२०८३ असार २४

राजनीति

टालटुले नीतिका भरमा देश चल्दैन : कोइराला 

टालटुले नीतिका भरमा देश चल्दैन : कोइराला 

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीलाई युग अनुसारको बनाउनुपर्ने बताएका छन् । जारी केन्द्रीय कार्यसमितिको बैठकमा उनले विगतका गल्तिबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए ।  “नेपाली कांग्रेसलाई युगअनुसारको पार्टी बनाउनुपर्छ । कांग्रेसले अतितको गौरव, अनुभव र उपलब्धिहरूमा टेकेर अगाडि बढ्नुपर्छ । अतितका गल्तीहरूबाट पाठ सिक्नुपर्छ । कांग्रेसले वर्तमानको जगमा भविष्यलाई लक्षित गरेर नीति, रणनीति तथा कार्यक्रम बनाउनुपर्छ,”  देशको विकासको गति पनि नपुगेको बताउँदै उनले अब टालुटुले नीतिमा भरमा देश नचल्ने बताए । “अब टालटुले, कामचलाउ र अल्पकालीन नीतिका भरमा अगाडि बढ्न सक्दैन । देशलाई आमूल परिवर्तन गर्न अब नेपालमा रक्तपातविहीन गौरवमय क्रान्ति आवश्यक छ । देशले रक्तरञ्जित क्रान्ति धेरै देख्यो,” उनले भनेका छन्, “अब रक्तपातपूर्ण क्रान्तिको युग सकिएको छ, अब ज...
गठबन्धनकाे बारेमा अहिले नै टुंगाे लगाउन आवश्यक छैन ः सिटाैला

गठबन्धनकाे बारेमा अहिले नै टुंगाे लगाउन आवश्यक छैन ः सिटाैला

राजनीति
काठमाडाैं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला गठबन्धनकाे बारेमा अहिले नै टुंगाे लगाउन आवश्यक नभएकाे बताएका छन् ।  कांग्रेसकाे जारी केन्द्रीय समिति बैठकमा नेता सिटाैलाले भने, "गठबन्धन यसरी गर्नुपर्छ भन्ने अहिले टुंगो लगाउन आवश्यक छैन, देश जता जान्छ त्यतै जाने हो, धेरै साथीहरूले गठबन्धन गरौँ नगरौँ भन्नु भयो । तर, त्यो परिस्थितिले भन्ने कुरा हो ।" अहिले गठबन्धनका कारण केन्द्र, प्रदेश र स्थानीय तहमा कांग्रेसको सरकार बनेकाे र जनताका कुरा सुनिन थालेको उनकाे भनाइ छ । "कांग्रेस जनको मनोबल बढेको छ । निर्वाचन सम्म देशको परिस्थिति कस्तो हुन्छ त्यो एउटा कुरा हो । अहिले कसैले पनि गठबन्धन गरौँ भनेर प्रस्ताव गरेको छैन, छलफल भएको छैन । त्यसकारण गठबन्धन यता पनि हुन सक्छ उता पनि हुन सक्छ," उनले थपे । "स्थानीय चुनावमा वाम गठबन्धन भएको भए हा...
सुनील थापाको प्रश्न– राप्रपा छाडेर आएकाहरूलाई भूमिका दिनुपर्दैन ?

सुनील थापाको प्रश्न– राप्रपा छाडेर आएकाहरूलाई भूमिका दिनुपर्दैन ?

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता सुनील थापाले राप्रपा परित्याग गरेर आफूसँगै आएका नेताहरूले जिम्मेवारी नपाएको गुनासो गरेका छन् ।  जारी केन्द्रीय कार्यसमितिको बैठकमा उनले नेताहरूलाई भूमिका दिन आग्रह गरेका हुन् ।  “राप्रपाबाट त्यत्रो पद र हैसियत छोडेर धेरै साथीहरू आउनुभयो , मेरो विश्वासमा आउनुभयो । तर, अहिले उहाँहरूलाई खै भूमिका ? भूमिका दिनुपर्दैन ?,” उनको प्रश्न छ ।   उनले स्थानीय तह निर्वाचनमा प्राविधिक त्रुटिका कारण पराजित भएको पनि बताए ।  “नेपाली कांग्रेसले स्थानीय तहमा धेरै सिट जित्थ्यो तर हामीले केही प्राविधिक त्रुटिका कारण हार्‍यौँ, हाम्रो दोष छैन मतपत्र जसरी छापियो त्यो अन्तर्राष्ट्रिय मान्यताविपरीत छ,” उनले भने, “नेपाली कांग्रेसले चुनावमा हार्नुको कारण निर्वाचन आयोगको गतिविधि पनि हो । उमेदवारनै नभएको ठाउँमा पार्टीको चुनाव चिह्न के का ल...
संसदीय छानबिन समितिमा पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राखियो

