२०८१ बैशाख १७

सरकारको नेतृत्व लिनेगरी ठूला दलसँग छलफल चलाइएको छ : रवि लामिछाने




काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको नेतृत्वका लागि ठूला दलहरुसँग छलफल चलाइएको बताएका छन् । आफ्नो पार्टीले पनि प्रतिनिधिसभामा चौथो ठूलो दलको हैसियतले छलफल चलाएको बताए ।

प्रतिनिधिसभा सदस्य पदको सपथग्रहण गरेलगत्तै सभापति लामिछानेले बिहीबार सरकार बनाउने कुरा संविधानसम्मत ढंगले अघि बढ्ने भएकाले आफूहरु सोहीअनुसार अघि बढ्ने पनि स्पष्ट पारेका छन् । 


Advertisement


संसद् भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लामिछानेले सरकार बनाउने कुरामा संसद् अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा आफूहरु सचेत रहनेसमेत बताए ।

“आम नागरिकले विश्वास गरेको जनमतको कदर नगर्ने भन्ने कुरै भएन,” लामिछानेले भने, “हामीलाई प्राप्त जनमत सरकार बनाउन पुग्ने छैन । तर, कसैलाई पनि बहुमत नआएको परिवेशमा चौथो ठूलो दलको रुपमा हामीेले पनि नेतृत्व गर्न सक्छौँ कि भन्ने विषयलाई हामीले एकदमै सामान्य छलफलको विषय बनाएका छौँ ।”



अदालतमा विचाराधीन अवस्थामा रहेकाले आफ्नो नागरिकतासम्बन्धी विवादका विषयमा भने बोल्न नमिल्ने सभापति लामिछानेले प्रतिक्रिया दिए । 

अदालतको फैसलाअनुसार नै आफूले प्रतिनिधिसभा सदस्यमा उठेको र सपथ ग्रहणसमेत गरेको स्मरण गराउँदै उनले नागरिकता विवादको विषयमा आफूलाई अदालतले न्याय दिने विश्वाससमेत व्यक्त गरे ।

Copy link
Powered by Social Snap