२०८१ बैशाख १३

बाल संरक्षण तथा मानव बेचबिखन विरुद्ध नाट्टा गण्डकी द्वारा अन्तर्कृया कार्यक्रम




नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा शक्ति समुह, काठमाडौंको सहयोगमा “बाल संरक्षण तथा मानव बेचबिखन विरुद्धको सबाल” शीर्षकमा अन्तर्कृया र छलफल कार्यक्रम सम्पन्न भएको छ।



Advertisement



कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईको प्रमुख आतिथ्यताका साथै पोखराका कृयाशिल पर्यटकीय संघसंस्थाका अध्यक्षहरु, पर्यटन प्रहरी प्रमुख (कास्की) , सामुदायिक सेवाकेन्द्र अध्यक्ष (बैदाम) तथा नाट्टा गण्डकीका सदस्यहरुको बाक्लो उपस्तिथि रह्यो।

लेकसाइडको ढुक-ढुकी टीका रिसोर्टको सभाहलमा सम्पन्न कार्यक्रममा समग्र बिषयबस्तु माथि शक्ति समुहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीले सबैलाई प्रकाश परिन्।



भदौ २९ गते बाल दिवस र यो बर्षको नारा “बाल मैत्री समाजको आधार:जिम्मेवार परिवार, उत्तरदायी सरकार” भएकाले यो कार्यक्रम समय सान्दर्भिक र आवश्यक रहेको शक्ति समुहकी प्रोजेक्ट म्यानेजर सरला तामाङ बताउँछिन्।

उनले प्रस्तुत गरेको तथ्याङ्क अनुसार नेपालमा ४०० भन्दा बढी बालगृहहरु रहेका छन जसमा ११००० हजार भन्दा बढी बालबालिका छन्। धेरै जसो परिवारहरूले आफ्ना बालबालिकालाई अनाथ बताई बालगृहमा राख्ने गरेको कटु सत्य उनले बताइन्। यस्ता दृष्टान्तले बालगृह सञ्चालनको अर्को पक्ष प्रस्ट्याउँछ।

नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको संचालन महासचिव संगिता पौडेलले गरेकी थिइन्।

Copy link
Powered by Social Snap