२०८२ चैत्र १५

राजनीति

प्रदेशसभामा समानुपातिक मत : प्रदेश १ मा एमाले, मधेसमा कांग्रेसको अग्रता

प्रदेशसभामा समानुपातिक मत : प्रदेश १ मा एमाले, मधेसमा कांग्रेसको अग्रता

राजनीति
काठमाडौं । प्रदेशगत समानुपातिक मतपरिणाम आउने क्रम जारी छ । अहिले सातै प्रदेशमा प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणना भइरहेको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार ३ बजेर २५ मिनेटसम्मको समानुपातिक मतलाई हेर्दा प्रदेश १ मा नेकपा (एमाले) र मधेशमा नेपाली कांग्रेसले अग्रता बनाएका छन् ।  प्रदेश १ मा एमाले पहिलो स्थानमा छ । एमालेले १ लाख १९ हजार ४८० मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख ९ हजार ७५ मत पाएको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र) ले ४५ हजार २७ मत पाएको छ । चौथो स्थानमा रहेको राप्रपाले ४२ हजार ५८५, पाँचौँ स्थानमा रहेको जसपाले १ हजार ५४८ र छैटौं स्थानमा रहेको नेकपा(एकीकृत समाजवादी) ले ८ हजार ८७५ मत पाएको छ ।  सातौं स्थानमा रहेको जनमत पार्टीले ६ हजार ५०३ मत पाएको छ । मधेसमा कांग्रेस अगाडि  मधेसमा भने नेपाली कांग्रेस ...
धादिङ २ मा कांग्रेसका रामनाथ अधिकारी विजयी

धादिङ २ मा कांग्रेसका रामनाथ अधिकारी विजयी

राजनीति
काठमाडौं । धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट उमेदवार रहेका नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् । कांग्रेस धादिङका सभापतिसमेत रहेका अधिकारीले सोही क्षेत्रका निवर्तमान सांसद नेकपा (एमाले)का खेमप्रसाद लोहनीलाई १० हजार ५३३ मतान्तरमा पराजित गरे । अधिकारीले ३४ हजार ४८३ मत पाउँदा एमालेका लोहनी २३ हजार ९५० मत ल्याए ।  ...
बारा–४ मा एकीकृत समाजवादीका किसान श्रेष्ठ निर्वाचित

बारा–४ मा एकीकृत समाजवादीका किसान श्रेष्ठ निर्वाचित

राजनीति
काठमाडौं । बारा–४ मा नेकपा (एकीकृत समाजवादी)का कृष्णकुमार (किसान) श्रेष्ठ निर्वाचित भएका छन् ।  नेकपा (एमाले)का एकवाल मियाँलाई १० हजार ६६ मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् । उनले २९ हजार ५०५ मत पाएका छन् । प्रतिस्पर्धी एमालेका मियाँले १९ हजार ४३९ मत पाएका छन् ।

भक्तपुर–२ मा महेश बस्नेत ६८४ मतले पछाडि, दुर्लभ थापाको अग्रता कायमै

भक्तपुर–२ मा महेश बस्नेत ६८४ मतले पछाडि, दुर्लभ थापाको अग्रता कायमै

राजनीति
काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा काग्रेसका दुर्लभ थापाले अग्रता कायमै राखेका छन् । ६१ हजार ३०० मत गणना हुँदा दुर्लभले २२,६८५ मत ल्याएका छन् । उनी ६८४ मतले अगाडि छन् ।  एमालेका महेश बस्नेतले २२,००१ मत ल्याएका छन् । यहाँ ६५ हजार ९१९ मत खसेको छ । अझै ४,६१९ मत गन्न बाँकी छ। ...
तेस्रो प्रयासमा झापाबाट उदाएका विश्वप्रकाश

