२०८२ चैत्र १५

राजनीति

जनचाहनाअनुरूप काम गर्न केन्द्रित हुनेछु : सिंह

जनचाहनाअनुरूप काम गर्न केन्द्रित हुनेछु : सिंह

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले जनताको चाहनाअनुरूप काम गर्न आफू केन्द्रित हुने बताएका छन् । विकास, निर्माणको काममा राजनीतिकरण नगर्ने र जनताको चाहनाअनुसार आफूले काम गर्ने उनको भनाइ छ । शुक्रबार आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले जनताले विकास, निर्माणको काममा राजनीतिकरण गरेको मन नपराएको उल्लेख गरे । आफूले त्यसो नगर्ने उनले प्रतिबद्धता जनाए । उनले तीनवटै तहका सरकारलाई अधिकारसम्पन्न बनाएर जनताको सेवाको काममा सहजता ल्याउने गरी संघीय कानुन निर्माणमा जोड दिने योजना पनि सार्वजनिक गरे । सुशासन, समृद्धि, विकास, बेरोजगारी समस्या समाधान गरी मुलुकलाई भ्रष्टाचार मुक्त गराउनुपर्ने दायित्व पनि आफूहरूको रहेको नेता सिंहले बताए । उनले जनताको चाहनाअनुसार आफूले आफ्नो निर्वाचन क्षे...

कैलाली–२ मा नागरिक उन्मुक्तिका अरुण चौधरी निर्वाचित

कैलाली–२ मा नागरिक उन्मुक्तिका अरुण चौधरी निर्वाचित

राजनीति
काठमाडौं । कैलाली–२ बाट नागरिक उन्मुक्ति पार्टीका उमेदवार अरूणकुमार चौधरी निर्वाचित भएका छन् । नेकपा एमालेका झपटबहादुर रावललाई ५,७४३ मतान्तरले पराजित गर्दै चौधरी प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचित भएका हुन् ।  चौधरीले २१ हजार ७१ मत ल्याउँदा एमालेका रावलले १६ हजार १२ मत पाएका छन् ।
स्याङ्जा–१ बाट कांग्रेसका राजु थापा निर्वाचित

स्याङ्जा–१ बाट कांग्रेसका राजु थापा निर्वाचित

राजनीति
काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका जिल्ला सभापति राजु थापा निर्वाचित भएका छन् । उनी नेकपा (एमाले)का उमेदवार नारायणप्रसाद मरासिनीलाई तीन हजार २५५ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । थापाले ३१ हजार ९९९ मत ल्याए । मरासिनीले २८ हजार ७४४ मत पाए । थापा ०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । ...
झापामा एमाले तीन, कांग्रेस र राप्रपा एक/एक क्षेत्रमा विजयी

झापामा एमाले तीन, कांग्रेस र राप्रपा एक/एक क्षेत्रमा विजयी

राजनीति
झापा । पाँचवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीनवटा क्षेत्रमा नेकपा (एमाले)ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक/एक क्षेत्रमा निर्वाचित भएका छन् । एमाले क्षेत्र नम्बर–२, ४ र ५ मा विजयी भएको छ । क्षेत्र नम्बर–२ बाट एमालेका देवराज घिमिरे, क्षेत्र नम्बर–४ बाट लालबहादुर (एलपी) साँवा र क्षेत्र नम्बर–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली विजयी भए । एमाले प्रदेश इन्चार्ज घिमिरे यसअघि राष्ट्रियसभा सदस्य थिए । उनले योपटक स्वतन्त्र उमेदवार स्वागत नेपाललाई पछि पार्दै विजयी भएका हुन् । क्षेत्र नम्बर–४ बाट एलपी साँवा कांग्रेसका जिल्ला अध्यक्ष देउकुमार थेबेलाई पराजित गर्दै विजयी भए । एमाले अध्यक्ष ओली योपटकसहित ६ पटक निर्वाचित भइसकेका छन् । उनले ०४८ सालमा कांग्रेसका केशवकुमार बुढाथोकीलाई, ०५१ मा कांग्रेसकै पूर्णानन्द दाहाललाई, ०५६ मा ...
सुदूरपश्चिमबाट प्रतिनिधिसभामा माओवादी शून्य

सुदूरपश्चिमबाट प्रतिनिधिसभामा माओवादी शून्य

राजनीति
धनगढी । सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये नेकपा (माओवादी केन्द्र)ले चार स्थानमा प्रतिस्पर्धा गरेको थियो । सत्ता गठबन्धनभित्र भागबन्डा गर्दा माओवादी केन्द्रले चार क्षेत्र पाएको हो । ती चार क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । चारै क्षेत्रबाट माओवादी केन्द्रका उमेदवार पराजित भए । योसँगै सुदूरपश्चिमबाट प्रतिनिधिसभामा माओवादी शून्य भएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट माओवादी केन्द्रकी उमेदवार बीना मगर, कैलाली क्षेत्र नम्बर–२ बाट सोही पार्टीका भगत बढुवाल, कैलाली–३ बाट माओवादी केन्द्रकै कृष्णकुमार चौधरी र बैतडीबाट सोही पार्टीका नरेन्द्र कुँवर पराजित भएका हुन् । कञ्चनपुर–१ बाट नेकपा (एमाले)का उमेदवार तारा लामा तामाङ निर्वाचित भए । उनले २४ हजार ८९२ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी मगरले १९ हजार ३४६ मत प्रा...
६ मतले पराजित भएपछि पुनः मतगणनाको माग

