२०८२ चैत्र १५

राजनीति

प्रचण्ड लिएर माधव नेपाललाई भेट्न पुगे देउवा

प्रचण्ड लिएर माधव नेपाललाई भेट्न पुगे देउवा

राजनीति
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न अस्पताल पुगेका छन् । बुधबार उनी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिएर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल गएका हुन् । स्वास्थ्यमा समस्या भएपछि अध्यक्ष नेपाल सो अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । रुघाखोकीसँगै छातीमा संक्रमण देखिएपछि उनी अस्पतालमा भर्ना भएका हुन् । अहिले अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जनाएको छ । देउवा संसदीय दलको नेता निर्वाचित भएसँगै नेपाललाई भेट्न प्रचण्डसहित अस्पताल पुगेका उनको सचिवालयले जनाएको छ । ...
जबराले लिए सांसदको शपथ

जबराले लिए सांसदको शपथ

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित सांसद पशुपतिशमशेर जबराले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राणालाई शपथ गराएकी हुन् । राणाले बिहीबार प्रतिनिधिसभाका अरू नवनिर्वाचित सांसदलाई शपथ गराउने कार्यक्रम तय छ । ...
अस्पताल भर्ना भएका माधव नेपालको अवस्था कस्तो छ ?

अस्पताल भर्ना भएका माधव नेपालको अवस्था कस्तो छ ?

राजनीति
काठमाडौं । छातीमा संक्रमण देखिएपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।  रुघाखोकी, ज्वरो र छातीमा सामान्य संक्रमण देखिएपछि उनी मंगलबार दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् । उनलाई छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोलीले निगरानी गरिरहेका अस्पतालले जनाएको छ । नेपालको स्वास्थ्य अवस्था अहिले सामान्य छ । संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै अहिलेलाई अस्पतालमा सबैखाले भेटघाट बन्द गरिएको छ ।  ...
एमाले सरकारमा जाने पक्षमा छैन : ओली

एमाले सरकारमा जाने पक्षमा छैन : ओली

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा जाने पक्षमा नरहेको बताएका छन् । एमालेले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले सत्तामा रहेपनि, प्रतिपक्षमा रहेपनि राष्ट्र र जनताको हितमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्ने बताए ।  सत्तारूढ गठबन्धनले सरकार गठनका लागि अनुचित, अपवित्र र फोहोरी उद्देश्य र अभ्यास गरिरहेको भन्दै उनले एमाले त्यसविरुद्धमा रहेको बताए । “एमालेबाहेक अन्य दलसँग सरकार बनाएर के गर्ने भन्ने कुनै गन्तव्य नै छैन,” ओलीले भने, “देश र जनताका लागि भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्नका लागि सत्तारूढ दलहरू सरकार बनाउने खेलमा लागि परेकाले त्यसमा आफ्नो पार्टी सामेल हुन नचाहेको हो ।”  ...
राजनीति आयुले होइन, आवश्यक्ताको सिद्धान्तले चल्छ : प्रवक्ता महत

राजनीति आयुले होइन, आवश्यक्ताको सिद्धान्तले चल्छ : प्रवक्ता महत

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति आवश्यक्ताको सिद्धान्तले चल्ने बताएका छन् ।  मंगलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका उनले राजनीति आयुको सिद्धान्तबाट नभएर आवश्यक्ताको सिद्धान्तले चल्ने भएकाले अहिलेको आवश्यक्ता शेरबहादुर देउवा संसदीय दलको नेतामा चयन हुनु रहेको बताए ।  महतले कुनै पनि दलले बहुमत नल्याएको अवस्थामा परिपक्व नेतृत्वको आवश्यक्ता रहेको बताए । उनले देशले खोजेको नेतृत्व कांग्रेसले प्रस्तुत गर्ने भन्दै अहिले देशले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै चाहेको बताए । उनले अन्य दलहरुसँग मिलेर सरकार बनाउनुपर्ने आवश्यक्ता भएकाले त्यो गुण, कला र अनुभव देउवासँग मात्रै रहेको बताए । “परिपक्व नेतृत्वको आवश्यक्ता छ । देशले खोजेको नेतृत्व हामीले प्रस्तुत गर्ने हो,” उनले भने, “कांग्रेसको मात्रै बहुमत छै...
स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्किए वर्षमान

