२०८१ बैशाख ८

राजनीति

धनुषा–३ मा ३,६८८ मतान्तरले पछाडि परे अनिल झा

धनुषा–३ मा ३,६८८ मतान्तरले पछाडि परे अनिल झा

राजनीति
जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र–३ मा पाँचदलीय गठबन्धनका साझा उमेदवार एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झा तीन हजार ६८८ मतान्तरले पछाडि परेका छन् । यहाँ नेकपा (एमाले)की उमेदवार जुली महतोको कायमै छ । पछिल्लो परिणामानुसार महतोले १५ हजार ८५१ मत पाएकी छन् । दोस्रो स्थानमा रहेका झाले १२ हजार १६३ मत ल्याएका छन् । यस्तै, जनमत पार्टीका शम्भुनाथ साह पाँच हजार ६९७ मतसहित तेस्रो स्थानमा छन् । ...
कैलाली ४ मा रोकिएको मतगणना पुनः सुरु

कैलाली ४ मा रोकिएको मतगणना पुनः सुरु

राजनीति
धनगढी । कैलाली क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना पुनः सुचारु भएको छ ।  प्रतिनिधिसभाको मतगणनाका क्रममा एउटा मत अर्धकट्टीसहित भेटिएपछि रोकिएको मतगणना सुचारु भएको हो । अर्धकट्टीसहितको मत बाकसमा भेटिएपछि नेकपा (एमाले)ले मतगणनामा सहभागी नहुने जनाएपछि विवाद भएको थियो । अहिले सहमति भएपछि मतगणना सुचारु भइसकेको निर्वाचन अधिकृत ईन्द्रबहादुर कठायतले जानकारी दिएका छन् । ...
काठमाडौं–१ ‘क’मा कांग्रेसका दिपेन्द्र श्रेष्ठ निर्वाचित

काठमाडौं–१ ‘क’मा कांग्रेसका दिपेन्द्र श्रेष्ठ निर्वाचित

राजनीति
काठमाडौं । काठमाडौं–१ 'क' मा नेपाली कांग्रेसका दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । उनी नेकपा (एमाले)का नवीन शाहीलाई २,७९६ मतले पछि पार्दै निर्वाचित भएका हुन् । उनी यसअघि पनि यही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।  दिपेन्द्रले ६,३०० मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका शाहीले ३,५०४ मत पाएका छन् । राप्रपाका रामचन्द्र अमगाईंले २,२९७ मत ल्याए । ...

काठमाडौं–१ ‘ख’ मा कांग्रेसका सुरजचन्द्र लामिछाने निर्वाचित

काठमाडौं–१ ‘ख’ मा कांग्रेसका सुरजचन्द्र लामिछाने निर्वाचित

राजनीति
काठमाडौं । काठमाडौं–१ 'ख' मा नेपाली कांग्रेसका सुरजचन्द्र लामिछाने निर्वाचित भएका छन् । नेकपा (एमाले)का गणेशप्रसाद दुलाललाई १,७५७ मतले पछि पार्दै लामिछाने निर्वाचित भएका हुन् । उनी एमालेका दुलालसँग यसअघिको निर्वाचनमा पराजित भएका थिए । लामिछाने ४,५१० मतसहित निर्वाचित हुँदा एमालेका दुलालले २७५३ मत पाएका छन् । ...
जाजरकोट १ ‘ख’ मा ३ हजार ५१७ मतान्तरसहित कांग्रेसका राजीवविक्रमलाई अग्रता

जाजरकोट १ ‘ख’ मा ३ हजार ५१७ मतान्तरसहित कांग्रेसका राजीवविक्रमलाई अग्रता

राजनीति
काठमाडौं । जाजरकोट १ ‘ख’ मा नेपाली कांग्रेसका राजीवविक्रम शाहले ३ हजार ३१७ मतान्तरले अग्रता लिएका छन् ।  उनले ११ हजार ६४ मत पाउँदा नेकपा (एमाले)का खिमबहादुर शाहीले ७ हजार ५४७ मत पाएका छन् । राप्रपाका कृष्णबहादुर शाहीले १९३ मत पाएका छन् ।
रोल्पा प्रदेशसभा (ख) मा माओवादीका ‘बागी’ अगाडि, मुख्यमन्त्रीका दाबेदार पुन दोस्रो स्थानमा

रोल्पा प्रदेशसभा (ख) मा माओवादीका ‘बागी’ अगाडि, मुख्यमन्त्रीका दाबेदार पुन दोस्रो स्थानमा

राजनीति
फाइल तस्बिर : कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन । काठमाडौं । प्रतिनिधसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेकाे राेल्पाकाे प्रदेशसभा (क) मा गठबन्धनका उमेदवारले अग्रता लिइरहँदा (ख)मा माओवादी केन्द्रका बागी उमेदवारले अग्रता लिएका छन् ।  प्रदेशसभा (ख) मा गठबन्धनका उमेदवार अमरसिंह पुन भन्दा बागी उमेदवार दिपेन्द्रकुमार पुन सिजलले अग्रता लिइरहेका छन् । सिजलले ८१९ मतले अग्रता लिएका छन् ।  कुल ११ हजार ९२१ मतगणना हुँदा सिजलले ४ हजार ६२३ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी अमरसिंहले ३ हजार ८०४ मत ल्याएका छन् । कांग्रेस प्रदेश सभापति अमरसिंहलाई लुम्बिनी प्रदेशकाे भावी मुख्यमन्त्रीकाे दाबेदारकाे रूपमा हेरिएकाे थियाे ।  यस्तै,एमालेका प्रेम घर्तिमगरले २ हजार ५८८ मत ल्याएका छन् । प्रदेशसभा (क)मा गठबन्धनका उमेदवार जोख बहादुर महाराले ३ हजार १९० ...
रुपन्देही २ : १५ हजार मत गन्दा १७५ मतान्तरले अघि लागे विष्णु पौडेल

