२०८१ जेष्ठ ३

सूर्य थापा भन्छन्– कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ




काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्य थापाले कांग्रेस र एमाले मिलेर सरकार बनाए उपयुक्त हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहण गरेपछि सञ्चारकर्मीसँगको कुराकानीनमा थापाले मुलुकको राजनीतिक स्थायित्व र दिर्घकालीन हितका लागि पनि दुई ठूला दल मिलेर सरकार बनाउन उपयुक्त हुने बताए ।


Advertisement


अहिले नै कसको नेतृत्वमा सरकार बन्छ भनेर भन्न सकिने अवस्था नरहेको उनले बताए ।

“अब ठूला शक्ति भएकाले नेपाली कांग्रेस र एमाले मिलेर अगाडि जाँदा अलि दिर्घकालीन स्थायित्वका निम्ति पनि हितकर हुन्छ भन्ने मेरो अडान रहँदै आएको छ,” उनले भने । 



सांसद थापाले मुलुकको दिर्घकालीन हित केन्द्रित भएर राजनीतिक दलहरू अघि बढनुपर्ने बताए ।

थापा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गर्दै प्युठानबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

Copy link
Powered by Social Snap