२०८३ असार १५

खेलकुद

गणेशमान सिंह बक्सिङ आजबाट

गणेशमान सिंह बक्सिङ आजबाट

खेलकुद
काठमाडौं । गणेशमान सिंहको स्मृतिमा आयोजना गरिन लागिएको गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।  Advertisement वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टिमले प्रतिस्पर्धा गर्नेछ । काठमाडौंको बसन्तपुर डबलीमा शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक राजीव श्रेष्ठले बताए ।  ‘‘सम्पूर्ण तयारी पूरा भइसकेको छ । सातै प्रदेशका खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक काठमाडौं आइसकेका छन्,’’ श्रेष्ठले भने । प्रतियोगितामा पुरुषतर्फ ४८, ५७, ६३, ६९, ७५, ८१, ९१ किलो गरी सातवटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४—५७, ६०, ६४—६९, ६९—७५ किलो गरी पाँचवटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रति...
आइपिएलः चहल र बटलरको उत्कृष्ट प्रदर्शनमा राजस्थानको रोमान्चक जित

आइपिएलः चहल र बटलरको उत्कृष्ट प्रदर्शनमा राजस्थानको रोमान्चक जित

खेलकुद
युजभेन्द्र चहलको ह्याट्रिक र जस बटलरको शतकमा भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जित हात निकालेको छ। Advertisement २ सय १८ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता १९.४ ओभरमा अलआउट हुँदै २ सय १० रन मात्र बनाउन सक्यो। कोलकाताका लागि कप्तान श्रेयस ऐरले सर्वाधिक ८५ रन बनाए। चहलको बलमा एलबिडब्लुको धरापमा पर्नुअघि उनले ५१ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरेका थिए। यस्तै ओपनर आरोन फिन्चले २८ बलमा ९ चौका र २ छक्कासहित ५८ रन जोडेका थिए। दोस्रो विकेटका लागि फिन्च र श्रेयस ऐरले ९ ओभरमा १ सय ७ रनको साझेदारी गरे। उमेश यादवले २१ र नितिश रानाले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। कोलकातालाई जितको लागि अन्तिम ६ बलमा ११ रन चाहिँएको थियो। क्रिजमा थिए- ८ बलमा २१ रन बनाएक...
बार्सिलोना, रेलिगेशन जोनको कार्डिजसँग स्तब्ध

बार्सिलोना, रेलिगेशन जोनको कार्डिजसँग स्तब्ध

खेलकुद
उपाधि होडमा रहेको बार्सलोना स्पेनिस ला लिगा फुटबलमा रेलिगेशन जोनको कार्डिजसँग स्तब्ध भएको छ। Advertisement गएराति भएको खेलमा कार्डिजले बार्सिलोनालाई १–० गोल अन्तरमा हराएको हो। घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफको सुरूमै गोल खाएको थियो। खेलको ४८ औं मिनेटमा लुकास पेरेजले गोल गर्दै कार्डिजलाई सुरूआती अग्रता दिलाए।  खेलमा ७५ प्रतिशत बल पोजिशन राखे पनि बार्सिलोनाले गोल गर्न नसकेपछि खेलमा फर्कन सकेन। १-० को अग्रता अन्तिमसम्म राख्न सफल कार्डिज रेलिगेशन जोनबाट बाहिर निस्कदा शीर्ष स्थानको सिटीसँग अंक दूरी छोट्याउने बार्सिलोनाको मौका गुमेको छ। ला लागिमा बार्सिलोना  ६० अंकसहित दोस्रो स्थानमा रहँदा शीर्ष स्थानमा रहेको रियल मड्रिडको ७५ अंक छ। यस्तै तेस्रो र चौथो स्थानमा रहेका सेभिल्ला र एथ्लेटिको म्या...
तेक्वान्दोको विश्व पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडी भिड्ने

तेक्वान्दोको विश्व पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडी भिड्ने

