२०८२ पुष १०

राजनीति

रेशमकी श्रीमती रञ्जिता भन्छिन्- सरकारले अध्यादेश ल्याउनु सकारात्मक

रेशमकी श्रीमती रञ्जिता भन्छिन्- सरकारले अध्यादेश ल्याउनु सकारात्मक

राजनीति
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राजनीतिक बन्दी रिहाइका लागि अध्यादेश ल्याउनु सकारात्मक भएको प्रतिक्रिया दिएकी छन् ।  सोमबार डिल्लीबजार कारागार बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले अध्यादेश ल्याउनु आफूहरुका लागि सकारात्मक कुरा भएको र राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण हुने विश्वाससमेत व्यक्त गरिन् ।  उनले अध्यादेश प्रमाणीकरण भएपछि आवश्यक कार्यविधि बनेर रेशम चौधरी रिहाइ हुने दाबी गरिन् । सरकारले ल्याएको अध्यादेशमा विरोध गर्नुपर्ने कारण नरहेको उनले बताइन् । रेशम चौधरी सोमबार नै छुट्ने भन्दै नागरिक उन्मुक्तिका कार्यकर्ता डिल्लीबजार कारागार पुगेका थिए । त्यसपछि श्रेष्ठले अध्यादेशको प्रक्रियामा केही दिन लाग्ने बताएपछि उनीहरु फर्किएका थिए ।  टीकापुर घटनामा दोषी ठहर भएर रेशम चौधरी जेल सजाय भोगिरहेका छन् ।  ...
सरकारले ल्याउन खोजेको अध्यादेशमा राप्रपा नेपालको आपत्ति

सरकारले ल्याउन खोजेको अध्यादेशमा राप्रपा नेपालको आपत्ति

राजनीति
काठमाडौं । सरकारले मुलुकी अपराध संहिता संशोधन गरेर ल्याउन लागेको अध्यादेशको राप्रपा नेपालले विरोध गरेको छ ।  प्रवक्ता बसन्तमान सिंह अधिकारीद्वारा जारी विज्ञप्तिमा “सत्ता स्वार्थका निम्ति नयाँ संसद्को बैठक बस्ने पूर्वसन्ध्यामा गम्भीर अपराधिक घटनाका अभियुक्तहरुलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याउन खोजेको अध्यादेश घोर आपत्तिजनक छ,” भनिएको छ ।  लोकतन्त्रको खिल्ली उडाउने यस्ता कार्य तत्काल रोक्न पनि राप्रपा नेपालले सरकारसँग माग गरेको छ । ...
देउवा सरकारको अध्यादेशलाई सांसद खरिदसँग तुलना

देउवा सरकारको अध्यादेशलाई सांसद खरिदसँग तुलना

राजनीति
काठमाडौं । सरकारले मुलुकी अपराध संहिता संशोधन गरेर अध्यादेश ल्याउन लागेको विषयमा चौतर्फी आलोचना भएको छ । नेकपा (एमाले) नेता डा. भीम रावलले सरकारको तयारीलाई नयाँ सरकार बनाउन सांसद खरिदसँग तुलना गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले सरकार बनाउने निहित स्वार्थमा लागेर अध्यादेश ल्याउन लागिएको उल्लेख गरेका छन् । "विगतमा प्रम पदकै लागि सांसदलाई सुरा-सुन्दरी र बैंकक भ्रमणको आहालमा डुबाएको र जम्बो मन्त्रीमण्डल बनाएको भनी शेरबहादुर देउवाको व्यापक विरोध भएको बिर्से झैं गरी चुनाव पछि अर्को सरकार बन्नुपर्ने बेला निहित स्वार्थमा अध्यादेश ल्याउन खोज्नु गठबन्धन सरकारको देश र जनता प्रतिको धोका हो," रावलले लेखेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसहितका राजनीतिक...
गगन थापा भन्छन्– सरकारले गरेको निर्णयको भारी पार्टीले बोक्दैन, अध्यादेश फिर्ता लिनुपर्छ

गगन थापा भन्छन्– सरकारले गरेको निर्णयको भारी पार्टीले बोक्दैन, अध्यादेश फिर्ता लिनुपर्छ

