२०८१ जेष्ठ ४

राजनीति

विनोद चौधरीलाई जिताउन देउवा र प्रचण्डको आग्रह

विनोद चौधरीलाई जिताउन देउवा र प्रचण्डको आग्रह

राजनीति
नवलपरासी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवलपरासीको समग्र विकासका लागि विनोद चौधरीलाई विजय गराउन आग्रह गरेका छन् ।  नवलपरासी विकासमा धेरै पछि परेको र यो जिल्लाको विकासका लागि विनोद चौधरीलाई यहाँ पठाइएको देउवाले बताए ।  पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा आयोजित लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा एमालेलाई जनताले दिएको अभिमत केपी ओलीले बीचमा नै घाँटी निमोठेको भन्दै अब लोकतान्त्रिक गठबन्धनलाई अत्याधिक बहुमतले विजय गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न आग्रह गरे । संसद् विघटन नगर्ने र जनताले दिएको अभिमत पुणर्रुपमा पालना गर्ने पार्टीलाई विजय गराउन पनि उनले मतदातालाई आग्रह गरे । चुनावी सभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी मंसीर ...
अपाङ्गता भएकाको प्रतिनिधित्व र पहुँचका लागि लड्छु : कोइराला

अपाङ्गता भएकाको प्रतिनिधित्व र पहुँचका लागि लड्छु : कोइराला

राजनीति
विराटनगर । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभामा मोरङ क्षेत्र नम्बर ६ का उमेदवार डा. शेखर कोइरालाले आपाङ्गता भएका व्यक्तिहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व र पहँुचका लागि लड्ने बताएका छन् ।  विराटनगर–४ मा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अपांगता भएका व्यक्तिहरुलाई आत्मविश्वास बलियो बनाएर अघि बढ्न आग्रह गरे। आफूलाई चुनाव जिताए अपाङ्गता भएका व्यक्तिहरुलाई हरेक क्षेत्रमा प्रतिनिधित्व र पहुँचमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।  कोइरालाले आपाङगता भएका शिक्षित बेरोजगारहरुलाई समेत रोजगारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । अपांगता भएका व्यक्तिहरुलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउन आफू लागिपर्ने उनको भनाइ थियो ।  ...
रवि लामिछानेको उमेदवारी खारेज गर्न माग गर्दै उजुरी

रवि लामिछानेको उमेदवारी खारेज गर्न माग गर्दै उजुरी

राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उमेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ ।  उमेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उमेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो ।  उमेदवार लामिछानेको विरुद्धमा राजकुमार पाण्डेले उमेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । मंगलवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका उपन्यायाधिवक्ता वाग्लेले उम्मेदवार लामिछानेबिरुद्धको उजुरीपछि कानूनी व्यवस्थाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको बताए ...
मतदान कक्षमा क्यामेरा वा मोबाइल लगेमा जफत गरिने

मतदान कक्षमा क्यामेरा वा मोबाइल लगेमा जफत गरिने

राजनीति
काठमाडौं । निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइलसहित अन्य निषेधित वस्तु रोक्नेबारे चार बुँदे निर्देशन दिने निर्णय गरेको छ । आयोगले मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तुलाई मतदान केन्द्रमा लिन रोक लगाएको छ ।  आयोगले कसैले फोटो खिच्ने क्यामरा वा मोबाइल साथमा लगेर मतदान कक्षमा गएमा तत्काल जफत गर्न निर्देशन दिएको छ ।  निर्णयहरू : (क) मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ ब्मोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई सार्वजनिक आह्वान र अनुरोध गर्ने । (ख) मतदाता वा अन्...
पहिचानका लागि क्रस खुकुरी रोजेँ : रमेश केसी

पहिचानका लागि क्रस खुकुरी रोजेँ : रमेश केसी

राजनीति
काठमाडौं । रमेश केसी काठमाडौं ५ बाट प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार हुन् । साढे २ दशकदेखि सामाजिक अभियानमा सक्रिय केसीले आफ्नै कालमा परिवर्तनका लागि स्वतन्त्र उमेदवारी दिएको बताउँछन् । “अहिले पनि घरदैलो अभियानमै छु,” कुरा गर्दै केसीले भने, “नेपालीको पहिचान वीर गोरखाली भन्ने छ । तर अहिले हामी सबैतिरबाट कमजोर भएको देखिएको छ । त्यसैले हामी कमजोर होइनौं है भन्ने सन्देश दिनका लागि पनि मैले क्रस खुकुरी चुनाव चिह्न लिएको हुँ ।” उनले भविष्यको खोजीमा विदेशिएका सन्ततीलाई नेपाल फर्किने वातावरण बनाउन पनि आफूले उमेदवारी दिएको बताउँछन् । “अहिले पनि दैनिक युवाहरु भिसाको खोजीमा भौतारिइरहेका छन्,” उनले भने, “नेपालमा उत्पादन नहुँदा आयात र निर्यातमा समानता कायम हुन सकेको छैन । त्यसलाई सन्तुलन नमिलाई नेपालको विकास सम्भव छैन । मैले जित हासिल गरेँ भने त्यसका लागि पह...
चितवनमा रविलाई ओलीको कटाक्ष : टिभीमा समाचार पढ्न छोडी घण्टी बजाएर बाटो सोध्या छन्

चितवनमा रविलाई ओलीको कटाक्ष : टिभीमा समाचार पढ्न छोडी घण्टी बजाएर बाटो सोध्या छन्

