२०८१ बैशाख १४

सामाजिक

गैँडाको आक्रमणबाट महिलाको मृत्यु

गैँडाको आक्रमणबाट महिलाको मृत्यु

देश, समाचार, सामाजिक
पश्चिम चितवनको जगतपुरमा गैँडाको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ की ३८ वर्षीया सम्झना दराई रहेको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ ।  Advertisement कार्यालयका अनुसार स्थानीय हरियाली सामुदायिक वनमा घाँस काट्न गएकी दराईलाई आज दिउँसो २ः३० बजे गैँडाले आक्रमण गरेको थियो ।  गैँडाको आक्रमणबाट गम्भीर घाइते दराईको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनको दिउँसो ३ः २५ बजे मृत्यु भएको हो । साभार: रातोपाटी ...
नेपालमा एक सातापछि कोरोनाविरुद्ध खोपको क्लिनिकल ट्रायल सुरु गरिँदै

नेपालमा एक सातापछि कोरोनाविरुद्ध खोपको क्लिनिकल ट्रायल सुरु गरिँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
नेपालले चिनियाँ कम्पनी वालभ्याक्सले निर्माण गरेको एमआरएनए खोपको क्लिनिकल परीक्षण एक सातापछि सुरु गरिने भएको छ । देउराली जनता फर्मास्युटिकल्सले बिपी कोइराला इस्टलभेन्स साइन्सेज धरानबाट क्लिनिकल ट्रायल सरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए । Advertisement  गएको बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपालमा चीनको एमआरएनए खोपलाई क्लिनिकल परीक्षण गर्न अनुमति दिएको थियो । विश्व स्वास्थ्य संगठनले मान्यता नदिइकन चीनको कम्पनी वालभ्याक्सको एमआरएनए निर्माण गरेको खोप नेपालमा क्लिनिकल ट्रायलका लागि परीक्षण सुरु गर्न लागिएको हो । एमआरएनए खोपले शरीरको कोषलाई निश्चित प्रकारको जीवाणुसँग लड्न रोग प्रतिरोधात्मक क्षमता विकासका लागि सहयोग गर्ने खोप विज्ञहरुले बताउँदै आएका छन् ।  साभार: रातोपाटी ...
आफ्नै शरीरमा आगो लगाएर महिलाद्वारा आत्महत्या

आफ्नै शरीरमा आगो लगाएर महिलाद्वारा आत्महत्या

देश, समाचार, सामाजिक, स्वास्थ्य
ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा एकजना महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन् । सिद्धिचरण नगरपालिका ७ टोड्केकी ४० बर्षिया मीनाकुमारी श्रेष्ठले शरीरमा आगो लगाएर आत्महत्या गरेकी हुन् । घरबाट करिब १ किलोमिटर टाढा रहेको टोड्के सामुदायीक बनपाखोमा सोमबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।   Advertisement ती महिलाले डिजेल शरीरमा खन्याएर आगो लगाएर आत्महत्या गरेको खुलेको ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । महिलाले आत्महत्या गरेको स्थान छेवैमा डिजेल प्रयोग गरिएको बोटल तथा सानो झोला समेत फेला परेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए । घटनापछि प्रहरीले शवको मुचुल्का उठाई शवलाई सोमबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जना...
बेपत्ता पारिएका व्यक्तिका परिवार भन्छन्– हामीलाई सास वा लास देऊ सरकार

बेपत्ता पारिएका व्यक्तिका परिवार भन्छन्– हामीलाई सास वा लास देऊ सरकार

देश, समाचार, सामाजिक
सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएकाहरुको परिवारले आफन्तको सास वा लास दिन माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार पीडित परिवारले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । Advertisement महोत्तरीको सोनमा गाउँपालिका–२ बस्ने वीरेन्द्रकुमार यादव सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीका सर्लाही जिल्लाको एरिया कमिटी मेम्बर (एसिएम) थिए । वीरेन्द्रका अनुसार उनलाई खोज्नका लागि नेपाली सेनाको टोली उनको घर गइरहन्थ्यो । ०६० साल कार्तिक २० गते वीरेन्द्रको घरबाट आफ्नो बुबा, काका, दुई भाइसहित ७ जनालाई प्रहरीले गिरफ्तार गरेर लगेको उनले बताए । ‘त्यो दिनदेखि अहिलेसम्म पनि उनीहरुको सास वा लासको अत्तोपत्तो छैन,’ उनले भने । राजनीतिक एजेण्डा पूरा नहुँदै पार्टी ने...
धादिङमा करेन्ट लागेर २ जनाको मृत्यु

