२०८२ पुष १०

राजनीति

<strong>ओलीलाई ‘मेन अफ दी इलेक्सन’ सम्मान</strong>

ओलीलाई ‘मेन अफ दी इलेक्सन’ सम्मान

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई ‘मेन अफ दी इलेक्सन’का रूपमा सम्मान गरिएको छ । मंगलबार काठमाडौंमा एमालेका तर्फबाट विजयलाल श्रेष्ठले सांसदहरूलाई बधाई दिने कार्यक्रममा ओलीलाई सम्मान गरेका हुन् । यस्तै, गएको निर्वाचनमा पार्टीलाई अर्घाखाँची, पर्वत र धनकुटा गरी तीन जिल्लामा ‘क्लिन स्वीप’ गराएको भन्दै ओलीले पार्टीका ती जिल्ला अध्यक्षहरूलाई सम्मान गरे । सोलुखुम्बुमा बहुदलपछि पहिलोपटक एमालेले जितेकामा पनि ओलीले सम्मान गरेका छन् । ...
शेखर–गगन लेनदेन : दलको नेता छाडेका कोइरालालाई सभापतिमा समर्थन

शेखर–गगन लेनदेन : दलको नेता छाडेका कोइरालालाई सभापतिमा समर्थन

राजनीति
५ पुस, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताद्वय शेखर कोइराला र गगन थापाबीच संसदीय दलको नेता र सभापतिको उम्मेदवारीमा ‘लेनदेन’ भएको छ । दुवै संसदीय दलको उम्मेदवारको आकांक्षी थिए । दुवैले चुनाव लड्दा १४औं महाधिवेशनबाट बनेको यो समूह नै विघटन हुने भएपछि नेताहरुले सहमति खोजेका छन् । १५औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न महामन्त्री गगन थापा सहमत भएपछि डा. शेखरले संसदीय दलको दाबी छाडेका छन् । होटल बसेरामा बसेको बैठकमा नेता शेखरले संसदीय दलको नेताको उम्मेदवारमा गगनलाई प्रस्ताव गरेका छन् । पुस्तान्तरणसहित रुपान्तरणको पक्षमा रहेकाले आफूले गगनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेको उनले बताए । उपसभापति धनराज गुरुङ लगायतका नेताहरुले समर्थन गरेका छन् । महामन्त्री गगन थापाले पनि १५औं महाधिवेशनको सभापतिमा यो समूहले शेखरलाई नै अघि सार्ने बताएका छन् । ‘१५औंमा शेखर...
जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत चयन

जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत चयन

राजनीति
४ पुस, जनकपुरधाम । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् । आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मत दलको नेतामा राउतलाई चयन गरेको हो । जनमतका नेता बीपी साहका अनुसार दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज सोमबार पुनः १० बजे बैठक बोलाइएको छ । राउत सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पराजित गर्दै जितेका हुन् । जनमतका ६ सांसद छन्। राउत प्रत्यक्ष र अरु पाँच जना समानुपाति प्रणालीबाट चयन भएका हुन् । ...
ओलीले रविलाई सोधे–सरकारमा जानेबारे के सोच्नु भएको छ ?

ओलीले रविलाई सोधे–सरकारमा जानेबारे के सोच्नु भएको छ ?

राजनीति
३ पुस, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटघाट भएको छ । शुक्रबार ओली निवास बालकोटमा गएर लामिछनेले  भेट गरेका हुन् । भेटमा एमाले अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई सरकारमा जाने या नजानेबारे जिज्ञासा राखेका थिए । भेटलाई पुष्टि गर्दै रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले भने, ‘समसामयिक विषयमा कुरा भए । एक अर्कालाई बुझ्ने कोशिस भयो ।’ सरकार गठनबारे कुरा उठ्दा ओलीले रविलाई सोधेका थिए, ‘सरकारमा जाने, नजानेबारे के सोच्नुभएको छ ?’ लामिछानेले भने आफूहरुलाई एकल सरकार बनाउने मत प्राप्त नभएकाले आफूले त्यसबारे धेरै नसोचेको बताएका थिए । यद्यपि जसले आफ्ना मुद्दा सम्बोधन गर्छ उसलाई साथ हुनसक्ने संकेत लामिछानेले गरेका थिए ...
निर्वाचन आयोगले सातवटै प्रदेश प्रमुखलाई बुझायो निर्वाचन परिणाम

निर्वाचन आयोगले सातवटै प्रदेश प्रमुखलाई बुझायो निर्वाचन परिणाम

राजनीति
२ पुस, काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष पेश गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशको राजधानीमा प्रदेश प्रमुखको कार्यालयमा अलग अलग रूपमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाउन प्रदेश नं. १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, मधेस प्रदेशमा आयुक्त सुगनशमशेर जबरा, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराई र सुदूरपश्चिम प्रदेशमा आयुक्त डा. जानकी कुमारी तुलाधरको नेतृत्वमा आयोगको टोली पुगेको थियो । ती टोलीले सम्बन्धित प्रदेशका प्रदेश प्रमुखलाई निर्वाचन परिणाम बुझाएको आयोगका सहायक प्रवक्ता कमल भट्टराई...
देउवाले बोलाए पार्टीका नवनिर्वाचित सांसदको भेला

