२०८१ बैशाख २५

सामाजिक

कैलालीमा बाढीले १३८ घर डुबानमा, दुईजना घाइते

कैलालीमा बाढीले १३८ घर डुबानमा, दुईजना घाइते

देश, समाचार, सामाजिक
११ भदौ, धनगढी । लगातारका वर्षापछि कैलालीको पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा १ सय ३८ घर डुबानमा परेका छन् । पुर्वी कैलालीमा पर्ने जानकी गाउँपालिका-४ र ७ का एक सय ३८ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार वडा नम्बर-४ का ८० र वडा नम्बर-७ का ५८ घर डुबानमा परेका हुन् । Advertisement डुबानमा परेका घरभित्र रहेका नागरिकलाई सुरक्षित स्थानतर्फ सार्ने कामका लागि सशस्त्र प्रहरीको टोली उद्दारमा खटिएको जोशीले बताए । कर्णाली नदीको बहावले टीकापुर नगरपालिका-५ को शाहीपुर क्षेत्रमा कटान गर्न थालेपछि तटीय क्षेत्रका बासिन्दालाई सजग रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । नदीले कटान गरिरहेको क्षेत्रमा थप कटान गर्न नदिन तटबन्ध गर्ने काम समेत भइरहेको छ। पहिरोले घर पुरिदा दुई जना घाइते अविरल वर्षासँगै...
काठमाडौंमा आजदेखि भेराेसेलको दोस्रो डोज दिइँदै

काठमाडौंमा आजदेखि भेराेसेलको दोस्रो डोज दिइँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
११ भदौ, काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई शुक्रबारदेखि दोस्रो डोज दिन शुरु गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार गत साउन १४ गतेबाट भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज दिन थालिएको हो । Advertisement तीन दिनसम्म चल्ने खोप अभियानमा पहिलो डोज लगाएका ५० वर्षभन्दामाथि उमेर समूहका नागरिकलाई खोप दिइने उनले बताए । यसैगरी विश्व विद्यालयका प्राध्यापक एवं विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिक र यसअघि भेरोसेलको दोस्रो डोज लगाउन छुटेका नागरिकलाई खोप दिइने उनले बताए । खोप लगाउन जाने नागरिकले पहिलो डोज लगाएको खोपकार्ड र विद्युतीय दर्...
प्रदेश १ मा ६३७ मा कोरोना सङ्क्रमण

प्रदेश १ मा ६३७ मा कोरोना सङ्क्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा एक हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा ४३३ र एक हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०४ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । Advertisement मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५०, मोरङमा १३८, सुनसरीमा १०५, इलाममा १२, धनकुटामा आठ, भोजपुरमा चार, तेह्रथुम र उदयपुरमा तीन–तीन, पाँचथर, सोलुखुम्बु र सङ्खुवासभामा एकरएक र प्रदेश बाहिरका सात जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ५२८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २६३ महिला र २६५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट छ महिलासहित नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साभार: रातोपाटी ...
वीरगञ्जमा स्टिल फ्याक्ट्रीको भट्टी बिस्फोट हुँदा १२ श्रमिक घाइते

वीरगञ्जमा स्टिल फ्याक्ट्रीको भट्टी बिस्फोट हुँदा १२ श्रमिक घाइते

देश, समाचार, सामाजिक, स्वास्थ्य
१० भदौ, वीरगञ्ज । वीरगञ्ज–पथलैया औद्योगिक करिडोरको एक स्टिल कम्पनीको भट्टीमा बिस्फोट हुँदा १२ जना श्रमिक घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ भने ५ जनाको अवस्था सामान्य रहेको पर्सा प्रहरीले जनाएको छ । करिडोर भित्रको सार्वोत्तम स्टिलको फलाम पगाल्ने भट्टी पड्किँदा तरल पदार्थ उछिट्टिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले अनलाइनखबरलाई जानकारी दिए । Advertisement बिहीबार दिउँसो पौने एक बजे भएको घटनामा घाइतेहरु सबै भारतीय नागरिक रहेको र उनीहरुको बयोधा अस्पतालमा उपचार भइरहेको पाण्डेले बताए । उद्योगमा बिस्फोटपछि लागेको आगो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको उनले बताए । Credit: OnlineKhabar ...
धनुषामा गुडिरहेको मोटरसाइकलबाट उछिट्टिएर झरेकी महिलाको माइक्रोबसले किचेर मृत्यु