स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्किए वर्षमान

राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन् ।  स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि पुन तीन सातापछि नेपाल फर्किएका हुन् । उनी चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । उनलाई माओवादी नेताहरु शालिकराम जमकट्टेल, विमला सुवेदी, युवराज दुलाल, सरल सहयात्री पौडेल, डिपी ढकाल, दुर्गा चापागाईं, अमनलाल मोदी, रन्जित तामाङ र सरल भाटलगायत विमानस्थल पुगेका थिए ।  वंशाणुगत जण्डिशबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए । उनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको थियो ।  ...
ओलीलाई ‘मेन अफ दी इलेक्सन’ सम्मान

ओलीलाई ‘मेन अफ दी इलेक्सन’ सम्मान

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई ‘मेन अफ दी इलेक्सन’का रूपमा सम्मान गरिएको छ । मंगलबार काठमाडौंमा एमालेका तर्फबाट विजयलाल श्रेष्ठले सांसदहरूलाई बधाई दिने कार्यक्रममा ओलीलाई सम्मान गरेका हुन् । यस्तै, गएको निर्वाचनमा पार्टीलाई अर्घाखाँची, पर्वत र धनकुटा गरी तीन जिल्लामा ‘क्लिन स्वीप’ गराएको भन्दै ओलीले पार्टीका ती जिल्ला अध्यक्षहरूलाई सम्मान गरे । सोलुखुम्बुमा बहुदलपछि पहिलोपटक एमालेले जितेकामा पनि ओलीले सम्मान गरेका छन् । ...
शेखर–गगन लेनदेन : दलको नेता छाडेका कोइरालालाई सभापतिमा समर्थन

शेखर–गगन लेनदेन : दलको नेता छाडेका कोइरालालाई सभापतिमा समर्थन

राजनीति
५ पुस, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताद्वय शेखर कोइराला र गगन थापाबीच संसदीय दलको नेता र सभापतिको उम्मेदवारीमा ‘लेनदेन’ भएको छ । दुवै संसदीय दलको उम्मेदवारको आकांक्षी थिए । दुवैले चुनाव लड्दा १४औं महाधिवेशनबाट बनेको यो समूह नै विघटन हुने भएपछि नेताहरुले सहमति खोजेका छन् । १५औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न महामन्त्री गगन थापा सहमत भएपछि डा. शेखरले संसदीय दलको दाबी छाडेका छन् । होटल बसेरामा बसेको बैठकमा नेता शेखरले संसदीय दलको नेताको उम्मेदवारमा गगनलाई प्रस्ताव गरेका छन् । पुस्तान्तरणसहित रुपान्तरणको पक्षमा रहेकाले आफूले गगनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेको उनले बताए । उपसभापति धनराज गुरुङ लगायतका नेताहरुले समर्थन गरेका छन् । महामन्त्री गगन थापाले पनि १५औं महाधिवेशनको सभापतिमा यो समूहले शेखरलाई नै अघि सार्ने बताएका छन् । ‘१५औंमा शेखर...
जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत चयन

जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत चयन

राजनीति
४ पुस, जनकपुरधाम । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् । आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मत दलको नेतामा राउतलाई चयन गरेको हो । जनमतका नेता बीपी साहका अनुसार दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज सोमबार पुनः १० बजे बैठक बोलाइएको छ । राउत सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पराजित गर्दै जितेका हुन् । जनमतका ६ सांसद छन्। राउत प्रत्यक्ष र अरु पाँच जना समानुपाति प्रणालीबाट चयन भएका हुन् । ...
ओलीले रविलाई सोधे–सरकारमा जानेबारे के सोच्नु भएको छ ?

ओलीले रविलाई सोधे–सरकारमा जानेबारे के सोच्नु भएको छ ?

राजनीति
३ पुस, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटघाट भएको छ । शुक्रबार ओली निवास बालकोटमा गएर लामिछनेले  भेट गरेका हुन् । भेटमा एमाले अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई सरकारमा जाने या नजानेबारे जिज्ञासा राखेका थिए । भेटलाई पुष्टि गर्दै रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले भने, ‘समसामयिक विषयमा कुरा भए । एक अर्कालाई बुझ्ने कोशिस भयो ।’ सरकार गठनबारे कुरा उठ्दा ओलीले रविलाई सोधेका थिए, ‘सरकारमा जाने, नजानेबारे के सोच्नुभएको छ ?’ लामिछानेले भने आफूहरुलाई एकल सरकार बनाउने मत प्राप्त नभएकाले आफूले त्यसबारे धेरै नसोचेको बताएका थिए । यद्यपि जसले आफ्ना मुद्दा सम्बोधन गर्छ उसलाई साथ हुनसक्ने संकेत लामिछानेले गरेका थिए ...