धादिङमा करेन्ट लागेर २ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
Labeled remains of person lying in mortuary गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुईजनाको मृत्यु भएको छ । अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भर्‍याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । Advertisement मृत्यु हुनेमा स्याङ्जा निवासी २७ वर्षीय बिमल परियार र  पोखरा महानगरपालिका निवासी २४ वर्षीय उमाकान्त बराल रहेका छन् भने घाइते हुनेमा पोखरा महानगरपालिका निवासी भुवन बराल रहेका छन् । घाइतेको उपचारको लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ । गजुरी अस्पतालमा शव परीक्षणका लागि राखिएको छ । साभार: रातोपाटी ...
भारी वर्षाले ४ हजार ५ सय घर डुबानमा

भारी वर्षाले ४ हजार ५ सय घर डुबानमा

देश, समाचार, सामाजिक
पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र डुबानबाट मुलुकका विभिन्न क्षेत्रमा चार हजार पाँच सय घर डुबानमा परेको छ । डुबानमा परेकामध्ये झन्डै १० प्रतिशतमा क्षति पुगेको अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ एक विज्ञप्ति जारी गरी पछिल्लो तीन दिनमा मनसुनजन्य घटनाबाट नौ जनाको मृत्यु भएको र पाँचजना घाइते भएका जनाएको छ । उक्त अवधिमा ४२ घर पूर्ण क्षति भएको तथा सात सय ५६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । यो वर्षाबाट ९० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । Advertisement प्राधिकरणले नेपालमा अधिकांश भेगमा वर्षा भएको र तराईको केही जिल्लामा डुबान तथा पहाडी क्षेत्रमा पहिरोका घटना भइरहेको जनाएको छ । मुख्यगरी भारी वर्षाका कारण  धेरै क्षेत्रमा जनजीवन प्रभावित हुन पुगको छ । अझै १५ गतेसम्म नै वर्षाको स...
कोकिन कारोबारीमाथि प्रहरी अप्रेशन : भारततर्फ भाग्दाभाग्दै समातिइन् विदेशी महिला

कोकिन कारोबारीमाथि प्रहरी अप्रेशन : भारततर्फ भाग्दाभाग्दै समातिइन् विदेशी महिला

देश, समाचार, सामाजिक, स्वास्थ्य
नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो अवैध लागुऔषध कोकिन कारोबारमा संलग्न गिरोहसम्म पुग्न सफल भएको छ । प्रहरीले ९ करोड मूल्य बराबरको झण्डै ३ किलो कोकिन बरामद गरेको हो भने त्यसमा संलग्न ३ विदेशी नागरिकलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।  पक्राउ परेका एकजना भारतीय नागरिक हुन् भने अर्का एकजना अफ्रिकन र अर्का एक तान्जानियाका नागरिक हुन् । अफ्रिकन र तान्जानि महिला हुन् भने भारतीय अभियुक्त पुरुष हुन् । तान्जानियाकी महिला भारततर्फ भाग्दाभाग्दै सिन्धुलीबाट पक्राउ परेकी हुन् ।  Advertisement यसरी पक्राउ परे अभियुक्तब्यूरोका अनुसार गत भदौ ३ गते कतार एयरलाइन्सको विमानमार्फत केपटाउनबाट दोहा हुँदै नेपाल दक्षिण अफ्रिकन नागरिक सिर्ले गामा २ किलो ९६६ ग्राम कोकिन लिएर नेपाल आएकी थिइन् ।  उनीबारे प्रहरीले थप खुलाइसकेको छैन । उनले त्यति ठूलो परिमाणको लागूऔषध कसरी ...
सुर्खेतमा तरुण दलका वडा उपाध्यक्षमाथि खुँडा प्रहार