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अध्यादेश तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । सरकारले गरेको निर्णयको भारी पार्टीले बोक्न नसक्ने बताउँदै उनले भनेका छन्, “अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ । यो असंवैधानिक र अलोकतान्त्रिक र संसदीय व्यवस्थाको विपरीत छ ।” सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् । यस्तो छ थापाले लेखेको धारणा– सरकारको अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाका बारेमा महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको धारणा शत प्रतिशत सही छ। यो मेरो वा विश्वप्रकाश शर्माको मात्र होइन नेपाली कांग्रेस पार्टीकै धारणा हो, मान्यता हो। किनकी विगतमा पटक पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको छ।अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ। त्यसैले ...
प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

राजनीति
काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको देखिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा एक करोड १० लाख ४७ हजार ३४ अर्थात् ६१ दशमलव ४१ प्रतिशत मतदान भएकामा पाँच दशमलव शून्य ६ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।  निर्वाचन आयोगको सूचना प्रविधि महाशाखाका अनुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख २६ हजार २२६ अर्थात् ६१ दशमलव ३५ प्रतिशत मतदान भएकोमा पाँच दशमलव शून्य नौ प्रतिशत मत बदर भएको छ ।  प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एक करोड १० लाख ३४ हजार पाँच सय अर्थात् ६१ दशमलव ३६ प्रतिशत मतदान भएकोमा चार दशमलव शून्य सात प्रतिशत...
देउवालाई आफ्नै महामन्त्रीको चुनौती : संक्रमण कालमा अध्यादेश ल्याउनु गलत

देउवालाई आफ्नै महामन्त्रीको चुनौती : संक्रमण कालमा अध्यादेश ल्याउनु गलत

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै पार्टीका महामन्त्रीले चुनौती दिएका छन् । नयाँ सरकार गठनको बाटो सहज बनाउन जुनसुकै तहमा भएका मुद्दा पनि सरकारले फिर्ता लिन सक्नेगरी जारी गरेको अध्यादेशमा महामन्त्री विश्वप्रकाश शर्माले असहमति जनाएका हुन् । उनले संक्रमणकालमा अध्यादेश ल्याउनुले कानुनी र राजनीतिक रुपमा मात्र होइन नैतिक रुपमा पनि प्रश्न उठेको बताएका छन् ।  “सरकारमा छँदा जे सत्य, संसदमा पनि त्यहीनै सत्य ! त्यसैले सार्वजनिक दर्ज होस् असहमति,” शर्माले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई माफि दिएर सरकार बनाउने गरी देउवाले जारी गरेको अध्यादेशमा विमति राख्दै भनेका छन्, “संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रुपले गलत !”  उनले यो कानुनी र राजनीतिक मात्र नभएर नैतिक प्रश्न...
कुन्ती पोखरेलको नेतृत्त्वमा नगरपालिकामा तालाबन्दी

कुन्ती पोखरेलको नेतृत्त्वमा नगरपालिकामा तालाबन्दी

राजनीति
काठमाडौं । राप्रपा नेतृ कुन्ती कुमारी पोखरेलको नेतृत्त्वमा कागेश्वरी मनोहरा नगरपालिकामा तालाबन्दी गरिएको छ । नगरपालिका कार्यालय अघिल्तिरको सडक पनि वर्षौँदेखि नबनेको र दबाब पनि दिन नसकेको भन्दै थलीस्थित कार्यालयमा तालाबन्दी गरिएको हो । मेयर उपेन्द्र कार्की र वडाध्यक्ष शंकर पाण्डेको विरोधमा तालाबन्दी गरिएको हो । पोखरेलले वर्षौँदेखिको समस्या समाधान गर्न नगरपालिकाले पहल नगरेको भन्दै तालाबन्दीमा उत्रिनुपरेको बताएकी छन् । उनले नगरपालिकाले सडक विभागलाई दबाब पनि दिन नसकेको हुँदा स्थानीय विरोधमा उत्रिएको बताएकी छन् । स्थानीयले उक्त सडक निर्माणको माग गर्दै केहीदिनदेखि  बन्दसमेत गराएका छन् ।“कति संरक्षण गर्छौ भ्रष्टहरुलाई ?,” उनको प्रश्न छ, “काम नगर्ने ठेकेदारसँग गरिएको सम्झौता किन रद्ध गर्न सकिएन ? मेयर र वडाध्यक्ष भनेको स्थानीयको समस्या समाधानका लागि यह...
जहिले देउवाको इमान्दार सहयोगी भएँ, अहिले सांसद नपाएर ‘उपहार’ पाएँ

