२०८३ असार ११

सामाजिक

सङ्खुवासभा हत्या प्रकरण : शव परीक्षण गर्न धरान लगियो

सङ्खुवासभा हत्या प्रकरण : शव परीक्षण गर्न धरान लगियो

देश, समाचार, सामाजिक
सङ्खुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।  घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार हत्या गरेको बताइएको छ । Advertisement प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो  । घटनास्थलमा अहिले प्रहरी नायब उपरीरक्षक भीम दाहालको कमाण्डमा रहेको अनुसन्धान टोलीले तालीमप्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ । प्रहरी नायब उपरीक्षक सुवेदीसहितको टोली पनि घटनास्थलमै छ । ...
कोशी कटानको निरीक्षण गर्न गृहमन्त्री उदयपुरकाे बेलकामा

कोशी कटानको निरीक्षण गर्न गृहमन्त्री उदयपुरकाे बेलकामा

देश, समाचार, सामाजिक
१९ भदौ, काठमाडौं । सप्तकोशीले कटान गरी धार परिर्वतन गर्ने उच्च जोखिममा रहेको उदयपुरको वेलका नगरपालिकाको तल्लो क्षेत्रको गृहमन्त्री बालकृष्ण खाँडले अवलोकन गरेका छन् । केही दिनअघि आएको बाढीका कारण सप्तकोशीले उदयपुरको बेलका नगरपालिकाको टापु क्षेत्रमा तीब्र कटान गरेको थियो । Advertisement सुनसरी र उदयपुरको सिमानामा रहेको कोशीले उदयपुरतर्फ करिब २ सय मिटर कटान गरिसकेको छ । धेरै कटान हुँदा कोशीले धार परिवर्तन गरी वेलकाको वडा नम्बर २, ३, ८ र ९ का तटीय क्षेत्रमा रहेको वस्ती डुबानमा पर्ने जोखिम थियो । त्यस क्षेत्रमा करिब ८ सय घरधुरीको बसोबास रहेको छ । अवलोकन पछि गृहमन्त्री खाँडले थप कटान हुन नदिन रोकथामका कामहरु गर्न निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको विपद् व्यवस्थापन समितिलाई गम्भीर भएर काम गर्न उनले भनेका छन् । स्थानीय समु...
गण्डकीमा १५७ जनामा कोरोना संक्रमण पुष्टि, थप ५ जनाको मृत्यु

गण्डकीमा १५७ जनामा कोरोना संक्रमण पुष्टि, थप ५ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
उनकाअनुसार कास्की ८५, बागलुङ २, स्याङ्जा २१, म्याग्दी ५, पर्वत २, गोरखा ९,लमजुङ १०, तनहुँमा १० र नवलपरासी पूर्वमा १३ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८२ हजार १४९ पुगेको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१९ का ८१ वर्षीय पुरुष, पोखरा–२६ का ४४ वर्षीय पुरुष, पोखरा–१२ की ८४ वर्षीय महिला, पर्वत कुश्मा–३ का ७५ वर्षीय पुरुष र तनहुँ ब्यास–३ की ४८ वर्षीय महिलाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०६ पुगेको छ । Advertisement गण्डकी प्रदेशमा हालसम्म ७७ हजार ९२३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकै दिन संक्रमणमुक्त हुनेको संख्या ३४४ पुगेको छ ।  गण्डकीमा सक्रिय क...
दार्चुला तुइन घटना : कूटनीतिक पहल गर्न गृहद्वारा परराष्ट्रमा पत्राचार

दार्चुला तुइन घटना : कूटनीतिक पहल गर्न गृहद्वारा परराष्ट्रमा पत्राचार

देश, समाचार, सामाजिक
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को उपस्थितिमा दार्चुलामा तुइन तर्ने क्रममा खसेर जयसिंह धामी बेपत्ता भएको छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । उक्त घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको दोस्रो दिन आज मन्त्रालयले आवश्यक कूटनीतिक पहलका लागि परराष्ट्रमा पत्र पठाएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थितिमा दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामी मालघाटबाट तुइन तर्ने क्रममा तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको प्रतिवेदन मङ्गलबार गृहमा बुझाएको थियो ।  Advertisement उक्त घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको उपस्थितिमा घटेको दे...
काठमाडौं महानगरपालिका १९ का वडाध्यक्षको निधन

काठमाडौं महानगरपालिका १९ का वडाध्यक्षको निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौँ महानगरपालिका–१९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । खाना खाने नलीको क्यान्सर रोगबाट पीडित ६५ वर्षीय श्रेष्ठको आज दिउँसो नर्भिक अस्पतालमा निधन भएको वडा कार्यालयले जनाएको छ । तीन महिनाअघि मात्र उनमा खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको थियो । बिहानसम्म साविक झैँ कुराकानी गर्नुभएका श्रेष्ठलाई दिउँसो २ बजेपछि रोगले चापेको हो । Advertisement विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घको राजनीतिमा सक्रिय भएका श्रेष्ठ २०४९ सालको स्थानीय निकाय निर्वाचनदेखि वडाध्यक्ष निर्वाचित भएका थिए । विसं २०५४ र २०७४ स्थानीय निर्वाचनमा पनि नेपाली काँग्रेसबाट उम्मेदवार भई श्रेष्ठ वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको वडा सदस्य मधुसुदन प्रधानले  जानकारी दिए । पञ्चायतकालमा पनि उनी वडा सदस्य पदमा निर्वाचित भएका थिए ।  नर्भिक अस्पतालबाट शुक्रबार बिहान श्...
गैँडाको आक्रमणबाट महिलाको मृत्यु