सुर्खेतमा तरुण दलका वडा उपाध्यक्षमाथि खुँडा प्रहार

देश, समाचार, सामाजिक, स्वास्थ्य
सुर्खेतमा तरुण दलका एक वडा उपाध्यक्षमाथि खुँडा प्रहार भएको छ । वीरेन्द्रनगर नगरपालिका–१ का तरुण दलका उपाध्यक्ष समेत रहेका २५ वर्षीया सन्तोष गिरीमाथि वीरेन्द्रनगरको धमला चोकमा  खुँडा प्रहार भएको प्रहरीले बताएको छ। Advertisement शुक्रबार बेलुकी ६ बजेतिर धमला चोकको एक कटेजमा घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले गिरीको दायाँ हातको बुढी औँला र बायाँ हातमा चोट लागेको रातोपाटीलाई जानकारी दिए । यद्यपि, उनले घटनाबारे थप कुरा अनुसन्धानपछि जानकारी गराउने बताए ।  मोटरसाइकलमा आएको एक समूहले सन्तोषमाथि खुँडा प्रहार गरेको तरुण दलका जिल्ला अध्यक्ष हरि विष्टले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘घटनाको सुरुवात बिहीबार साँझ एक होटलबाट नै सुरुवात भएको बुझिएको छ।  खुँडा हान्ने को हुन भन्नेबारे स्पष्ट जानकारी भने आ...
महोत्तरीमा ९ सय घर डुबानमा

महोत्तरीमा ९ सय घर डुबानमा

देश, समाचार, सामाजिक
महोत्तरी जिल्लाको रातो नदीको तटबन्ध भत्किँदा ९०० घर डुबामा परेको छ । जिल्लाको बलवा नगरपालिका–४ तिलगढ गाउँ नजिकै रातो नदीको तटबन्ध भत्किएर खोलाको पानी गाउँमा पस्दा ती घर डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रातो नदीमा आज बिहान आएको बाढीले बलवा नगरपालिकाको एउटै वडाको चार स्थानमा तटबन्ध भत्काएपछि तिलगढ र रौजा गाउँ डुबानमा परेको हो । Advertisement विगत तीन दिनदेखि जिल्लामा परिरहेको अबिरल वर्षाका कारण रातो नदीमा आएको बाढीले बलवा नगरपालिकाका–४ मा पर्ने तिलगढ र रौजा गाउँका ९०० घर डुबानमा परेको छ ।  साथै सयौं बिघा धान, तरकारी र फलफूल खेती पनि डुबानमा परेको स्थानीय जनप्रतिनिधिले जनाएका छन् । गाउँ डुबानमा परेपछि स्थानीय बाढी पीडितलाई जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी  स...
हराएको मोटरसाइकल चार वर्षपछि त भेटियो, तर …

हराएको मोटरसाइकल चार वर्षपछि त भेटियो, तर …

देश, समाचार, सामाजिक
११ भदौ, काठमाडौं । बिहीबार दिउँसो २ बजेको समयमा भक्तपुरको बालकोट बस्ने भाइराजा कार्कीको मोबाइलमा घन्टी बज्यो । उनले गोजीबाट मोबाइल झिकेर हेरे, नचिनेको नम्बरबाट फोन आएको रहेछ । उनले फोन रिसिभ गरे । महानगरीय ट्राफिक महाशाखाबाट फोन आएको रहेछ । उनलाई ‘तपाईंको हराएको मोटरसाइकल फेला परेको छ, आवश्यक कागजात लिएर शुक्रबार लिन आउनू’ भनियो । ‘मलाई त विश्वास नै गर्न गाह्रो भयो । कस्तो अवस्थामा होला मेरो मोटरसाइकल भन्ने मनमा कुरा खेल्न थाल्यो’ कार्कीले अनलाइनखबरसँग भने । Advertisement कार्कीका अनुसार भक्तपुरको चारदोबाटो नजिकै अफिस थियो । अफिसमा राति ८ बजेसम्म काम हुन्थ्यो । २०७४ साउन २५ गते सडक छेउमा मोटरसाइकल राखेर अफिस गएको थिएँ । ‘राति सवा ८ बजेतिर घर फर्कन अफिसबाट निस्किएँ, तर सधैं राख्ने गरेको ठाउँमा मोटरसाइकल थिएन’ उनले सुनाए । आफूले राखेको स्थान वरपर ...