


पोखरा । प्रदेशसभातर्फ स्याङजामा जारी मतगणनामा कांग्रेसका उमेदवार बुद्धिबहादुर राना (कुमार) ६ मतले पराजित भएपछि कांग्रेसका नेता कार्यकर्ताले पुनः मतगणनाको माग राखेका छन् ।
Advertisement


स्याङजा १ (ख) मा राना र एमालेका सुधीर पौडेलबीच प्रतिस्पर्धा छ । अन्तिम मतपरिणाम घोषणा नभए पनि राना पौडेलभन्दा ६ मतले पछाडि परेका हुन् ।

रानाले १७ हजार ४३५ मत पाउँदा पौडेलले भने १७ हजार ४४१ मत प्राप्त गरेका हुन्। निर्वाचन आयोगले औपचारिक घोषणा भने गरिसकेको छैन ।






