनल भिडन्तमा घरेलु टिम रूपन्देहीले मलेसिया-११ लाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो। Advertisement टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ६ विकेटको क्षतिमा १४० रन जोड्यो। उसका लागि नजरिल रहमानले ३६ रन जोडे। बलिङमा रूपन्देहीका बसिर अहमदले २ विकेट लिए। १४१ रनको लक्ष्य रूपन्देहीले १९ ओभरमा ३ विकेट गुमाएर पार गर्‍यो। उसका लागि प्रज्वल थापाले ७१ रन जोडे। उनले ६१ बलमा ८ चौका र २ छक्का हिर्काए। सन्दीप रजालीले ४१ रन र देव खनालले १२ रनको योगदान दिए। फाइनल अफ दि म्याच प्रज्वल घोषित भए भने प्रतियोगिताभर ११९ रन र १० विकेट लिएका रूपन्देहीका बसिर अहमद प्लेयर अफ दि सिरिज भए। ...
कोलकातामाथि हैदराबादको सानदार जित

कोलकातामाथि हैदराबादको सानदार जित

खेलकुद
सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडर्समाथि ७ विकेटको जित निकालेको छ। Advertisement योसँगै हैदराबाद ५ खेलमा ३ मा जित र २ मा हार सहित सातौं स्थानमा उक्लिएको छ। कोलकाताले जितको लागि दिएको १ सय ७६ रनको लक्ष्य हैदराबादले १७.५ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।  हैदराबादलाई लगातार तेस्रो जित दिलाउन राहुल त्रिपाठी र एडेन माक्ररमले उत्कृष्ट ब्याटिङ गरे। राहुल त्रिपाठीले ३७ बलमा ४ चौका र ६ छक्कासहित ७१ रन बनाउँदा माक्ररम ३६ बल खेल्दै ६ चौका र ४ छक्कासहित ६८ रनमा अविजित रहे।  ओपनर अभिषेक शर्मा ३ रनमा आउट हुँदा कप्तान केन विलियम्सनले १७ रन जोडेका थिए। निकोलस पुरन ५ रनमा अविजित रहे। तेस्रो विकेटका लागि एडेन माक्ररम र राहुल त्रिपाठीले ९४ रनको साझेदारी गर्दै साानदार जितको आधार तय गरे। कोलकाताका ...
एन्फा निर्वाचन : यी हुन् बी डिभिजनबाट मताधिकार पाउने ११ क्लब

एन्फा निर्वाचन : यी हुन् बी डिभिजनबाट मताधिकार पाउने ११ क्लब

खेलकुद
आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि बी डिभिजनबाट मताधिकार पाउने क्लबको टुंगो लागेको छ। Advertisement शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको निर्वाचनमार्फत मताधिकार पाउने क्लबको टुंगो लागेको हो। बी डिभिजनका १४ क्लबमध्ये  ११ टिमले एन्फा निर्वाचनका लागि मताधिकार पाउने व्यवस्था छ। त्यसको लागि निर्वाचन समितिले शुक्रबार निर्वाचन गराएको थियो। सामाजिक युवा क्लब, वीरगन्ज युनाइटेड र झन्सिखेलबाहेक अन्य ११ टिमले मताधिकार पाएका छन्। मताधिकार पाउने क्लबमा श्री भगवती क्लब, आरसिटी, मध्यपुर युथ एसोसिएसन, टुसाल युवा, नयाँ बस्ती, खुमलटार, बाँसबारी, चर्च ब्वाइज, सरस्वती, श्री कुमारी र ब्वाइज युनियनले मताधिकार पाएका छन्। खुमलटारले सर्वाधिक १४ मत पाउँदा  वीरगन्जले सबैभन्दा कम २ मत ...
प्याट्रिओट्स कप : ब्लु बर्ड र गोल्डेनगेट उपाधिका लागि भिड्ने

प्याट्रिओट्स कप : ब्लु बर्ड र गोल्डेनगेट उपाधिका लागि भिड्ने

खेलकुद
एभरेस्ट प्रिमियर लिग टिम ललितपुर प्याट्रिओट्को आयोजनामा भइरहेको प्याट्रिओट्स कपको उपाधिका लागि ब्लु बर्ड कलेज र गोल्डेगेट इन्टरनेसनल कलेजबीच प्रतिस्पर्धा हुने भएको छ। Advertisement शुक्रबार भएको सेमिफाइनलमा आ-आफ्ना खेल जित्दै दुवै टिमले उपाधि भिडन्त पक्का गरेका हुन्। उपाधिका लागि शनिबार प्रतिस्पर्धा हुनेछ। ब्लु बर्डले एपेक्स कलेजलाई ११९ रनको फराकिलो अन्तरले हरायो। पहिले ब्याटिङ गरेको ब्लु बर्डले ३ विकेटको क्षतिमा २०७ रन जोड्यो। उसका लगि दीपक डुम्रेले ७४ रन तथा सचिन लेखकले ५४ र दुर्गेश क्षेत्रीले ५० रन जोडे। २०८ रनको लक्ष्य पछ्याएको एपेक्स ८८ रनमा अलआउट भयो। अर्को सेमिफाइनलमा गोल्डेनगेटले हिमालयन ह्वाइट हाउसलाई ६ विकेटले हरायो। ह्वाइटहाउसले दिएको १०३ रनको लक्ष्य गोल्डेनगेटले ४ विकेटको क्षतिमा १४ ओभरमा पूरा गर्‍यो। ...
विश्व जुनियर टेनिसमा नेपालका तीन खेलाडी भिड्ने

