२०८१ जेष्ठ ५


दार्चुलामा २३ वर्षपछि कांग्रेसको ‘कमब्याक’





काठमाडौं । दार्चुलामा नेपाली कांग्रसले २३ वर्षपछि चुनाव जितेको छ । आमचुनावमा दार्चुलामा कांग्रेस यसअघि ०५६ सालमा विजयी भएको थियो । अहिले यहाँबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् ।



Advertisement



०५६ सालमा नेकपा (एमाले)का उमेदवार गणेशसिंह ठगुन्नालाई पराजित गर्दै बडू नै निर्वाचित भएका थिए । ०६४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उमेदवार लक्ष्मीप्रसाद जोशी विजयी भए । त्यति बेला ठगुन्ना र बडू पराजित भएका थिए ।

०७० सालमा यहाँबाट एमालेका ठगुन्नाले जिते । बडूले हारे ।

०७४ सालको निर्वाचनमा बडू कांग्रेसको सामानुपातिकतर्फबाट सांसद बने । त्यति बेला कांग्रेसको तर्फबाट प्रत्यक्षमा उमेदवारी दिएका वीरेन्द्रसिंह धामी पराजित भए । ठगुन्ना प्रतिनिधिसभा सदस्यमा दोहोरिए ।



गएको स्थानीय तह निर्वाचनमा कांग्रेसले दार्चुलाका सबै नौवटै पालिकामा हार व्यहोरेको थियो ।

बडू योपटक पाँचदलीय सत्ता गठबन्धनका साझा उमेदवार थिए । एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो । बडूले यसअघि निरन्तर दुईपटक सांसद भएका ठगुन्नालाई हराएका हुन् ।

Copy link
Powered by Social Snap