२०८१ बैशाख २४

कांग्रेस वाग्मती प्रदेश संसदीय दलको निर्वाचन पुस १३ गते हुने





काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेताको निर्वाचन पुस १३ गते हुने भएको छ । प्रदेश कार्य समितिले गठन गरेको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।


Advertisement


कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन पुस १२ गते दिउँसो १ बजे गरिने छ । नामावलीउपर दाबी विरोध सोही दिन २ बजे देखि ३ बजेसम्म हुनेछ । दाबी विरोधउपर जाँचबुझ गरी अन्तिम नामावली सोही दिन अपराह्न ४ बजे प्रकाशित गरिने समितिका संयोजक चन्द्र महर्जनले जानकारी दिएका छन् ।



उनका अनुसार पुस १३ गते बिहान ८ बजेदेखि १० बजेसम्म उमेदवारहरूको मनोनयन दर्ताको समय तोकिएको छ। उमेदवारको मनोनयनउपर उजुरी गर्न सोही दिन ११ बजेदेखि ११ः३० सम्मको समय तोकिएको छ । दाबी विरोधउपर जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन मध्याह्न १२ बजे गरिने छ ।

सोही दिन मध्याह्न १२ः३० देखि १ः३० सम्मको समय उमेदवारले नाम फिर्ता लिन चाहेमा लिनसक्ने व्यवस्था गरिएको छ । उमेदवारको अन्तिम नामावली प्रकाश दिउँसो १ः४५ बजे गरिनेछ ।

निर्वाचन कांग्रेस वाग्मती प्रदेश संसदीय दलको कार्यालयमा हुनेछ ।

Copy link
Powered by Social Snap