जहिले देउवाको इमान्दार सहयोगी भएँ, अहिले सांसद नपाएर ‘उपहार’ पाएँ

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीमा नेपाली कांग्रेसका शीर्ष नेताहरूमध्येका एक गोपालमान श्रेष्ठको नाम एक नम्बरमा  थियो । तर, उनी सांसदका लागि सिफारिस भएनन् । श्रेष्ठले सभापति शेरबहादुर देउवासँगै राजनीति थालेका थिए । उनले देउवाका विश्वासपात्र बनेर पनि काम गरे । तर, अहिले श्रेष्ठले उनै देउवाबाट 'हेपिएको अनुभूति' गरेका छन् । शनिबार पार्टीको केन्द्रीय समिति बैठकबाट समानुपातिकतर्फ पार्टीबाट निर्वाचित हुनेको सूची निर्वाचन आयोगलाई सिफारिस गर्दा श्रेष्ठको नाम काटिएको छ ।  समानुपातिक सूचीमा भएकामध्ये सबैभन्दा वरिष्ठ भएर पनि आफू सिफारिस नभएपछि उनले ‘देउवालाई गरेको सहयोगबात पुरस्कार पाएको’ प्रतिक्रिया दिएका छन् । “म २०२० सालमा काठमाडौं आएर देउवासँगै राजनीति सुरु गरेको हुँ । अहिले सिफारिस गरिएकोहरूमध्ये...
समानुपातिक सांसद सूचीमा एकनाथ ढकालको नाम परेपछि एमालेमा असन्तुष्टि

समानुपातिक सांसद सूचीमा एकनाथ ढकालको नाम परेपछि एमालेमा असन्तुष्टि

राजनीति
काठमाडौं । नेकपा (एमाले)ले शनिबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको सूचीमा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको नाम छ । अर्का पार्टीका अध्यक्ष तथा विवादास्पद छविका ढकाललाई सांसद बनाएपछि एमालेमा असन्तुष्टि देखिएको छ ।  एमालेका नेता भीम रावलले आफ्नो पार्टीबाट हस्ताक्षर गरी चुनामा उमेदवार बनाएका अर्का पार्टीका अध्यक्षलाई चुनावमा उठाइएको भन्दै राजनीतिमा नैतिकताको खडेरी भएको बताएका छन् ।  “अमेरिकामा कर छलीको आरोपमा दुई वर्ष र जासुसीको आरोपमा तीन वर्ष काराबासको सजाय भोगेका सन मुङ मुनद्वारा स्थापित विवादास्पद युनिफिकेसन चर्चसँग आबद्ध अध्यक्ष एकनाथ ढकाललाई नेकपा (एमाले) ले समानुपातिकबाट प्रतिनिधिसभाको सदस्य बनाएको छ,” उनले आइतबार ट्विट गर्दै भनेका छन्, “परिवार दलले ढकालको हस्ताक्षरबाट चुनावमा उमेदवार पनि उठाएको छ । एकसाथ एउटा दलको अध्यक्ष र अर्का दलको समानु...

समानुपातिक सांसद सूची : कुन दलले के सच्याउनुपर्ने ?

समानुपातिक सांसद सूची : कुन दलले के सच्याउनुपर्ने ?

राजनीति
काठमाडौं । निर्वाचन आयोगले दलहरूले बुझाएको समानुपातिक सांसदको सूचीमा त्रुटि भेटिएको भन्दै सच्याएर पठाउन पत्र काट्दै छ । आयोगले सोमबार अपराह्न ४ बजेसम्मको समय दिएर त्रुटि सच्याउन भन्दै पत्र पठाउन लागेको हो । यो पत्र आजै पठाइने तयारी छ । दलहरूले शनिबार अबेर रातिसम्म समानुपातिकतर्फका सांसदको सूची बुझाएका थिए । दलहरूले बुझाएको सूचीमा प्रतिनिधिसभातर्फ त्रुटि नभेटिएको आयोगका सहायक प्रवक्ता समेत रहेका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । उनका अनुसार प्रदेशसभातर्फ भने दलहरूले सूची सच्याउनुपर्नेछ । गण्डकी र कर्णालीबाहेक अरू प्रदेशमा दलहरूले बुझाएको सूचीमा त्रुटि भेटिएको उनले बताए । एमालेले सच्याउनुपर्ने आयोगले नेकपा (एमाले)ले पठाएको सूचीमा तीनवटा त्रुटि रहेको निष्कर्ष निकालेको छ । एमालेको प्रदेश नम्बर–१ तर्फ अल्पसंख्यकमा त्रुटि रहेको ठहर गरेको छ । ...