तेस्रो प्रयासमा झापाबाट उदाएका विश्वप्रकाश

राजनीति
काठमाडौं । झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा फराकिलो मतसहित निर्वाचित भएका छन् ।शर्मा झापा १ मा तेस्रो प्रयासमा निर्वाचित भएका हुन् ।  शर्माले १४ हजार २७५ मतको फराकिलो अन्तरले विजय हासिल गरेका हुन् ।  “मान्छेले घोडा चढ्न सिक्दा पहिलो पटक नसिक्न र लड्न पनि सक्छ ।  अर्कोपटक घोडा दगुराएर गन्तव्यमा जाँदै गर्दा पुनः लड्न सक्छ । जब मानिस अनुभवि हुन्छ, तब त्यसलाई राम्ररी कुदाउन सक्छ । ०७० को निर्वाचन मेरो परिचय र ०७४ को निर्वाचन अनुभवको निर्वाचन भयो । ०७९ को निर्वाचन परिणामको निवाचन बन्दै छ,” निर्वाचनअघि झापा १ मै भएको अन्तर्वार्तामा उनले भनेका थिए । २०७० सालमा भएको संविधानसभा सदस्यमा एमालेका रविन कोइराला र ०७४ को प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनका उमेदवार तथा माओवादी नेता सुरेन्द्र कार्की ‘राम’ सँग पराजित भएका थिए । “०७० सालमा मेरो ...
झापा २ ‘ख’ मा एमालेका चिन्तन पाठक विजयी

झापा २ ‘ख’ मा एमालेका चिन्तन पाठक विजयी

राजनीति
झापा । झापा २ ‘ख’ मा नेकपा (एमाले)का उमेदवार चिन्तन पाठक निर्वाचित भएका छन् ।  पाठक ३ हजार ८४० मतान्तरसहित निर्वाचित भएका हुन् । पाठकले २० हजार १८४ मत प्राप्त गर्दा सत्ता गठबन्धनका उमेदवार खगेन्द्र मैनालीले १६ हजार ३४४ मत ल्याएका छन् ।
धनुषा–३ मा ३,६८८ मतान्तरले पछाडि परे अनिल झा

धनुषा–३ मा ३,६८८ मतान्तरले पछाडि परे अनिल झा

राजनीति
जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र–३ मा पाँचदलीय गठबन्धनका साझा उमेदवार एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झा तीन हजार ६८८ मतान्तरले पछाडि परेका छन् । यहाँ नेकपा (एमाले)की उमेदवार जुली महतोको कायमै छ । पछिल्लो परिणामानुसार महतोले १५ हजार ८५१ मत पाएकी छन् । दोस्रो स्थानमा रहेका झाले १२ हजार १६३ मत ल्याएका छन् । यस्तै, जनमत पार्टीका शम्भुनाथ साह पाँच हजार ६९७ मतसहित तेस्रो स्थानमा छन् । ...
कैलाली ४ मा रोकिएको मतगणना पुनः सुरु

कैलाली ४ मा रोकिएको मतगणना पुनः सुरु

राजनीति
धनगढी । कैलाली क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना पुनः सुचारु भएको छ ।  प्रतिनिधिसभाको मतगणनाका क्रममा एउटा मत अर्धकट्टीसहित भेटिएपछि रोकिएको मतगणना सुचारु भएको हो । अर्धकट्टीसहितको मत बाकसमा भेटिएपछि नेकपा (एमाले)ले मतगणनामा सहभागी नहुने जनाएपछि विवाद भएको थियो । अहिले सहमति भएपछि मतगणना सुचारु भइसकेको निर्वाचन अधिकृत ईन्द्रबहादुर कठायतले जानकारी दिएका छन् । ...
काठमाडौं–१ ‘क’मा कांग्रेसका दिपेन्द्र श्रेष्ठ निर्वाचित

काठमाडौं–१ ‘क’मा कांग्रेसका दिपेन्द्र श्रेष्ठ निर्वाचित

राजनीति
काठमाडौं । काठमाडौं–१ 'क' मा नेपाली कांग्रेसका दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । उनी नेकपा (एमाले)का नवीन शाहीलाई २,७९६ मतले पछि पार्दै निर्वाचित भएका हुन् । उनी यसअघि पनि यही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।  दिपेन्द्रले ६,३०० मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका शाहीले ३,५०४ मत पाएका छन् । राप्रपाका रामचन्द्र अमगाईंले २,२९७ मत ल्याए । ...

काठमाडौं–१ ‘ख’ मा कांग्रेसका सुरजचन्द्र लामिछाने निर्वाचित

काठमाडौं–१ ‘ख’ मा कांग्रेसका सुरजचन्द्र लामिछाने निर्वाचित

राजनीति
काठमाडौं । काठमाडौं–१ 'ख' मा नेपाली कांग्रेसका सुरजचन्द्र लामिछाने निर्वाचित भएका छन् । नेकपा (एमाले)का गणेशप्रसाद दुलाललाई १,७५७ मतले पछि पार्दै लामिछाने निर्वाचित भएका हुन् । उनी एमालेका दुलालसँग यसअघिको निर्वाचनमा पराजित भएका थिए । लामिछाने ४,५१० मतसहित निर्वाचित हुँदा एमालेका दुलालले २७५३ मत पाएका छन् । ...