२०८१ बैशाख १२

Author: Raunak

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा दीर्घ सोडारी चयन

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा दीर्घ सोडारी चयन

देश, समाचार
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी चयन भएका छन् । सो पार्टीका ज्येष्ठ प्रदेशसभा सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले मन्त्री सोडारीलाई संसदीय दलको नेतामा चयन गरेको हो । Advertisement बैठकले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन जारी राख्ने निर्णय गरेको छ । प्रदेशसभा सदस्य दुर्गाकुमारी विकका अनुसार संसदीय दलको बैठकमा मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारलाई जनाएको समर्थनलाई निरन्तरता दिने सम्बन्धमा सर्वसम्मत निर्णय गरिएको हो । यस सम्बन्धमा प्रदेशसभा सचिवालयलाई मंगलबार नै औपचारिक रुपमा जानकारी गराइएको उनको भनाइ छ । नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन जारी राख्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेश सरकार सुरक्षित भएको ...
टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

देश, समाचार, सामाजिक, स्वास्थ्य
टिकटक बनाउने क्रममा तनहुँमा सेती नदीमा खसेर युवती बेपत्ता भएकी छिन् । शुक्लागण्डकी नगरपालिका –८ पुलचोकस्थित रहेको सेती नदीको रक गार्डेनबाट खस्दा नवविवाहित युवती बेपत्ता भएकी छन् ।  टिकटक बनाउने क्रममा शुक्लागण्डकी–८ की १९ वर्षीया पवित्रा लम्साल खसेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।  Advertisement उनका अनुसार ३ जना साथीहरू सहित सेतीको किनारको रक गार्डेनमा फोटो र टिकटक बनाउन गएकी लम्साल नदीमाथिको पुलको बीचबाट खसेर बेपत्ता भएकी हुन् । केही दिन अघि मात्र विवाह भएकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् । मंगलबार दिउँसो दुई साथीहरूसँग घुम्न सेती नदीमा रहेको रकगार्डेन पुगेकी थिइन् । लम्साल टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएपछि साथीहरूले अभिभावक र प्रहरीलाई खबर गरेका थिए । दिउँ...
असत्य सन्देश सम्प्रेषण गर्ने व्यक्तिविरुद्ध एमसीए–नेपालद्वारा प्रहरीमा उजुरी दर्ता

असत्य सन्देश सम्प्रेषण गर्ने व्यक्तिविरुद्ध एमसीए–नेपालद्वारा प्रहरीमा उजुरी दर्ता

देश, राजनीति, समाचार
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल) बारे अतिरञ्जित तथा असत्य सन्देशहरू सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेकोप्रति एमसीए–नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।  यही भदौ २३ गते ट्वीटर सामाजिक सञ्जालमार्फत एमसीए–नेपाल विकास समितिका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टको नक्कली तवरको हस्ताक्षर प्रयोग गरी एक सामग्री सम्प्रेषण गरिएको थियो । उक्त सामग्रीमा एमसीए–नेपाल, एमसीसी र अमेरिकी राजदूतावासका अधिकारीहरूबीच भएको भच्र्युयल बैठकमा कम्प्याक्ट अनुमोदनको पक्षमा प्रचार अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको कपोलकल्पित कुरा उल्लेख गरिएको थियो । सोही सामग्रीमा केही अखबार तथा टीभीलाई परिचालन गरिनुपर्ने झुठो दाबी र  नेपाल सरकार, एमसीए–नेपाल र एमसीसीको छापको पनि दुरुपयोग गरिएको एमसीए नेपालको भनाइ छ ।  Advertisement ‘उक्त सामग्रीमा उल्लेख गरिएक...
बालबालिकालाई कोभिड खोप उपलब्ध गराउन सरकार पूर्ण प्रयासरत छ : प्रधानमन्त्री देउवा