६ मतले पराजित भएपछि पुनः मतगणनाको माग

राजनीति
पोखरा । प्रदेशसभातर्फ स्याङजामा जारी मतगणनामा कांग्रेसका उमेदवार बुद्धिबहादुर राना (कुमार) ६ मतले पराजित भएपछि कांग्रेसका नेता कार्यकर्ताले पुनः मतगणनाको माग राखेका छन् । स्याङजा १ (ख) मा राना र एमालेका सुधीर पौडेलबीच प्रतिस्पर्धा छ । अन्तिम मतपरिणाम घोषणा नभए पनि राना पौडेलभन्दा ६ मतले पछाडि परेका हुन् । रानाले १७ हजार ४३५ मत पाउँदा पौडेलले भने १७ हजार ४४१ मत प्राप्त गरेका हुन्। निर्वाचन आयोगले औपचारिक घोषणा भने गरिसकेको छैन ।  ...
नवलपरासी–१ मा कांग्रेसका विनोद चौधरी अगाडि

नवलपरासी–१ मा कांग्रेसका विनोद चौधरी अगाडि

राजनीति
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ मा मतगणना जारी छ । पछिल्लो विवरणअनुसार प्रतिनिधिसभातर्फ गठबन्धनबाट कांग्रेस उमेदवार विनोद चौधरीले आफ्नो अग्रतालाई कायम राखेका छन् । पछिल्लो तथ्यांकअनुसार चौधरीले २३ हजार ८६१ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदेश त्रिपाठीले १८ हजार २२१ मत प्राप्त गरेका छन् ।  ...
प्रतिनिधिसभा समानुपातिकतर्फ पहिलो स्थानमा एमाले, कुन दलले कति मत पाए ?

प्रतिनिधिसभा समानुपातिकतर्फ पहिलो स्थानमा एमाले, कुन दलले कति मत पाए ?

राजनीति
काठमाडौं । आइतबार सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षतर्फ निर्वाचन नतिजा आइरहँदा समानुपातिक तर्फको मतगणना पनि जारी छ ।  समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्मको मत परिणामअनुसार नेकपा (एमाले) पहिलो नम्बरमा छ । निर्वाचन आयोगले उपलव्ध गराएको जानकारी अनुसार बिहीबार मध्यान्न ३ बजेसम्म एमाले पहिलो नम्बरमा छ । एमालेले पाँच लाख ८५ हजार ८७७ मत प्राप्त गरेको छ ।  समानुपातिकतर्फ कांग्रेस दोस्रो नम्बरमा रहेको छ । कांग्रेसले पाँच लाख ५६ हजार ५६६ मत छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले दुई लाख ९४ हजार ४२८ मत पाएको छ । चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले दुई लाख ६७ हजार ६६५ मत प्राप्त गरेको छ ।  आयोगको तथ्यांकअनुसार पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । उसले एक लाख ६१ हजार १०५ मत प्राप्त ग...
सर्लाही–३ (क) मा स्वतन्त्र उमेदवार जवाहरलाल निर्वाचित

सर्लाही–३ (क) मा स्वतन्त्र उमेदवार जवाहरलाल निर्वाचित

राजनीति
जनकपुरधाम । सर्लाही क्षेत्र नं. ३ को (क) मा स्वतन्त्र उमेदवार जवाहरलाल कुशवाहा निर्वाचित भएका छन् । कुशवाहा १६ हजार ५९१ मत ल्याएर निर्वाचित भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गणेशप्रसाद प्रसाईं १५ हजार १६६ मत ल्याएका छन् । निर्वतमान प्रदेश सांसद एवं नेकपा एसका उमेदवार डिल्लीप्रसाद उप्रेतीले ५ हजार ३७२ मत प्राप्त गरे ।  ...
एमालेले जितेका वडामा अग्रता बढाउँदै भगवती चौधरी

एमालेले जितेका वडामा अग्रता बढाउँदै भगवती चौधरी

राजनीति
सुनसरी । सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमालेकी भगवती चौधरीले ३ हजार ४८० को मतान्तरले अग्रता लिएकी छन् । स्थानीय तहमा नेकपा एमालेले जितेका वडाको मतगणना हुँदा भगवती चौधरीको मतान्तर बढेको हो । हालसम्म २० हजार ८०७ मतगणना भइसकेको छ । भगवतीलाई पच्छयाइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार दोस्रो स्थानमा छन् । स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ४ हजार ५८२ मत ल्याएका छन् ।   नेपाली कांग्रेसका विजय कुमार गच्छदार तेस्रो स्थानमा छन् । विजय कुमार गच्छदारले ४ हजार ५६३ मत ल्याएका छन् ।  हालसम्म इटहरी उपमहानगरका ६, ७, ८, ९, १०, ११, १२ र १३ नम्बर वडाको गणना सम्पन्न भइसकेको छ । वडा नम्बर १४ को मतगणना जारी छ । गणना भएका वडाहरुमध्ये ६ र ८ नेपाली कांग्रेसले जितेका वडा हुन् । वडा नम्बर १४ स्वतन्त्रले जितेको वडा हो भने अन्य वडाहरु नेकपा एमालेले जितेको थियो ।  ...