२०८१ जेष्ठ ५

गठबन्धनका शीर्ष नेताको बैठक जारी





काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एक नेताले जानकारी दिए ।


Advertisement


बैठकमा सरकार गठनलगायत महत्त्वपूर्ण पदहरूमा भागबन्डाका विषयमा छलफल हुने ती नेताले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न दिएको समयसीमा भोलि सकिँदै छ ।



गठबन्धनभित्र नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का नेताले नयाँ सरकारको नेतृत्व आफैँले पाउनुपर्ने दाबी गरिरहेका छन् । कांग्रेस नेतृत्व विभिन्न विकल्पमा छलफल गर्न समेत लचिलो बनेको बताइएको छ ।

Copy link
Powered by Social Snap