२०८१ बैशाख २०

राजनीति

मतदाताले पनि मलाई नै अनुमोदन गर्नेछन्

मतदाताले पनि मलाई नै अनुमोदन गर्नेछन्

राजनीति
धनगढी । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेका नेपाली कांग्रेसका नेता नारायणप्रसाद (एनपी) साउद चुनावी अभियानमा व्यस्त छन् । संसदीय निर्वाचनमा साउद ०५१ देखि निरन्तर प्रतिस्पर्धा छन् । उनले ०५१, ०५६, ०६४, ०७० र ०७४ मा कञ्चनपुरबाट प्रतिस्पर्धा गरे । ०५६ र ०७० मा दुईपटक मात्र विजयी भएका थिए । अहिले फेरि प्रतिस्पर्धामा छन् । उनी अनुमोदन गरेका २५ उमदेवारको सूचीमा परेका छन् । सूचीमा आफ्नो नाम समेत समावेश भएकामा धन्यवाद दिँदै उनले यस क्षेत्रको मतदाताले पनि आफूलाई अनुमोदन गरेर सांसदका रूपमा प्रतिनिधिसभा पठाउने बताए । उनले आफ्नो पक्षमा उत्साह देखिएको बताए । कञ्चनपुर–२ मा आरक्षपीडित र बाढीपीडितका समस्या जल्दाबल्दा छन् । त्यहाँ जंगली जनावरको आतंकको समस्या पनि छ । नेता साउद अहिले बिहान ५ बजे उठेर कार्यकर्तासित भेटघाटमा व्यस्त हुन्छन् ...
सुर्खेतमा गठबन्धनका उमेदवारलाई ‘मत क्रस’को चिन्ता

सुर्खेतमा गठबन्धनका उमेदवारलाई ‘मत क्रस’को चिन्ता

राजनीति
सुर्खेत । २०७९ सालको स्थानीय तह निर्वाचनमा सुर्खेतमा कांग्रेस–माओवादीको चुनावी गठबन्धन भए पनि मत क्रसका कारण चारवटा पालिका गुमाएको थियो । कांग्रेस–माओवादीमा  सोही अवस्थाको सामना अहिले पनि गर्नु पर्ने हो कि भन्ने चिन्ता मंसिर ४ चुनावमा पनि छ । गठबन्धनका उमेदवारसँग मुख्य प्रतिस्पर्धामा देखिएको नेकपा एमालेले मत क्रस हुने र एमालेमा आउने बताइरहेका बेला गठबन्धनलाई मत क्रसको चिन्ता बढेको हो ।   सुर्खेत क्षेत्र नम्बर २ मा प्रतिनिधिसभामा गठबन्धनबाट उमेदवार हृदयराम थानी र एमालेका अमृत बीसी छन् । स्थानीय तहको मत परिणामले थानीलाई चुनाव जित्न सहज हुने देखिन्छ । माओवादी र कांग्रेसको मत ४१ हजार ३६६ छ । स्थानीय तहमा एमालेका वडाध्यक्षहरूले पाएको मत ३० हजार ४६९ छ । बीसीको मुख्य चुनौती एमालेका सांगठनिक भोट जोगाउनु र गठबन्धनभित्र खेल्नु हो ।  यो क्षेत्रमा गठबन्धनलाई...
गठबन्धनको अपील– भोलिको सरकार पनि हाम्रै हो, प्रतिगमनलाई परास्त गर्छौँ

गठबन्धनको अपील– भोलिको सरकार पनि हाम्रै हो, प्रतिगमनलाई परास्त गर्छौँ

राजनीति
काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले चुनावपछि पनि आफूहरुकै सरकार बन्ने र प्रतिगनकारीलाई परास्त गर्ने बताएका छन् । गठबन्धनमा रहेका पाँच नेताले संयुक्त अपील सार्वजनिक गर्दै यस्तो बताएका हुन् । “गठवन्धनका प्राथमिकताहरु अहिले पनि उत्तिकै प्रष्ट छन् । संविधानमाथि कुनै खालको आक्रमण  हुन नदिने तथा विकासका पूर्वाधारहरुलाई छिटोभन्दा छिटो सम्पन्न गरी मुलुकलाई विकासशील मुलुकको दाँजोमा माथि उठाउने लक्ष्यका साथ हाम्रा संकल्प, प्रतिवद्धता र घोषणापत्र सार्वजनिक भइसकेका छन्,” उनीहरुले भनेका छन्, 𸍖यो गठवन्धन प्रत्यक्ष निर्वाचन तर्फ भएकाले समानुपातिक तर्फ सबै पार्टीले आ–आफ्ना पक्षमा मत माग्नु स्वाभाविक हो । यसले गठवन्धनको भावनामा कुनै चोट पु¥याउँदैन । गठवन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावना अनुरुप राजनीतिक स्थायित्व दिने हो । यो निर्वा...
काठमाडौं-९ को चुनाव रोक्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं-९ को चुनाव रोक्न सर्वोच्चद्वारा अस्वीकार

