२०८१ बैशाख १५

विश्वप्रकाशलाई बुढाथोकीको आग्रह– पहिले  जिल्लाको द्वन्द्व मिलाउनोस् 




काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशव बुढाथोकीले पार्टीका महामन्त्री विश्वप्रकाश शर्मालाई गृहजिल्लाको आन्तरिक द्वन्द्व मिलाउन आग्रह गरेका छन् ।



Advertisement



सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार उनले निर्वाचनको सम्मुखमा पार्टीका पदाधिकारीले गुटगत बैठक गर्न नहुनेमा जोड दिए ।

“पार्टीमा गुटगत बैठक हुनु भएन । नेताहरूले छुट्टाछुट्टै बैठक गर्न थाल्नुभयो भने तलका कार्यकर्ता पनि विभाजित हुन्छन्,” उनले बैठकमा भने, “चुनावको सम्मुखमा पार्टीका पदाधिकारीले नै गुटगत बैठक गर्ने कुरा राम्रो भएन । पार्टीलाई मिलाएर जाने कुरामा पदाधिकारी जिम्मेवार हुनुपर्‍यो ।”

उनले महामन्त्री शर्माले पहिले झापाको विवाद मिलाउनुपर्ने बताए । “महामन्त्री विश्वप्रकाश शर्माजीले जिल्ला मिलाउनुपर्छ । हामीले टिकट दिएको खोसिदिनुभयो । यही कारण झापामा पार्टीमा द्वन्द्व छ । उहाँले पहिले यसलाई मिलाउनुपर्छ,” उनले भने ।

Copy link
Powered by Social Snap