संसदीय छानबिन समितिमा पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राखियो

राजनीति
काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्यतथ्य पत्ता लगाउन गठित संसदीय छानबिन विशेष समितिको सदस्य हेरफेर गरिएको छ ।  प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गरेको प्रस्तावमा सहमति जुटेको हो । समितिमा अब नेपाली कांग्रेसको तर्फबाट सांसद भुसालको ठाउँमा विश्वकर्मा रहनेछन् । "प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७७ बमोजिम गठित संसदीय छानबिन विशेष समितिमा माननीय पुष्पा भुसाल गौतमको स्थानमा माननीय मानबहादुर विश्वकर्माको नाम रहने गरी हेरफेर गर्न सभाको सहमतिका लागि प्रस्ताव गर्दछु । प्रस्तावित हेरफेरलाई सहमति जनाइदिनहुन अनुरोध गर्दछु," उनले प्रस्ताव गरेका थिए । प्रस्तावमा सभाले सहमति जनाएको थियो । कांग्रेस सांसद भुसालले बिहीबार (आजै) प्रतिनिधिसभाको उपसभामुख पद...
पहिलोपटक संसद्मा बोलेका मन्त्री मनाङेको बोली– भाषण दिने मान्छे भाडामा पाए २० हजार दिन्थेँ

पहिलोपटक संसद्मा बोलेका मन्त्री मनाङेको बोली– भाषण दिने मान्छे भाडामा पाए २० हजार दिन्थेँ

राजनीति
पोखरा । ०७५ साल माघ १४ गते सोमबार साँझ सपथ लिँदै सांसद बनेका राजीव गुरुङ (दीपक मनाङे)ले पहिलोपटक प्रदेश सभामा बोलेका छन् । उनीसँगै चुनाव जितेका अरू सांसदले ०७४ माघ ७ गते सपथ लिएर प्रदेश सभाको बैठकमा बोल्न अभ्यस्त भइसक्दा मनाङे चाहिँ सांसदबाट मन्त्री बन्न पुगे । गण्डकी प्रदेशसभामा लगातार तेस्रोपटक मन्त्री बन्ने उनी एकजना मात्रै हुन् । तत्लकाीन नेकपा सरकारमा एकपटक, एमाले सरकारमा एकपटक र गठबन्धनबाट तेस्रोपटक मन्त्रीपदमा रहेका मनाङेले प्रदेश सभा बैठकमा कहिल्यै बोलेनन् । सपथको भोलिपल्ट समयमा नै उपस्थित भएका उनी प्रदेश सभामा बोल्न चाहिँ साढे तीन वर्ष कुर्नपर्‍यो । त्यो पनि मन्त्रालयगत छलफलको क्रममा कुरा उठेपछि जवाफ दिने सन्दर्भमा । पहिलोपटक प्रदेश सभामा बोल्दा उनको हाउभाउ अलिक फरक देखिन्थ्यो । चस्मा झिक्दै  लगाउँदै गरेका थिए । जसोतसो, कुरा दोहोर...
कांग्रेस बैठकमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले जवाफ दिने

कांग्रेस बैठकमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले जवाफ दिने

राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीबाट प्रतिनिधित्व गर्ने विभागीय मन्त्रीहरूले सरकारले गरेको कामको विषयमा जवाफ दिने भएका छन् ।  बिहीबार बस्ने पार्टी केन्द्रीय समिति बैठकमा विभागीय मन्त्रीहरूले एक वर्षमा गरेका कामहरूको विषयमा जवाफ दिने केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए ।  पार्टीको आजको केन्द्रीय समिति बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको उपलब्धिहरू प्रस्तुत गरेका थिए । ...
‘लिउको भ्रमण चीनविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता जाहेर गर्न भएको हो’

‘लिउको भ्रमण चीनविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता जाहेर गर्न भएको हो’

राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण चीनकाविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता जाहेर गर्न भएको बताएका छन् ।  बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै खनालले विदेशीहरूले चिनकाविरुद्ध नेपालको भू–भाग प्रयोग गर्ने हुन् कि भन्ने चिन्ता चीनको रहेको बताए । उनले नेपालका सबै पार्टीले एक चीन नीति लिने र चिनकाविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिवद्धता व्यक्त गरेको पनि बताए । पूर्वप्रधानमन्त्री खनालले भर्खरै विदेश विभाग प्रमुखमा नियुक्त भएका जियान्चाओले पहिलो भ्रमण नेपालमा गर्नुले चीनले नेपालसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेको देखाएको बताए । उनको भ्रमणसँगै नेपाल र चीनबीचको आगामी सम्बन्ध अझ राम्रो हुने उ...
ओलीको दाबी– मैले ५७ वर्षको राजनीतिक जीवनमा मानव अधिकार उल्लंघन गरिनँ

