२०८१ बैशाख १४

स्याङ्जा–१ बाट कांग्रेसका राजु थापा निर्वाचित




काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका जिल्ला सभापति राजु थापा निर्वाचित भएका छन् ।



Advertisement



उनी नेकपा (एमाले)का उमेदवार नारायणप्रसाद मरासिनीलाई तीन हजार २५५ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।



थापाले ३१ हजार ९९९ मत ल्याए । मरासिनीले २८ हजार ७४४ मत पाए । थापा ०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

Copy link
Powered by Social Snap