बालबालिकालाई कोभिड खोप उपलब्ध गराउन सरकार पूर्ण प्रयासरत छ : प्रधानमन्त्री देउवा

देश, राजनीति, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको बताएका छन् ।  सन्ताउन्नौं राष्ट्रिय बाल दिवसको अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली बालबालिका एवं अभिभावकहरूमा शुभकामना व्यक्त गर्दै उनले कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत श्ययाको व्यवस्था गरिएको बताए । कोभिड–१९ को नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयहरूमा थप प्रयास गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा आत्मसात गरेको छ । Advertisement संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण तथा उचित स्याहारसहित सर्वाङ...
डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको अर्को बैठक भुटानमा

डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको अर्को बैठक भुटानमा

देश, विदेश / एन.आर.एन, समाचार
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रले आगामी बैठक भुटानमा हुने भएको छ । नेपालमा आज सम्पन्न भएको ७४ औँ बैठकले अर्को सत्रको बैठक सन् २०२२ सेप्टेम्बर ५ देखि ९ तारिकसम्म भुटानमा गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले भाइरस हेपाटाइटिस, एचआइभी तथा यौनरोग नियन्त्रणका लागि दशक मनाउने निर्णयसमेत गरेको छ । यस्तै दक्षिण पूर्वी एशियाली राष्ट्रमा स्वस्थ्य बैठक प्रवद्र्धन गर्ने तथा नसर्ने रोग, मुख र आँखा स्वास्थ्यको रोकथाम तथा नियन्त्रणमा भए गरेका प्रयासलाई थप सुदृढ बनाउने समेत निर्णय गरेको उनले जानकारी दिए । Advertisement विद्यालय स्वास्थ्य प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने र विश्व स्वास्थ्य सङ्गठनको २०२२–२०२३ को कार्यक्रम र बजेट बैठकले पारित गरेको छ ।...
एमसीसीको विरोधमा एमाले पनि ! आइटी आर्मीद्वारा विरोध प्रदर्शन

एमसीसीको विरोधमा एमाले पनि ! आइटी आर्मीद्वारा विरोध प्रदर्शन

देश, समाचार
 मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्धमा आइटी आर्मीले चन्द्रनिगाहपुरमा प्रदर्शन गरेको छ । आइटी आर्मीका जिल्ला अध्यक्ष नरेश साहको नेतृत्वमा चन्द्रनिगाहपुरमा शुक्रबार एमसीसीको विरोधमा प्रदर्शन गरिएको हो । आइटी आर्मी नेकपा एमालेका नेता पूर्वमन्त्री प्रभु साहको पहलमा गठन गरिएको हो । उल्लेखनीय छ, केपी शर्मा ओलीले आफ्नो कार्यकालमै एमसीसी पारित गर्न चाहेका थिए । उनले सभामुखको असहयोगका कारण एमसीसी पारित गर्न नसकेको बताउँदै आएका छन् । Advertisement शुक्रबार आइटी आर्मीका सदस्यले चन्द्रनिगाहपुरमा एमसीसी र सरकारको विरोधमा नाराबाजी गरेका हुन् । उनीहरुले बजार क्षेत्र परिक्रमा गर्दै नारावाजी गरेका थिए । सोही क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै आईटी आर्मीका जिल्ला अध्यक्ष नरेश साह, गजरा नगरपालिकामा मेयर प्रत्यासी पलट चौधरी र लालबाबु साहले सम्बोधन ग...
२४ घण्टामा ११ सय बढी कोरोना संक्रमित थपिए, २१ को मृत्यु

२४ घण्टामा ११ सय बढी कोरोना संक्रमित थपिए, २१ को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्लो २४ घण्टामा देशभर ११४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६६० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७५ हजार ५४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार ४०४ जना  पुगेको छ ।  Advertisement संक्रमितमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् ।  यस्तै पछिल्लो २४ घण्टामा २१ जनाले कोरोनाबाट ज्यान गुमाएसँगै मृतकको कुल संख्या १० हजार ९२४ जना पुगेको मन्त्रालयले जनाएको छ ।  हाल देशभर कोरोनाका सक्रिय संक्रमित २७ हजार ९५८ जना रहेका छन् ।  साभार: रातोपाटी ...
उपाध्यक्षलाई नै गाउँपालिकाले उपलब्ध गराएन सूचना, जिल्ला प्रशासनमा निवेदन दर्ता

