२०८१ कार्तिक १६

सांसदको शपथ खाएपछि सुन्दरीजल पुगे विश्वप्रकाश शर्मा




काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा झापा १ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्मा सुन्दरीजल पुगेका छन् । 


Advertisement


बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेसँगै उनी बीपी संग्रहालय सुन्दरीजल पुगेका हुन् । उनले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै सुन्दरीजल पुगेको पुष्टि गरेका छन् ।

शर्मा महत्वपूर्ण घटनाक्रमपश्चात् सुन्दरीजल पुग्ने गर्दछन् । उनले पार्टीको १४ औँ महाधिवेशन अघि पार्टी महामन्त्रीमा उमेदवारी घोषणा गर्न पनि सुन्दरीजल नै पुगेका थिए । 



यस्तै, महामन्त्री जितेपश्चात् पनि उनी त्यहाँ पुगेका थिए । उनका समर्थकहरूले उनलाई सानो बीपीको उपमा दिने गर्दछन् ।

उनका साथमा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार तथा सांसद सन्तोष चालिसे पनि सँगै पुगेका थिए ।

Copy link
Powered by Social Snap