खेलकुद
यही अप्रिल २१ देखि २४ तारिखसम्म दक्षिण कोरियाको गोयाङ सहरमा आयोजना हुने विश्व पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। च्याम्पियनसिपमा पुरुष ५० वर्षमुनिको समूहमा रोशन खान, ४० वर्षमुनि समूहमा कमल श्रेष्ठ, ३० वर्षमुनिको समूहमा प्रेमबहादुर लिम्बू र पार्वती गुरुङ तथा जुनियरको १७ वर्षमुनिको समूहमा अब्बास अन्सारीले प्रतिस्पर्धा गर्ने छन्। च्याम्पियनसिपमा सहभागी हुन लागेका कमल र पार्वती १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन्। च्याम्पियनसिपमा स्वर्ण जितेमा एक लाख ५० हजार, रजत पदक जितेमा एक लाख र कांस्य पदक जितेमा ५० हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ। च्याम्पियनसिपमा नेपाली निर्णायक नोर्बु लामाले निर्णायकको भूमिका निर्वाह गर्दैछन्।  तेक्वान्दोका सहायक प्रशिक्षक नोर्बुले पुम्से विधामा निर्णायकको भूमिका ...
चेन्नईको पाँचौ हार, शीर्ष स्थानमा गुजरातको अग्रता

चेन्नईको पाँचौ हार, शीर्ष स्थानमा गुजरातको अग्रता

खेलकुद
आइपिएल २०२२ मा चेन्नई सुपरकिंग्स पाँचौ खेलमा पराजित भएको छ। Advertisement आइतबार राति भएको खेलमा चेन्नईलाई गुजरात टाइटन्सले ३ विकेटले पराजित गर्‍यो। चेन्नईले दिएको १७० रनको लक्ष्य गुजरातले १ बल खेल्न बाँकी छदा ३ विकेटको क्षतिमा पार गर्‍यो। उसका लागि डेभिड मिल्लरले नटआउट ९४ रन जोडे। उनले ५१ बलमा ८ चौका र ६ छक्का हिर्काए। कप्तान रासिद खानले २१ बलमा ४० रनको योगदान दिए। बलिङमा चेन्नईका ड्वायन ब्राभोले ३ विकेट लिएका थिए। त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले ५ विकेटको क्षतिमा १६९ रन जोड्यो। चेन्नईका लागि ऋतुराज गायकवाड ७३ रन जोडे भने आम्बाती रायदुले ४६ रन तथा कप्तान रविन्द्र जडेजाले १२ बलमा नटआउट २२ रन जोडे। बलिङमा गुजरातका अल्जारी जोसेफले २ विकेट लिए। जितसँगै अंक तालिकाकी शीर्ष स्थानमा रहेको गुजरातले ६ खेलबाट १० अंक जोडेको ...
नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

खेलकुद
एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको तयारी गरिरहेको नेपालले अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। Advertisement अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण खेल हुने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। खेल कतारमा आगामी जेठ ११ र जेठ १५ मा हुनेछ। नेपाली टिम अहिले नेपालमै बन्द प्रशिक्षणमा छ। एक महिना स्वदेशमा अभ्यास गरेपछि नेपाली टिम कतार जानेछ। एसियन कप छनोटमा नेपाल कठिन समूहमा छ।  समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ। नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन्। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले २८ ज...
नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

खेलकुद
एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको तयारी गरिरहेको नेपालले अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। Advertisement अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण खेल हुने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। खेल कतारमा आगामी जेठ ११ र जेठ १५ मा हुनेछ। नेपाली टिम अहिले नेपालमै बन्द प्रशिक्षणमा छ। एक महिना स्वदेशमा अभ्यास गरेपछि नेपाली टिम कतार जानेछ। एसियन कप छनोटमा नेपाल कठिन समूहमा छ।  समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ। नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन्। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले ...
नवौं राष्ट्रिय खेलकुदमा खेलाडीको पुरस्कार र भत्ता बढाउन कसरत

