२०८१ जेष्ठ ६

प्रदेशमा पनि गठबन्धन सरकार निरन्तर हुन्छ : मुख्यमन्त्री राई




विराटनगर । प्रदेश नंं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कुनै चमात्कारिक अवस्थाबाहेक अहिलेकै सरकारको निरन्तरता पाउने बताएका छन् । राष्ट्रिय परिदृष्य बन्दै गएको उल्लेख गर्दै उनले प्रदेशहरुमा पनि गठबन्धनकै सरकार बन्ने बताएका हुन् । 


Advertisement


बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित चालु आर्थिक वर्ष २०७९÷०८० को प्रथम चौमासिक प्रगति समीक्षालाई सम्बोधन गर्दै राईले सरकार परिवर्तन हुने तर यही गठबन्धनको सरकार बन्ने राष्ट्रिय परिदृश्य आफूले देखेको बताए । भने, “निर्वाचनपछि सरकार परिवर्तन हुनु स्वभाविक हो ।” 

उनले कर्मचारी स्थायी सरकार भएको स्मरण गराउँदै आफूले सरकार सञ्चालनका क्रममा कर्मचारीलाई सहयोगीभन्दा सल्लाहकारको रुपमा लिएको बताए । भने, “कर्मचारीका सवालमा हिजो हामीले कुनै रंग हेरेनौँ । बिरालो कालो होस्् वा सेतो, मुसा मारे पुग्छ भनेझैं हामीलाई काम चाहिएको छ ।”



मुख्यमन्त्री राईले कर्मचारी जागिर मात्र खानका लागि नभई कामका लागि भएकाले सबै कर्मचारीले पाएको र दिइएको जिम्मेवारीअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आयोजित चालु आर्थिक वर्ष २०७९÷०८० को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा प्रदेश सरकारअन्तर्गतका विभिन्न मन्त्रालय तथा निकायको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

Copy link
Powered by Social Snap