ओलीको दाबी– मैले ५७ वर्षको राजनीतिक जीवनमा मानव अधिकार उल्लंघन गरिनँ

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजनीतिक जीवनको ५७ वर्षमा मानव अधिकारको उल्लंघन नगरेको दाबी गरेका छन् । बुधबार मानव अधिकार एलाइन्सले आयोजना गरेको आफ्नो २३औँ स्थापना दिवसमा ओलीले आफूले मानव अधिकारको उल्लंघन अहिलेसम्म नगरेको र अब पनि नगर्ने प्रतिवद्धता जनाए । "म दाबीका साथ के भन्न सक्छु भने– यी ५७ वर्षदेखिको मेरो लडाइँ मूलतः मानव अधिकारका लागि हो । मेरो लडाइँ भनेको मानव अधिकारका लागि । र, म अर्को के भन्छु भने– मैले गृहमन्त्री समेत सम्हालेर प्रधानमन्त्रीसमेत सम्हालेर आएको, चलाएर आएको किन भनेको भने त्यसो भएर पनि मैले मानव अधिकारको अहिलेसम्म उल्लंघन गरेको छैन । मैले मानव अधिकारको उल्लंघन गरेको छैन । र, मानव अधिकारको उल्लंघन गर्दिनँ," ओलीले भने । ओलीले राजनीति विकृत भए मानव अधिकारको उल्लंघनको घटना बढे...
विश्वप्रकाशलाई बुढाथोकीको आग्रह– पहिले  जिल्लाको द्वन्द्व मिलाउनोस् 

विश्वप्रकाशलाई बुढाथोकीको आग्रह– पहिले  जिल्लाको द्वन्द्व मिलाउनोस् 

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशव बुढाथोकीले पार्टीका महामन्त्री विश्वप्रकाश शर्मालाई गृहजिल्लाको आन्तरिक द्वन्द्व मिलाउन आग्रह गरेका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार उनले निर्वाचनको सम्मुखमा पार्टीका पदाधिकारीले गुटगत बैठक गर्न नहुनेमा जोड दिए । “पार्टीमा गुटगत बैठक हुनु भएन । नेताहरूले छुट्टाछुट्टै बैठक गर्न थाल्नुभयो भने तलका कार्यकर्ता पनि विभाजित हुन्छन्,” उनले बैठकमा भने, “चुनावको सम्मुखमा पार्टीका पदाधिकारीले नै गुटगत बैठक गर्ने कुरा राम्रो भएन । पार्टीलाई मिलाएर जाने कुरामा पदाधिकारी जिम्मेवार हुनुपर्‍यो ।” उनले महामन्त्री शर्माले पहिले झापाको विवाद मिलाउनुपर्ने बताए । “महामन्त्री विश्वप्रकाश शर्माजीले जिल्ला मिलाउनुपर्छ । हामीले टिकट दिएको खोसिदिनुभयो । यही कारण झापामा पार्टीमा द्वन्द्व छ । उहाँले पहिले यसलाई मि...
सुदूरपश्चिममा सरकार र एमालेबीच सहमति, संसद् अवरोध हट्ने

सुदूरपश्चिममा सरकार र एमालेबीच सहमति, संसद् अवरोध हट्ने

राजनीति
धनगढी । सुदूरपश्चिम सरकार र प्रमुख प्रतिपक्षी दल एमालेबीच सहमति भएको छ । प्रतिपक्षी दल एमालेले राखेका १४ बुँदे मागलाई सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि सहमति भएको आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले जानकारी दिए । आज सरकारका तर्फबाट मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल र एमालेका तर्फबाट संसदीय दलका नेता प्रकाशबहादुर शाह, प्रमुख सचेतक लिलाधर भट्ट, लोसपाका तर्फबाट संसदीय दलका नेता कृष्ण चौधरी र प्रदेश संसद बलदेव रेग्मीको सहभागितामा भएको बैठकमा सहमति भएको हो ।  सहमतिसँगै अब प्रदेश सभा बैठक सञ्चालन हुने भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेले प्रदेश सरकारले ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै संसद् बैठक बहिस्कार गर्दै आएको थियो ।  ...