विश्व जुनियर टेनिसमा नेपालका तीन खेलाडी भिड्ने

खेलकुद
आइटिएफ विश्व जुनियर टेनिस कम्पिटिसन (डब्लुजेटीसी) फाइनल क्वालिफाइङमा सहभागी हुन ३ महिला खेलाडीसहित ४ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दै छ। Advertisement बैशाख ५ देखि १० गतेसम्म (अप्रिल १८–२३) हुने यु–१४ उमेरसमूहको प्रतियोगितामा सुनिरा थापा, आध्या पौड्याल र जेनी खड्काले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। प्रशिक्षकमा रामेश्वर थापा छन्। टिम स्पर्धामा खेल हुने छ। दुई सिंगल्स र एक डबल्समा खेल खेलाइने छ। गत फेब्रुअरी १४ देखि १९ तारिखसम्म श्रीलंकाको कोलम्बोमा भएको प्रिक्वालिफाइङमा तेश्रो हुँदै नेपालले भारतको प्रतियोगितामा सहभागिताको अवसर पक्का गरेको थियो। टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले सातदोबाटोमा शुक्रबार एक कार्यक्रम बिदाइ गरिन्। ...
नेपाल प्रो-क्लब च्याम्पियनसिपमा एपिएफको सान्त्वना जित 

नेपाल प्रो-क्लब च्याम्पियनसिपमा एपिएफको सान्त्वना जित 

खेलकुद
रूपन्देहीमा संचालन भइरहेको नेपाल प्रो-क्लब च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सान्त्वना  जित हात परेको छ। Advertisement यसअघि नै समूह चरणबाट बाहिरिएको एपिएफले मंगलबार समूह चरणको अन्तिम खेलमा ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गर्‍यो। ट्यालेन्ट हन्टले दिएको १२६ रनको लक्ष्य एपिएफले १९ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। एपिएफका लागि कप्तान प्रदीप ऐरीले नटआउट ५२ रन जोडे। उनले ५८ बलमा ६ चौका हिर्काए। दीपक बोहराले ४२ रन बनाए। त्यसअघि ट्यालेन्ट हन्टले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १२५ रन जोड्यो। उसका लागि ओपनर असादुरजमानले सबैभन्दा बढी ३० रन जोडे। बलिङमा एपिएफका भुवन कार्की र प्रदीप ऐरीले २-२ विकेट लिए। समूह 'बी' यसअघि नै त्रिभुवन आर्मी र उत्तरप्रदेश-११ सेमिफाइनलमा पुगिसकेका छन्।   ...
ऋण लिएर, चन्दा उठाएर ए डिभिजनमा पुगेको खुमलटार युथ क्लब

ऋण लिएर, चन्दा उठाएर ए डिभिजनमा पुगेको खुमलटार युथ क्लब

खेलकुद
खुमलटार युथ क्लबका लागि गत आइतबार ऐतिहासिक दिन सावित भयो। २०६१ सालमा स्थापना भएको क्लब  १७ वर्षपछि नेपाली फुटबलको शीर्ष डिभिजनमा बढुवा भयो। Advertisement गत वर्ष अभागी सावित भएको खुमलटारलाई यसपटक भने भाग्यको साथ थियो। सहिद स्मारक बी डिभिजन लिगको अन्तिम खेलमा खुमलटारलाई आफूले जितेर मात्र पुग्नेवाला थिएन, गर्विलो इतिहास बोकेको रानीपोखरी कर्नर टिम (आरसिटी) ले अंक गुमाउनु पर्ने अवस्था थियो। नभन्दै त्यस्तै भयो, अन्तिम दिन खुमलटारले सामाजिक युथ क्लबलाई २-१ ले पराजित गर्दा आरसिटी बराबरीमा रोकियो। आरसिटीले टुसाल युथ क्लबसँग गोलरहित बराबरी खेल्दा अंक गुमाएको थियो। खुमलटारका लागि ए डिभिजनमा पुग्न आत्मघाती गोलको भूमिका थियो। सामाजिक युथविरूद्ध खुमलटारका सबिन केसीले १४ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। ५७ मिनेटमा सामाजिकका सुरेश ख...