राजनीति
काठमाडौँ — सर्वोच्च अदालतले काठमाडौं-९ को चुनाव स्थगित गर्न माग गर्दै परेको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले १५ दिनभित्र कारण बुझाउन निर्वाचन आयोगलाई निर्देशन दिएको हो । निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने कारणहरु नरहेको अदालत प्रारम्भिक ठहर छ । काठमाडौं-९ का उम्मेदवार मधु कार्कीले फरक-फरक उम्मेदवारलाई एकै किसिम समरुप देखिने चुनाव चिह्न दिएको कार्यले निर्वाचनको स्वच्छतामाथि प्रश्न उठेको भन्दै निवेदन दिएकी थिइन् । साथै उनले काठमाडौं-९ मा मंसिर ४ का लागि तोकिएको निर्वाचन स्थगित गर्न अन्तरिम आदेश माग गरेकी थिइन् । सर्वोच्च अदालत त्यसमा भने सहमत भएन । ...
देशको मुहार फेर्न गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा

देशको मुहार फेर्न गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा

राजनीति
डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको मुहार फेर्न गठबन्धन बनेको बताएका छन् । गृहजिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकाको बोगटामा आयोजित चुनावी सभामा प्रधानमन्त्री देउवाले १५-२० वर्ष गठबन्धन कायम राख्दै देशकाे मुहार फेर्ने याेजना रहेकाे बताए ।  “१५–२० वर्षसम्म गठबन्धनलाई यथावत राख्दै सरकार चलाएर देशको मुहार फेर्ने योजना रहेको हो,” उनले भने, “देशको मुहार फेरेरै छाड्ने हो । ढुक्क भए हुन्छ ।”  संसदमा सरकारको विरोध गर्ने बित्तिकै केपी शर्मा ओलीले संसद नै भंग गरिदिएको स्मरण गराउँदै प्रधानमन्त्री देउवाले त्यस्तो अधिकार कसैलाई पनि नभएको बताए । “अहिलेको संविधानमा संसद भंग गर्ने अधिकार कसैलाई छैन । हामी त्यस्तो गर्दा पनि गर्दैनौँ,” उनले भने । प्रधानमन्त्री देउवाले बुधबार गृहजिल्ला डडेल्धुरा र बैतडीका ...
मतपत्रको गोपनीयता भंग गरे मतपत्र गणना हुँदैन : प्रमुख निर्वाचन आयुक्त

मतपत्रको गोपनीयता भंग गरे मतपत्र गणना हुँदैन : प्रमुख निर्वाचन आयुक्त

राजनीति
काठमाडौं । निर्वाचन आयोगले मतपत्रको गोपनीयता भंग गरे त्यस्तो मतपत्र गणना नहुने जनाएको छ । कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न मतदातालाई आयोगको आग्रह छ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रुपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै त्यसविपरित मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिए ।  न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले मत संकेत गरिसकेको मतपत्रको गोपनीयता भंग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराए ।  “मतदातालाई गोप्य मतदानद्वारा आफ्नो हकको सुनिश्चितता गर्न हामीले संविधान बमोजिम विभिन्न कानुन तथा आयोगले विभिन्न निर्देशिकाहरु समेत जारी गरेको छ । यी सबै व्यवस्थाले कसैको डर, त्रास, धम्क...
शैक्षिक मुद्दा लिएर काठमाडौं–१मा अघि बढेका ऋषभ भट्टराई

शैक्षिक मुद्दा लिएर काठमाडौं–१मा अघि बढेका ऋषभ भट्टराई

राजनीति
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा ०६४ साल यता प्रकाशमान सिंहले यो निर्वाचन क्षेत्रमा ह्याट्रिक गरिसकेका छन् ।  माओवादीको बोलवाला भएको ०६४ सालको पहिलो संविधानसभा होस् वा वाम गठबन्धन भएको ०७४ सालको संविधान जारी पछिको पहिलो निर्वाचन –यहाँ प्रकाशमान सिंह नै निर्वाचित हुँदै आएका छन् ।  यो निर्वाचन क्षेत्रमा उनलाई अहिले भने स्वतन्त्रदेखि नयाँ पार्टीका उमेदवारसम्मले चुनौती दिइरहेका छन् ।  विवेकशील साझा पार्टीको अध्यक्षका रुपमा अघिल्लो निर्वाचनमा रवीन्द्र मिश्रले उनलाई चुनौती दिएका थिए ।  काठमाडौं १ मा पार्टीसँगै स्वतन्त्र उमेदवार पनि चर्चामा छन् ।  गणेशमान सिंहको परिवारसँग निकट सम्बन्ध भएका हरिबोल भट्टराईका छोरा ऋषभ नै प्रकाशमानसँग प्रतिस्पर्धामा उत्रिएका छन् ।  मेडिकल इन्स्टिच्युट चलाउँदै गरेका ३९ वर्षीय ऋसभ बानेश्व...
मोरङ पुगेर प्रचण्डले गरे शेखरको तारिफ

