२०८१ बैशाख ३०

समानुपातिकमा एमालेले कटायो २० लाख मत, आठ लाख ७५ हजार मतसहित माओवादी तेस्रो


काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले २० लाख बढी मत प्राप्त गरेको छ । अपराह्न ४ः१० सम्ममा एमालेले २० लाख ३८ हजार ९५७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।



Advertisement




 
दोस्रोमा रहेको नेपाली कांग्रेसले १९ लाख ६९ हजार २६७ मत प्राप्त गरेको  छ । यी दुई दलले प्राप्त गरेको समानुपातिकतर्फको मतको अन्तर ६९ हजार ६९० छ ।
 
तेस्रोमा नेकपा (माओवादी केन्द्र) छ । माओवादीले आठ लाख ७५ हजार ८५१ मत पाएको छ । उसलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी आठ लाख ४५ हजार ६३१ मतसहित चौथो स्थानमा छ ।




 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चार लाख ५९ हजार २१२ मत, जनता समाजावादी पार्टी नेपालले दुई लाख ४१ हजार ७५५ मत प्राप्त गरेको  छ । 

नेकपा (एकीकृत समाजवादी) ले एक लाख ८८ हजार ११, नागरिक उन्मुक्ति पार्टीले १ लाख ७५ हजार ५०३, जनमत पार्टीले एक लाख ७० हजार २१३ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख १ हजार ७७९ मत प्राप्त गरेको  छ । अन्य दलहरुले भने ६५ हजारभन्दा कम मत पाएका छन् ।

Copy link
Powered by Social Snap