२०८२ चैत्र १६

राजनीति

जाजरकोट १ ‘ख’ मा ३ हजार ५१७ मतान्तरसहित कांग्रेसका राजीवविक्रमलाई अग्रता

जाजरकोट १ ‘ख’ मा ३ हजार ५१७ मतान्तरसहित कांग्रेसका राजीवविक्रमलाई अग्रता

राजनीति
काठमाडौं । जाजरकोट १ ‘ख’ मा नेपाली कांग्रेसका राजीवविक्रम शाहले ३ हजार ३१७ मतान्तरले अग्रता लिएका छन् ।  उनले ११ हजार ६४ मत पाउँदा नेकपा (एमाले)का खिमबहादुर शाहीले ७ हजार ५४७ मत पाएका छन् । राप्रपाका कृष्णबहादुर शाहीले १९३ मत पाएका छन् ।
रोल्पा प्रदेशसभा (ख) मा माओवादीका ‘बागी’ अगाडि, मुख्यमन्त्रीका दाबेदार पुन दोस्रो स्थानमा

रोल्पा प्रदेशसभा (ख) मा माओवादीका ‘बागी’ अगाडि, मुख्यमन्त्रीका दाबेदार पुन दोस्रो स्थानमा

राजनीति
फाइल तस्बिर : कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन । काठमाडौं । प्रतिनिधसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेकाे राेल्पाकाे प्रदेशसभा (क) मा गठबन्धनका उमेदवारले अग्रता लिइरहँदा (ख)मा माओवादी केन्द्रका बागी उमेदवारले अग्रता लिएका छन् ।  प्रदेशसभा (ख) मा गठबन्धनका उमेदवार अमरसिंह पुन भन्दा बागी उमेदवार दिपेन्द्रकुमार पुन सिजलले अग्रता लिइरहेका छन् । सिजलले ८१९ मतले अग्रता लिएका छन् ।  कुल ११ हजार ९२१ मतगणना हुँदा सिजलले ४ हजार ६२३ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी अमरसिंहले ३ हजार ८०४ मत ल्याएका छन् । कांग्रेस प्रदेश सभापति अमरसिंहलाई लुम्बिनी प्रदेशकाे भावी मुख्यमन्त्रीकाे दाबेदारकाे रूपमा हेरिएकाे थियाे ।  यस्तै,एमालेका प्रेम घर्तिमगरले २ हजार ५८८ मत ल्याएका छन् । प्रदेशसभा (क)मा गठबन्धनका उमेदवार जोख बहादुर महाराले ३ हजार १९० ...
रुपन्देही २ : १५ हजार मत गन्दा १७५ मतान्तरले अघि लागे विष्णु पौडेल

रुपन्देही २ : १५ हजार मत गन्दा १७५ मतान्तरले अघि लागे विष्णु पौडेल

राजनीति
बुटवल । रुपन्देही २ मा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले अग्रता लिएका छन् । सुरुआतदेखि नै दोस्रो स्थानमा रहेका पौडेलले १५ हजार मतगणना हुदा १७५ मतले अग्रता कायम गरेका हुन् । १५ हजार ६२४ मतगणना हुँदा पौडेलले ५ हजार ३११ मत ल्याएका छन् । उनलाई  राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ५ हजार १३६ मतसहित पछ्याइरहेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाले ३ हजार ९६० मत ल्याएका छन् । यहाँ ८१ हजार २०२ मत खसेकोे थियो ।  ...

सहमहामन्त्री आङ्देम्बे ३९२ मतले अगाडि, पछ्याउँदै नेम्वाङ

सहमहामन्त्री आङ्देम्बे ३९२ मतले अगाडि, पछ्याउँदै नेम्वाङ

राजनीति
काठमाडौं । प्रतिनिधिसभामा एकमात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा १० हजार ७३ मतगणना भएको छ ।  प्राप्त नतिजाअनुसार त्यहाँ ३९२ मतले कांग्रेस अघि रहेको छ ।  नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले ४ हजार ४५६ मत प्राप्त गर्दा नेकपा (एमाले) नेता वसन्तकुमार नेम्वाङले ४ हजार ६४ मत प्राप्त गरेका छन् । ...
समानुपातिकको एक नम्बर छोडेर मैदानमा गएकी डिना भन्छिन्– विगतको हारलाई जितमा बदल्दै छु

समानुपातिकको एक नम्बर छोडेर मैदानमा गएकी डिना भन्छिन्– विगतको हारलाई जितमा बदल्दै छु