मोरङ पुगेर प्रचण्डले गरे शेखरको तारिफ

राजनीति
विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मोरङ पुगेर कांग्रेस नेता डा. शेखर कोइराला नभएको भए १२ बुँदे सम्झौता हुनेमा शंका रहेको बताएका छन् । आज मोरङको गछियामा आयोजित गठबन्धनको आमसभामा प्रचण्डले शेखर कोइरालाको सक्रियताका कारण १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता सम्भव भएको बताए ।  "यहाँ तपाईंहरूको अगाडि अहिले नेपाली कांग्रेसको वरिष्ठ नेता डा. शेखर कोइराला हुनुहुन्छ । मैले भन्नैपर्ने हुन्छ, डा. शेखर कोइराला नभएको भए १२ बुँदे सम्झौता बन्थ्यो कि बन्दैनथ्यो होला भनेर म बेलाबेलामा सोच्ने गर्छु । उहाँ गिरिजाप्रसाद कोइरालाको दाइने हातका रूपमा हुनुहुन्थ्यो, जतिबेला हामी १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताको तयारी गर्दै थियौँ । उहाँ सक्रिय नभएको भए देशमा यो परिस्थिति बन्थ्यो कि बन्थेन होला सोच्छु," उनले बताए । सभामा उनले...
स्वर्णिम वाग्ले भन्छन्– नेतृत्वमा युवा आउनुपर्छ, यथास्थितिमा परिवर्तन हुँदैन

स्वर्णिम वाग्ले भन्छन्– नेतृत्वमा युवा आउनुपर्छ, यथास्थितिमा परिवर्तन हुँदैन

राजनीति
काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्र सुधार गर्न राजनीतिक नेतृत्वमा युवा आवश्यक रहेको बताएका छन् । आज वाग्मती क्याम्पसका विद्यार्थीहरूलाई सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्ग चित्रका विषयमा प्रशिक्षण दिँदै अर्थविद् डा. वाग्लले मुलुकको अर्थतन्त्र सवल र चलायमान बनाउँदै माथि उठाउन राजनीतिक नेतृत्व सक्षम हुनुपर्ने बताए । यथास्थितिमा भने मुलुकको अर्थतन्त्र माथि जान नसक्ने उनको भनाइ छ ।  "राजनीतिक निर्णय तथा नीतिहरू अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिष्पर्धी बनाउने गरी गर्नुपर्छ । मुलुकको अर्थतन्त्र सवल र चलायमान बनाउनको लागि अहिलेको व्यवस्थाको निरन्तरता हुनु हुँदैन । यथास्थितिमा मुलुकको अर्थतन्त्र माथि जान सक्दैन । त्यसैले मुलुकको अर्थतन्त्र माथि लानको लागि राजनीतिक नेतृत्वमा युवा अगाडि आउनुपर्छ," उनले भने । उनले नेपालको अर्थतन्त्रल...
गठबन्धन सरकार बनेर पाँचवर्ष ढुक्कले चल्ने देउवा र दाहालको दाबी

गठबन्धन सरकार बनेर पाँचवर्ष ढुक्कले चल्ने देउवा र दाहालको दाबी

राजनीति
सुर्खेत । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावपछि निर्माण हुने लोकतान्त्रिक वाम गठबन्धन पाँच बर्षसम्म टिक्ने बताएका छन् ।  सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले ओलीको जस्तो गरी आफूहरुले संसद भंग नगर्ने उनले बताए । “हामी ५ वर्ष संसद चलाउँछौं,” उनले भने, “त्यसका लागि गठबन्धनलाई जिताउन आवश्यक छ ।” उनले गठबन्धन दलको पक्षमा मतदान गरि संविधानको रक्षा र केपी ओलीको निरंकुशता रोक्न आग्रह गरे ।  सभामा नेकपा माओवादीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै उनले जनताको अधिकार सुनिश्चित गर्न गठबन्धन गरिएको बताए ।  केपी ओलीले सरकारमा हुँदा संसद विघटन नै गठबन्धनको सुरुवात भएको उनको भनाई थियो । अब संसद् जोगाउन, गठबन्धनको सरकार बनाउन,  चुनाव सफलता पार्...