मापसे गरी चलाएको कार मण्डिखाटारमा दुर्घटना, गाडीले हानेर भाँचियो बिजुलीको पोल
साभार: सेतोपाटी
बुधबार राति सवा ११ बजे। काठमाडौंको मण्डिखाटारमा एउटा रातो रङ कार गुड्दै थियो। चालकले स्टेरिङ, एक्सिलेटर, ब्रेक र क्लजको सन्तुलन गुमाउँदा उक्त कार केहीबेरमा सडक छेउतिर मोडियो र बिजुलीको पोलमा ठोक्कियो।
कारको गति यति तीव्र थियो कि सिमेन्टको बिजुलीको पोल नै भाँचियो। संयोगले कार चालकलाई भने ठूलो चोट लागेन।
रातिको समय भएकाले स्थानीयको आउजाउ थिएन। केहीबेरमा आइपुगेको प्रहरीले प्रदेश नम्बर ३-०१-०२२ च ६७५३ नम्बरका कार चालक ४२ वर्षीय नवीन पोखरेललाई घटनास्थलबाट उद्धार गर्यो।
उनलाई ठूलो चोट नलागे पनि मेडिकल परीक्षण गर्यो। परीक्षण गर्दा थाहा भयो पोखरेलले रक्सी खाएर कार चलाएका रहेछन्।
'चालकले मापसे गरी चलाउँदा कार पोलमा ठोक्किन गएको हो। पोल र गाडीमा क्षति भएको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले सेतोपाटी...