राजनीति
चितवन — एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा आयोजित सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन २ का प्रतिनिधिसभा उम्मेदवार रवि लामिछाने र चितवन ३ मा गठबन्धनबाट माओवादीका उम्मेदवार डा. भोजराज अधिकारीको आलोचना गरेका हुन् ।  चितवनमा आयोजित चुनावी सभामा सोमबार ओलीले बाटो बिराएर 'समाचार पढ्नुपर्ने' र 'बिरामी जाँच्नुपर्ने' मान्छेहरू उम्मेदवार बनेर आएको अभिव्यक्ति दिएका हुन् । 'मैले सुनेको छु यस क्षेत्रमा अनेकथरी मानिस उठेका छन् । कोही बिमारी जाँच्नुपर्ने अस्पताल छोडेर यता आएछन् । कोही टिभीमा समाचार भन्नुपर्ने त्यो छोडर यता आएका छन् । कोही के गर्नुपर्ने, कोही के गर्नुपर्ने ! चिन्नु न जान्नु कता हिँड्या हो थाहा छैन, घण्टी बजाएका छन्, बाटो सोध्या छन्,' उनले भने । पूर्वसञ्चारकर्मी लामिछाने चितवन-२ मा उम्मेदवार छन् ...
निर्वाचनको तयारीबारे आयोगले गरायो कूटनीतिक नियोगलाई जानकारी

निर्वाचनको तयारीबारे आयोगले गरायो कूटनीतिक नियोगलाई जानकारी

राजनीति
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे नेपालस्थित कूटनीतिक नियोगहरूलाई जानकारी गराएको छ । आयोगले सोमबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरूलाई निर्वाचनबारे जानकारी गराएको हो । कान्तिपथस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताए । आवश्यक तयारी पूरा भएको जानकारी गराए । उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अन्तर्राष्ट्रिय समुदायबाट पनि साथ र सहयोगको अपेक्षा गरिएको बताए । आयोगका उपसचिव कमल भट्टराईले निर्वाचनका लागि गरिएको सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयनका लागि गरिएको प्रबन्ध, निर्वाचन अनुगमन गर्ने संस्था एवं पर्यवेक्षहरूका बारेमा विस्तृत जानकारी गर...
कांग्रेसले बाराका चार र हुम्लाका एक नेतालाई गर्यो पाँच वर्षे कारबाही

कांग्रेसले बाराका चार र हुम्लाका एक नेतालाई गर्यो पाँच वर्षे कारबाही

राजनीति
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पाँच कृयाशील सदस्य तथा विभिन्न ओहोदामा रहेका कार्यकर्तालाई कारबाही गरेको छ । पार्टी केन्द्रीय सदस्य आनन्द ढुंगानाको नेतृत्वमा रहेको केन्द्रीय अनुशासन समितिले बाराका चार र हुम्लाको एक सदस्यलाई कारबाही गरेको हो ।  कारबाहीमा परेकाहरुमा मंगलबहादुर शाही महासमिति सदस्य, हुम्लाका साथै बाराबाट धर्मेन्द्रप्रसाद यादव क्रियाशील सदस्य  महिधवेशन प्रतिनिधि तथा जिल्ला सदस्य रवीन्द्रप्रसाद यादव (रोशन), महाधिवेशन प्रतिनिधि वीरेन्द्रप्रसाद यादव र बारा जिल्ला सदस्य रामएकवालप्रसाद यादव (शिल्पु) रहेका छन् ।  “आसन्न निर्वाचनमा आधिकारिक उमेदवार र पार्टीले समर्थन गरेको उमेदवारविरुद्ध उमेदवार भएका र त्यस्ता उमेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ वर्षका लागि देहायका व्यक्...
सर्वोच्चको आदेश : ललितपुर-३ मा तोसिमा कार्कीको उम्मेदवारी कायम

सर्वोच्चको आदेश : ललितपुर-३ मा तोसिमा कार्कीको उम्मेदवारी कायम

राजनीति
काठमाडौँ — ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो ।  नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै यसअघि न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगले अन्तरिम आदेश दिएको थियो । कार्कीको उम्मेदवारी कायम गर्ने गरी जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै (भ्याकेट) निर्वाचन आयोग सर्वोच्च अदालत गएको थियो । आयोगको उक्त निवेदनमाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्च अदा...
गठबन्धनले जितेपछि विकास र समृद्धिले गति लिन्छ : दाहाल

गठबन्धनले जितेपछि विकास र समृद्धिले गति लिन्छ : दाहाल

राजनीति
लमजुङ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले जितेपछि मुलुकमा विकास र समृद्धिले गति लिने बताएका छन् । मुलुकमा आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि जनतामा महसुस हुन नसकेको भन्दै दाहालले आगामी दिनमा सत्तारुढ गठबन्धनले समग्र ध्यान आर्थिक विकास र समृद्धिमा दिने बताएका हुन् ।  पाँचदलीय गठबन्धनद्वारा लमजुङको राइनसमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सोमबार दाहालले जनताले अनुभूति गर्ने गरी आर्थिक विकासका काममा लाग्ने बताएका हुन् । 'गठबन्धनले जितिसकेपछि विकास निर्माण र समृद्धिले गति लिनेछ । यो देशमा राजनीतिक परिवर्तन हुने तर आर्थिक परिवर्तन त्यसै अनुकूल नहुँदा विकास निर्माणले गति लिन सकेको छैन । जनताको घर आँगनमा उज्यालो आएजस्तो नलाग्ने भएको हुनाले राजनीतिक परिवर्तन पनि द...