गैँडाको आक्रमणबाट महिलाको मृत्यु

देश, समाचार, सामाजिक
पश्चिम चितवनको जगतपुरमा गैँडाको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ की ३८ वर्षीया सम्झना दराई रहेको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ ।  Advertisement कार्यालयका अनुसार स्थानीय हरियाली सामुदायिक वनमा घाँस काट्न गएकी दराईलाई आज दिउँसो २ः३० बजे गैँडाले आक्रमण गरेको थियो ।  गैँडाको आक्रमणबाट गम्भीर घाइते दराईको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनको दिउँसो ३ः २५ बजे मृत्यु भएको हो । साभार: रातोपाटी ...
नेपालमा एक सातापछि कोरोनाविरुद्ध खोपको क्लिनिकल ट्रायल सुरु गरिँदै

नेपालमा एक सातापछि कोरोनाविरुद्ध खोपको क्लिनिकल ट्रायल सुरु गरिँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
नेपालले चिनियाँ कम्पनी वालभ्याक्सले निर्माण गरेको एमआरएनए खोपको क्लिनिकल परीक्षण एक सातापछि सुरु गरिने भएको छ । देउराली जनता फर्मास्युटिकल्सले बिपी कोइराला इस्टलभेन्स साइन्सेज धरानबाट क्लिनिकल ट्रायल सरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए । Advertisement  गएको बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपालमा चीनको एमआरएनए खोपलाई क्लिनिकल परीक्षण गर्न अनुमति दिएको थियो । विश्व स्वास्थ्य संगठनले मान्यता नदिइकन चीनको कम्पनी वालभ्याक्सको एमआरएनए निर्माण गरेको खोप नेपालमा क्लिनिकल ट्रायलका लागि परीक्षण सुरु गर्न लागिएको हो । एमआरएनए खोपले शरीरको कोषलाई निश्चित प्रकारको जीवाणुसँग लड्न रोग प्रतिरोधात्मक क्षमता विकासका लागि सहयोग गर्ने खोप विज्ञहरुले बताउँदै आएका छन् ।  साभार: रातोपाटी ...
आफ्नै शरीरमा आगो लगाएर महिलाद्वारा आत्महत्या

आफ्नै शरीरमा आगो लगाएर महिलाद्वारा आत्महत्या

देश, समाचार, सामाजिक, स्वास्थ्य
ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा एकजना महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन् । सिद्धिचरण नगरपालिका ७ टोड्केकी ४० बर्षिया मीनाकुमारी श्रेष्ठले शरीरमा आगो लगाएर आत्महत्या गरेकी हुन् । घरबाट करिब १ किलोमिटर टाढा रहेको टोड्के सामुदायीक बनपाखोमा सोमबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।   Advertisement ती महिलाले डिजेल शरीरमा खन्याएर आगो लगाएर आत्महत्या गरेको खुलेको ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । महिलाले आत्महत्या गरेको स्थान छेवैमा डिजेल प्रयोग गरिएको बोटल तथा सानो झोला समेत फेला परेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए । घटनापछि प्रहरीले शवको मुचुल्का उठाई शवलाई सोमबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जना...
बेपत्ता पारिएका व्यक्तिका परिवार भन्छन्– हामीलाई सास वा लास देऊ सरकार

बेपत्ता पारिएका व्यक्तिका परिवार भन्छन्– हामीलाई सास वा लास देऊ सरकार

देश, समाचार, सामाजिक
सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएकाहरुको परिवारले आफन्तको सास वा लास दिन माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार पीडित परिवारले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । Advertisement महोत्तरीको सोनमा गाउँपालिका–२ बस्ने वीरेन्द्रकुमार यादव सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीका सर्लाही जिल्लाको एरिया कमिटी मेम्बर (एसिएम) थिए । वीरेन्द्रका अनुसार उनलाई खोज्नका लागि नेपाली सेनाको टोली उनको घर गइरहन्थ्यो । ०६० साल कार्तिक २० गते वीरेन्द्रको घरबाट आफ्नो बुबा, काका, दुई भाइसहित ७ जनालाई प्रहरीले गिरफ्तार गरेर लगेको उनले बताए । ‘त्यो दिनदेखि अहिलेसम्म पनि उनीहरुको सास वा लासको अत्तोपत्तो छैन,’ उनले भने । राजनीतिक एजेण्डा पूरा नहुँदै पार्टी ने...
धादिङमा करेन्ट लागेर २ जनाको मृत्यु

धादिङमा करेन्ट लागेर २ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
Labeled remains of person lying in mortuary गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुईजनाको मृत्यु भएको छ । अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भर्‍याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । Advertisement मृत्यु हुनेमा स्याङ्जा निवासी २७ वर्षीय बिमल परियार र  पोखरा महानगरपालिका निवासी २४ वर्षीय उमाकान्त बराल रहेका छन् भने घाइते हुनेमा पोखरा महानगरपालिका निवासी भुवन बराल रहेका छन् । घाइतेको उपचारको लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ । गजुरी अस्पतालमा शव परीक्षणका लागि राखिएको छ । साभार: रातोपाटी ...