राजनीति
काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ मकवानपुर–१ बाट प्रत्यक्ष निर्वाच लडेकी छन् । महिलामध्येकै सबैभन्दा ‘सिनियर’ पदाधिकारी डिनालाई सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फ एक नम्बर बसेर काम गर्न आग्रह गरेका थिए । तर, सभापतिको प्रस्ताव अस्वीकार गर्दै डिना टिकट लिएर मकवानपुर–१ गएकी हुन् ।  चुनावी प्रचारको अन्तिम चरणमा रहेकी उनी यसपटक राम्रो मतसहित चुनाव जित्ने अवस्था रहेको दाबी गर्छिन् । जननिर्वाचित प्रतिनिधि भएर काम गर्ने हुटहुटीले उनलाई प्रत्यक्ष चुनावमा पुर्याएको हो ।  “मैले संविधानसभामा समानुपातिकतर्फबाट प्रतितिनिधित्व गरेँ । त्यसपछि ०७४मा म प्रत्यक्ष चुनाव लडेकी हुँ,” डिनाले भनिन्, “त्यसवेला बाम गठबन्धनका कारण मैले चुनाव हारेँ । यसबीचमा म मकवानपुरबासीहरुसँगै सुखदुःख साटेर बसेकी छु । यसपटक मलाई उहाँहरुले आफ्नो प्रतिनिधि बनाएर प...

प्रत्यक्षतर्फको मतगणना ७ गतेभित्र सक्ने योजना छ : प्रमुख आयुक्त थपलिया

प्रत्यक्षतर्फको मतगणना ७ गतेभित्र सक्ने योजना छ : प्रमुख आयुक्त थपलिया

राजनीति
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानको तीन दिनभित्र प्रत्यक्षतर्फको मतगणना सक्ने योजना रहेको बताएका छन् ।  बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ हुने बताए । निर्वाचन अधिकृतलाई त्यसबारे कार्ययोजना पठाउने उनले बताए ।  प्रत्यक्षतर्फको मतगाणना सकिएको ५ दिनपछि समानुपातिक मत गणना सक्ने योजना रहेकोसमेत उनले बताए ।  “४ गते बेलुका सबैतिर मतदान भइसक्छ । कहीँ दोहोर्याउनुपर्दैन भन्ने विश्वास छ । ५, ६, ७ गतेको बेलुकासम्ममा ‘फस्ट पास्ट दी पोस्ट’ प्रत्यक्षको सबै र त्यसपछिको ५ दिनभित्र समानुपातिकतर्फको सबै मतगाणना सक्ने योजना बनाएका छौँ,” उनले भने, “हामी मंसिर २२ गते सम्पूर्ण रिर्पोट बोकेर  प्रतिवेदन बु्झाउन राष्ट्रपतिज्यू समक्ष जाने तयारीका साथ लागिरहेका छौँ । ...
मतदाताले पनि मलाई नै अनुमोदन गर्नेछन्

मतदाताले पनि मलाई नै अनुमोदन गर्नेछन्

राजनीति
धनगढी । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेका नेपाली कांग्रेसका नेता नारायणप्रसाद (एनपी) साउद चुनावी अभियानमा व्यस्त छन् । संसदीय निर्वाचनमा साउद ०५१ देखि निरन्तर प्रतिस्पर्धा छन् । उनले ०५१, ०५६, ०६४, ०७० र ०७४ मा कञ्चनपुरबाट प्रतिस्पर्धा गरे । ०५६ र ०७० मा दुईपटक मात्र विजयी भएका थिए । अहिले फेरि प्रतिस्पर्धामा छन् । उनी अनुमोदन गरेका २५ उमदेवारको सूचीमा परेका छन् । सूचीमा आफ्नो नाम समेत समावेश भएकामा धन्यवाद दिँदै उनले यस क्षेत्रको मतदाताले पनि आफूलाई अनुमोदन गरेर सांसदका रूपमा प्रतिनिधिसभा पठाउने बताए । उनले आफ्नो पक्षमा उत्साह देखिएको बताए । कञ्चनपुर–२ मा आरक्षपीडित र बाढीपीडितका समस्या जल्दाबल्दा छन् । त्यहाँ जंगली जनावरको आतंकको समस्या पनि छ । नेता साउद अहिले बिहान ५ बजे उठेर कार्यकर्तासित भेटघाटमा व्यस्त हुन्छन् ...
सुर्खेतमा गठबन्धनका उमेदवारलाई ‘मत क्रस’को चिन्ता