उपाध्यक्षलाई नै गाउँपालिकाले उपलब्ध गराएन सूचना, जिल्ला प्रशासनमा निवेदन दर्ता

देश, राजनीति, समाचार
सिरहाको औरही गाउँपालिका उपाध्यक्ष सीताकुमारी यादवले आफ्नै गाउँपालिकाबाट सूचना उपलब्ध नगराइएको भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएकी छन् । पटक पटक लिखित रुपमा माग गर्दा पनि आफूलाई सूचना नदिइएको भन्दै उनले जिल्ला प्रशासन कार्यालय, सिरहा पुगेर सिडिओसमक्ष निवेदन दिएकी हुन् । उपाध्यक्ष यादवले बुधबार जिल्ला प्रशासन कार्यालयमा निवदेन दिएलगत्तै जिल्ला प्रशासन कार्यालयले उक्त गाउँपालिकाका प्रशासकीय अधिकृतलाई पत्र लेखेको छ । उपाध्यक्ष यादवले यसअघि पनि गाउँपालिकाले सूचना उपलब्ध नगराएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन् । Advertisement सो निवेदन अनुसार सूचना उपलब्ध गराउनू भनि जिल्ला प्रशासन कार्यालयले भदौ ११ गते पनि गाउँपालिकाका प्रशासकीय अधिकृतलाई पत्र पठाएको थियो । तर त्यसका बाबजुद पनि आफूलाई सूचना नदिइएको भन्दै उपाध्यक्ष यादव बुधबा...
प्रदेश २ का सभामुख सरोज यादवले पनि छाडे राजेन्द्र महतोको साथ

प्रदेश २ का सभामुख सरोज यादवले पनि छाडे राजेन्द्र महतोको साथ

देश, राजनीति, समाचार
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो निकट मानिएका नेताहरुले धमाधम उनको साथ छाड्न थालेका छन् । पछिल्लो समय प्रदेश २ का सभामुख सरोज यादवले उनको साथ छाडेका छन् । जसपा विभाजनपछि महन्थ ठाकुर नेतृत्वको लोसपा गठन भएको छ । लोसपामा राजेन्द्र महतोलाई वरिष्ठ नेताको दर्जामा राखिएको छ । तर महतो निकट मानिएका प्रदेशसभा सभामुख यादव भने जसपामै रहे । निर्वाचन आयोगले तोकेको समयसीमा भित्र यादवले लोसपाका पक्षमा सनाखत नगरेका कारण उनी जसपामै रहेको मानिन्छ । Advertisement त्यसो त, सभामुख भएपछि कुनै दलगत गतिविधि गर्न मिल्दैन । त्यही भएर पनि उनले सनाखत नगरेको बताइन्छ । तर निर्वाचन आयोगका सहायक प्रवक्ता एवं उपसचिव कोमल प्रसाद धमलाले प्रदेशसभा सदस्य भएकै कारण सभामुख चयन गरिएको हुनाले विभाजित दलका प्रदेशसभा सदस्यले नयाँ दलमा सामेल हुन चाहेमा सनाखत...
सङ्खुवासभा  हत्या प्रकरण : मृतकको सामूहिक दाहसंस्कार इटहरीमा

सङ्खुवासभा हत्या प्रकरण : मृतकको सामूहिक दाहसंस्कार इटहरीमा

देश, समाचार, सामाजिक
सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेकाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ । सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बूढीखोला घाटमा अन्त्येष्टि गरिएको मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीले जानकारी दिए ।  Advertisement बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शव परीक्षण भएपछि बूढी खोला घाटमा अन्त्येष्टि गरिएको भतिज एमविक्रमले बताए । शव अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मङ्गलबार धरान आइपुगेका थिए । मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नाति...