धनुषामा गुडिरहेको मोटरसाइकलबाट उछिट्टिएर झरेकी महिलाको माइक्रोबसले किचेर मृत्यु

देश, समाचार, सामाजिक
८ भदौ, जनकपुरधाम । धुनषामा गुडिरहेको मोटरसाइकलबाट उछिटिएर सडकमा खसेकी एक महिलाको माइक्रोबसले किचेर मृत्यु भएको छ । मिथिला नगरपालिका–४ पुष्पलपुरस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलमा पछाडि सवार महिला उछिटिएर सडकमा लडेलगत्तै माइक्रोबसले कुल्चिँदा घटनास्थलमै मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ८५८५ नम्बरको मोटरसाइकलबाट लडेकी सप्तरीको राजविराज नगरपालिका–१२ की २९ वर्षीया ममता यादवलाई बा ५ ख ६०८७ नम्बरको माइक्रोबसले कुल्चिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए । Advertisement दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षीय द्वारिकाप्रसाद यादव घाइते भएका हुन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि आक्रोशित स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । सडक जीर्ण भएका कारण उक...
सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
८ भदौ, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–२ का ९३ वर्षीय पुरुषको मृत्यु भएको हो । Advertisement प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले साउन ६ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका पुरुषको मृत्यु भएको जानकारी दिए । प्रादेशिक अस्पतालमा अहिले १० जना संक्रमितको उपचार भइरहेको छ । उनीहरु मध्ये पाँचजना आईसीयू र पाँचजना जनरल वार्डमा उपचाररत छन् । Credit: OnlineKhabar ...
बैतडीमा शिशुको हत्या आरोपमा एक महिला पक्राउ

बैतडीमा शिशुको हत्या आरोपमा एक महिला पक्राउ

देश, समाचार, सामाजिक
८ भदौ, धनगढी । शिशुको हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डिलासैनी गाउँपालिका-७ की ३५ वर्षीया महिला पक्राउ परेकी हुन् । घरदेखि एक सय मिटरको दूरीमा रहेको मकैबारीमा शिशुलाई जन्माएर हत्या गरेको आरोपपछि ती महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । Advertisement शिशु जन्माएपछि केराको सापडाले घाँटी थिचेर हत्या गरेको भन्दै उनका ससुराले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको शाहीले बताए । उनीविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ । गाउँकै एक युुवकसँगको अनैतिक सम्बन्धबाट उनी गर्भवती भएको यसअघि नै सार्वजनिक भएको थियो । शिशु जन्मिएपछि युवकले बुझेर पालनपोषण गर्ने सहमति समेत गाउँलेहरुले गराएका थिए । ती महिलाका श्रीमान् रोजगारीका...
सिन्धुपाल्चोकका बाढी प्रभावितलाई स्वास्थ्य सामग्री वितरण

