२०८१ बैशाख २३

स्वास्थ्य सेवा–राष्ट्रिय अभियानमा सरकारको साथ रहन्छ : देउवा




काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा–राष्ट्रिय अभियानमा सरकारको साथ रहेको बताएका छन् ।


Advertisement


पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८औँ जन्मोत्सवको अवसरमा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आज ललितपुरको बाडेगाउँमा आयोजना गरेको अभियानको उद्घाटन गर्दै उनले सरल र निस्वार्थी नेता भट्टराईको नाममा सुरु भएको अभियानमा सरकारको सधैँ नै साथ र सहयोग रहने बताए ।



गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले अभियान गोदावरी नगरपालिकाबाट सुरु गर्न पाएकामा खुसी व्यक्त गरे । उनले अभियान एक पवित्र र सन्तनेता भट्टराईको आश्रमबाट सुरु भएर प्रविधिका माध्यमबाट मुलुकभर पुग्ने बताए ।

प्रतिष्ठानका अध्यक्ष पीएल सिंहले ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए ।

Copy link
Powered by Social Snap