सुर्खेतमा गठबन्धनका उमेदवारलाई ‘मत क्रस’को चिन्ता

राजनीति
सुर्खेत । २०७९ सालको स्थानीय तह निर्वाचनमा सुर्खेतमा कांग्रेस–माओवादीको चुनावी गठबन्धन भए पनि मत क्रसका कारण चारवटा पालिका गुमाएको थियो । कांग्रेस–माओवादीमा  सोही अवस्थाको सामना अहिले पनि गर्नु पर्ने हो कि भन्ने चिन्ता मंसिर ४ चुनावमा पनि छ । गठबन्धनका उमेदवारसँग मुख्य प्रतिस्पर्धामा देखिएको नेकपा एमालेले मत क्रस हुने र एमालेमा आउने बताइरहेका बेला गठबन्धनलाई मत क्रसको चिन्ता बढेको हो ।   सुर्खेत क्षेत्र नम्बर २ मा प्रतिनिधिसभामा गठबन्धनबाट उमेदवार हृदयराम थानी र एमालेका अमृत बीसी छन् । स्थानीय तहको मत परिणामले थानीलाई चुनाव जित्न सहज हुने देखिन्छ । माओवादी र कांग्रेसको मत ४१ हजार ३६६ छ । स्थानीय तहमा एमालेका वडाध्यक्षहरूले पाएको मत ३० हजार ४६९ छ । बीसीको मुख्य चुनौती एमालेका सांगठनिक भोट जोगाउनु र गठबन्धनभित्र खेल्नु हो ।  यो क्षेत्रमा गठबन्धनलाई...
गठबन्धनको अपील– भोलिको सरकार पनि हाम्रै हो, प्रतिगमनलाई परास्त गर्छौँ

गठबन्धनको अपील– भोलिको सरकार पनि हाम्रै हो, प्रतिगमनलाई परास्त गर्छौँ

राजनीति
काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले चुनावपछि पनि आफूहरुकै सरकार बन्ने र प्रतिगनकारीलाई परास्त गर्ने बताएका छन् । गठबन्धनमा रहेका पाँच नेताले संयुक्त अपील सार्वजनिक गर्दै यस्तो बताएका हुन् । “गठवन्धनका प्राथमिकताहरु अहिले पनि उत्तिकै प्रष्ट छन् । संविधानमाथि कुनै खालको आक्रमण  हुन नदिने तथा विकासका पूर्वाधारहरुलाई छिटोभन्दा छिटो सम्पन्न गरी मुलुकलाई विकासशील मुलुकको दाँजोमा माथि उठाउने लक्ष्यका साथ हाम्रा संकल्प, प्रतिवद्धता र घोषणापत्र सार्वजनिक भइसकेका छन्,” उनीहरुले भनेका छन्, 𸍖यो गठवन्धन प्रत्यक्ष निर्वाचन तर्फ भएकाले समानुपातिक तर्फ सबै पार्टीले आ–आफ्ना पक्षमा मत माग्नु स्वाभाविक हो । यसले गठवन्धनको भावनामा कुनै चोट पु¥याउँदैन । गठवन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावना अनुरुप राजनीतिक स्थायित्व दिने हो । यो निर्वा...
काठमाडौं-९ को चुनाव रोक्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं-९ को चुनाव रोक्न सर्वोच्चद्वारा अस्वीकार

राजनीति
काठमाडौँ — सर्वोच्च अदालतले काठमाडौं-९ को चुनाव स्थगित गर्न माग गर्दै परेको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले १५ दिनभित्र कारण बुझाउन निर्वाचन आयोगलाई निर्देशन दिएको हो । निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने कारणहरु नरहेको अदालत प्रारम्भिक ठहर छ । काठमाडौं-९ का उम्मेदवार मधु कार्कीले फरक-फरक उम्मेदवारलाई एकै किसिम समरुप देखिने चुनाव चिह्न दिएको कार्यले निर्वाचनको स्वच्छतामाथि प्रश्न उठेको भन्दै निवेदन दिएकी थिइन् । साथै उनले काठमाडौं-९ मा मंसिर ४ का लागि तोकिएको निर्वाचन स्थगित गर्न अन्तरिम आदेश माग गरेकी थिइन् । सर्वोच्च अदालत त्यसमा भने सहमत भएन । ...