देउवाले बोलाए पार्टीका नवनिर्वाचित सांसदको भेला

राजनीति
२ पुस, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले आज दिउँसो तीन बजे पार्टीका सबै सांसदलाई बोलाएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ । सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ । निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपति समक्ष प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भ...
राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन : एमाले–कांग्रेस नमिल्दा माओवादी निर्णायक

राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन : एमाले–कांग्रेस नमिल्दा माओवादी निर्णायक

राजनीति
१ पुस, काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिक तर्फ दुवैको सम्पूर्ण मत परिणाम आइसक्नुपर्छ, जो बुधबार निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । अब संविधान बमोजिम बहुमत पुर्‍याउने कुनै सासंद वा सबभन्दा ठूलो दलको संसदीय दलको नेताको नेतृत्वमा सरकार गठन हुनेछ । सरकार गठन भएपछि संघीय संसदको बैठक बसेको १५ दिनमा सभामुख र उपसभाममुखको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु हुन्छ । संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन सम्बन्धी व्यवस्था छ । जसअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु मतदाता हुन्छन् । मतभार भने फरक–फरक हुन्छ । संघीय सांसद (प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य) ले दिएको...
कांग्रेसबाट को बन्ला सुदूरपश्चिम संसदीय दलको नेता ?

कांग्रेसबाट को बन्ला सुदूरपश्चिम संसदीय दलको नेता ?

राजनीति
१ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसमा मुख्यमन्त्रीका आकांक्षी प्रदेशसभा सदस्यहरु संसदीय दलको नेता बन्न दौडधुप तीव्र बनाएका छन् । कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएकाले आकांक्षीहरुले लबिइङ थालेका हुन् । पाँच जना आकांक्षी देखिएका बेला दलको नेता सर्वसम्मत चयन होला वा मतदान होला भन्ने चासो बढेको छ । कांग्रेसका नेता र आकांक्षीहरु भने दुवै विकल्प खुला भएको बताउँछन् । को–को छन् आकांक्षी ? कांग्रेसमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवासहित बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कमल शाह र मेघराज खड्का गरी पाँच जना नेता मुख्यमन्त्रीको दाबेदारका रुपमा देखिएका छन् । संविधानसभा सदस्य समेत रहेका नवनिर्वाचित प्रदेशसभा सदस्य बहादुरसिंह थापा संसदीय दलको नेता चयनका लागि सर्वसम्मत चयन...
सरकारमा जाने-नजाने कुरा समयले निर्धारण गर्छ : ठाकुर

सरकारमा जाने-नजाने कुरा समयले निर्धारण गर्छ : ठाकुर

राजनीति
२९ मंसिर, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने-नजाने कुरा समयले निर्धारण गर्ने बताएका छन् । कसैको एजेन्ट भएर पैसा ल्याएर काम गर्ने गैरसरकारी संस्था जस्तो आफूहरु नभएको बताउँदै उनले प्रधानमन्त्री जो बने पनि आफ्ना माग र मुद्दाबाट पछि नहट्ने समेत बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)लाई अन्तर्वार्ता दिंदै अध्यक्ष ठाकुरले भनेका छन्, ‘हामी गैरसरकारी संस्था (एनजीओ) होइनौं, कसैको एजेन्ट भएर पैसा ल्याएर काम गर्ने । दल भनेको जनताको सेवाका लागि स्थापित राजनीतिक संगठन हो । यो सधैं जनताप्रति उत्तरदायी हुन्छ । त्यसैले सरकारमा सामेल हुने नहुने कुरा समयले निर्धारण गर्छ ।’ उनले मुलुकलाई विकास र समृद्धितर्फ अघि बढाउन वर्तमान गठबन्धनलाई नै निरन्तरता दिनुपर्ने बताएका छन् । मधेसी र थरुहट मुद्दाका पीडितले अझै न्याय पाउन नसकेको भन्दै उनले जेल...
छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु : प्रचण्ड

छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु : प्रचण्ड

राजनीति
२८ मंसिर, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री बन्ने संकेत गरेका छन् । बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले भनेका छन्, ‘तपाईंहरुको आशिर्वाद लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु ।’ पहिलो कार्यकाल विधि, प्रक्रिया बुझ्न नपाई बितेको र दोस्रो कार्यकालमा मधेश, पहाड, हिमाललाई एकावद्ध गर्ने प्रक्रियामा भूमिका खेलेको सुनाएका उनले बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने प्रण गरेको बताए । माओवादी अध्यक्ष प्रचण्डले अघि भने, ‘यो पटक देशको नेतृत्व गर्ने अवसर पाउँदा केही अविश्मरणीय विकासका योजना अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।’ नयाँ दलहरुको उदय प्रमुख दलहरुलाई चुनौतीसँगै अवसर भएको उनले बताए । प्रचण्डले भनेका छन्, ‘गम्भीर समीक्षासहित सुशासन, विकास र समृद्धिको दृष्टिले यो ...