नवौं राष्ट्रिय खेलकुदमा खेलाडीको पुरस्कार र भत्ता बढाउन कसरत

खेलकुद
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमा हुने बताएका छन्। Advertisement सदस्य–सचिव घिसिङकै अध्यक्षतमा सातै प्रदेशका सदस्य–सचिव, तीन विभागीय टोलीका प्रतिनिधि, नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिको उपस्थितिमा भएको नवौं राष्ट्रिय खेलकुद समन्वय समितिको पहिलो बैठकमा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन्। नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुँदैछ। ‘नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ। हुन्छ कि हुँदैन भन्ने संशय नराख्नु होला। आ–आफ्नो स्तरबाट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न तयारी अगाडि बढाउन आग्रह गर्छु।’ सदस्य–सचिव घिसिङले भने– ‘प्रतियोगिता र पूर्वाधारको व्यस्थापन गर्न समन्वय गर्नु आवश्यक थियो। त्यसैले पहिलो पटक बैठक बोलाइएको हो। बैठकले आगामी बोर्ड बैठकका लाग...
म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुल फाइनलमा

म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुल फाइनलमा

खेलकुद
इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिभरपुल एफए कपको फाइनलमा पुगेको छ। Advertisement शनिबार भएको पहिलो सेमिफाइनलमा लिभरपुलले ३-२ को जित निकाल्यो। लिभरपुलले पहिलो हाफमै तीन गोल गरेको थियो। खेलको नवौं मिनेटमा इब्राहिमा कोनाटेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए।  त्यसपछिका दुई गोल साडियो मानेले गरे। उनले १७ मिनेट र ४५ मिनेटमा गोल गर्दै सिटीमाथि लिभरपुल पहिलो  हाफमा हाबी भयो। सिटीका लागि ग्रेलिसले ४७ मिनेटमा गोल फर्काए। दोस्रो हाफको इन्जुरी टाइममा बेर्नान्डो सिल्भाले सिटीका लागि दोस्रो गोल गरे। तर त्यतिबेलासम्म सिटीलाई खेलमा फर्कन ढिला भइसकेको थियो। लिभरपुल १५औं पटक एफए कपको फाइनल पुग्न सफल भएको हो। कपको दोस्रो सेमिफाइनलमा भोलि चेल्सी र क्रिस्टल प्यालेसबीच खेल हुनेछ। खेलको विजेताले उपाधिका लागि लिभरपुलसँग १४ मेमा...
मलेसियालाई हराउँदै रूपन्देहीले जित्यो प्रो-क्लब च्याम्पियनसिपको उपाधि

मलेसियालाई हराउँदै रूपन्देहीले जित्यो प्रो-क्लब च्याम्पियनसिपको उपाधि

खेलकुद
नेपाल प्रो-क्लब च्याम्पियनसिपको उपाधि रूपन्देही-११ ले जितेको छ। शनिबार सिद्धार्थनगरमा भएको फाइनल भिडन्तमा घरेलु टिम रूपन्देहीले मलेसिया-११ लाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो। Advertisement टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ६ विकेटको क्षतिमा १४० रन जोड्यो। उसका लागि नजरिल रहमानले ३६ रन जोडे। बलिङमा रूपन्देहीका बसिर अहमदले २ विकेट लिए। १४१ रनको लक्ष्य रूपन्देहीले १९ ओभरमा ३ विकेट गुमाएर पार गर्‍यो। उसका लागि प्रज्वल थापाले ७१ रन जोडे। उनले ६१ बलमा ८ चौका र २ छक्का हिर्काए। सन्दीप रजालीले ४१ रन र देव खनालले १२ रनको योगदान दिए। फाइनल अफ दि म्याच प्रज्वल घोषित भए भने प्रतियोगिताभर ११९ रन र १० विकेट लिएका रूपन्देहीका बसिर अहमद प्लेयर अफ दि सिरिज भए। ...