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई स्वास्थ्य सामग्री वितरण

देश, समाचार, सामाजिक, स्वास्थ्य
६ भदौ, काठमाडौँ । यस वर्षको मनसुन शुरुआतसँगै आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकका विभिन्न पालिकाका बासिन्दालाई औषधि तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ । सात शिखर आरोही महिलाको संस्था ग्लोबल इन्क्लुशिभ एडभेन्चर अर्गनाइजेशनको समन्वयमा ‘एक एक पाइला’ नामक संस्थाले जिल्लाका तीन पालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको हो । Advertisement सिन्धुपाल्चोक उद्धार कार्यक्रमअन्तर्गत मेलम्ची नगरपालिका तथा हेलम्बु र पाँचपोखरी गाउँपालिकाका ५०० घरपरिवारलाई लक्षित गरी स्वास्थ्य सामग्री र औषधि वितरण गरिएको हो । फाउण्डशेनका अध्यक्ष डा सुमन शम्शेर थापाले ती सामग्री हस्तान्तरण गर्दै बाढी र पहिराबाट प्रभावित जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य सामग्री तथा औषधि वितरण गरिएको बताए । उनले राजधानीमा बसोबास गर्ने शहरी गरिबलाई लक्षित गरी थापा...
नेपाल र भारतका सुरक्षाकर्मीले एकअर्कालाई लगाइदिए राखी

नेपाल र भारतका सुरक्षाकर्मीले एकअर्कालाई लगाइदिए राखी

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक
७ भदौ, जनकपुरधाम । आइतबार जनैपूर्णिमाको दिन नेपाल र भारतका सुरक्षाकर्मीले आपसमा राखी बाँधेर मनाए । नेपालका महिला सुरक्षाकर्मीले भारतीय पुरुष सुरक्षाकर्मीलाई र भारतीय अधिकारकर्मी महिलाले नेपालका पुरुष सुरक्षाकर्मीलाई राखी बाँधे । Advertisement भारतको जयनगरस्थित महिला विकास मञ्चले गरेको कार्यक्रममा महिला सुरक्षाकर्मीले पुरुष सुरक्षाकर्मीलाई मिठाई खुवाउँदै हातमा राखी बाँधिदिएका थिए । त्यस्तै मिथिला परम्परा अनुसार पाग लगाएर र दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो । राखी कार्यक्रम पश्चात दुबै देशका सुरक्षाकर्मीले वृक्षारोपण गरेका थिए । सशस्त्र प्रहरीका सिरहा डीएसपी निलकमल आचार्यले नेपालतर्फबाट १८ जना र भारतको तर्फबाट १७ जना सहभागी भएर सिरहा नगरपालिका १७ माडरस्थित दशगजा क्षेत्रमा कार्यक्रम गरिएको बताए । ‘हाम्रो सशस्त्र प्रहरीबाट महिला पनि सहभागी...
विद्यार्थी नै नभएको विद्यालयमा शिक्षकको तलब भत्ता साढे १२ लाख

विद्यार्थी नै नभएको विद्यालयमा शिक्षकको तलब भत्ता साढे १२ लाख

देश, शिक्षा, समाचार, सामाजिक
६ भदौ, काठमाडौं । विद्यार्थी नै नभएको विद्यालयमा करार दरबन्दीमा शिक्षक नियुक्ति गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं प्रतिवेदनमा विद्यार्थी नभएका उक्त विद्यालयहरुका शिक्षकका लागि स्थानीय सरकारले तलब भत्ताका लागि निकासा गरेको उल्लेख गरेको छ । Advertisement प्रतिवेदनका अनुसार मनाङको नार्पा भूमि गाउँपालिकाले  फू आधारभूत विद्यालयमा बालविकास बाहेकका एकजना पनि विद्यार्थी नभएको विद्यालय लागि दुई स्थायी र एक करार शिक्षकको तलब भत्ता लगायतको सुविधको लागि वार्षिक १२ लाख ६५ हजार निकासा गरेको पाइएको जनाएको छ । त्यस्तैगरी ङीस्याङ गाउँपालिका अन्तर्गतको ङावल आधारभूत विद्यालयमा एकजना पनि विद्यार्थी नभएको विद्यालयका ८ जना स्थायी शिक्षकको तलब भत्ता लगायतको सुविधाका लागि ३५ लाख ८६ हजार निकासा दिएको छ । एक जना पनि विद्यार्थी नभएको व...