रुपन्देही २ : १५ हजार मत गन्दा १७५ मतान्तरले अघि लागे विष्णु पौडेल

राजनीति
बुटवल । रुपन्देही २ मा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले अग्रता लिएका छन् । सुरुआतदेखि नै दोस्रो स्थानमा रहेका पौडेलले १५ हजार मतगणना हुदा १७५ मतले अग्रता कायम गरेका हुन् । १५ हजार ६२४ मतगणना हुँदा पौडेलले ५ हजार ३११ मत ल्याएका छन् । उनलाई  राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ५ हजार १३६ मतसहित पछ्याइरहेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाले ३ हजार ९६० मत ल्याएका छन् । यहाँ ८१ हजार २०२ मत खसेकोे थियो ।  ...

सहमहामन्त्री आङ्देम्बे ३९२ मतले अगाडि, पछ्याउँदै नेम्वाङ

सहमहामन्त्री आङ्देम्बे ३९२ मतले अगाडि, पछ्याउँदै नेम्वाङ

राजनीति
काठमाडौं । प्रतिनिधिसभामा एकमात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा १० हजार ७३ मतगणना भएको छ ।  प्राप्त नतिजाअनुसार त्यहाँ ३९२ मतले कांग्रेस अघि रहेको छ ।  नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले ४ हजार ४५६ मत प्राप्त गर्दा नेकपा (एमाले) नेता वसन्तकुमार नेम्वाङले ४ हजार ६४ मत प्राप्त गरेका छन् । ...
समानुपातिकको एक नम्बर छोडेर मैदानमा गएकी डिना भन्छिन्– विगतको हारलाई जितमा बदल्दै छु

समानुपातिकको एक नम्बर छोडेर मैदानमा गएकी डिना भन्छिन्– विगतको हारलाई जितमा बदल्दै छु

राजनीति
काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ मकवानपुर–१ बाट प्रत्यक्ष निर्वाच लडेकी छन् । महिलामध्येकै सबैभन्दा ‘सिनियर’ पदाधिकारी डिनालाई सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फ एक नम्बर बसेर काम गर्न आग्रह गरेका थिए । तर, सभापतिको प्रस्ताव अस्वीकार गर्दै डिना टिकट लिएर मकवानपुर–१ गएकी हुन् ।  चुनावी प्रचारको अन्तिम चरणमा रहेकी उनी यसपटक राम्रो मतसहित चुनाव जित्ने अवस्था रहेको दाबी गर्छिन् । जननिर्वाचित प्रतिनिधि भएर काम गर्ने हुटहुटीले उनलाई प्रत्यक्ष चुनावमा पुर्याएको हो ।  “मैले संविधानसभामा समानुपातिकतर्फबाट प्रतितिनिधित्व गरेँ । त्यसपछि ०७४मा म प्रत्यक्ष चुनाव लडेकी हुँ,” डिनाले भनिन्, “त्यसवेला बाम गठबन्धनका कारण मैले चुनाव हारेँ । यसबीचमा म मकवानपुरबासीहरुसँगै सुखदुःख साटेर बसेकी छु । यसपटक मलाई उहाँहरुले आफ्नो प्रतिनिधि बनाएर प...

प्रत्यक्षतर्फको मतगणना ७ गतेभित्र सक्ने योजना छ : प्रमुख आयुक्त थपलिया

प्रत्यक्षतर्फको मतगणना ७ गतेभित्र सक्ने योजना छ : प्रमुख आयुक्त थपलिया

राजनीति
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानको तीन दिनभित्र प्रत्यक्षतर्फको मतगणना सक्ने योजना रहेको बताएका छन् ।  बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ हुने बताए । निर्वाचन अधिकृतलाई त्यसबारे कार्ययोजना पठाउने उनले बताए ।  प्रत्यक्षतर्फको मतगाणना सकिएको ५ दिनपछि समानुपातिक मत गणना सक्ने योजना रहेकोसमेत उनले बताए ।  “४ गते बेलुका सबैतिर मतदान भइसक्छ । कहीँ दोहोर्याउनुपर्दैन भन्ने विश्वास छ । ५, ६, ७ गतेको बेलुकासम्ममा ‘फस्ट पास्ट दी पोस्ट’ प्रत्यक्षको सबै र त्यसपछिको ५ दिनभित्र समानुपातिकतर्फको सबै मतगाणना सक्ने योजना बनाएका छौँ,” उनले भने, “हामी मंसिर २२ गते सम्पूर्ण रिर्पोट बोकेर  प्रतिवेदन बु्झाउन राष्ट्रपतिज्यू समक्ष जाने तयारीका साथ लागिरहेका छौँ । ...