२०८१ जेष्ठ ७

‘लिउको भ्रमण चीनविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता जाहेर गर्न भएको हो’




काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण चीनकाविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता जाहेर गर्न भएको बताएका छन् । 



Advertisement



बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै खनालले विदेशीहरूले चिनकाविरुद्ध नेपालको भू–भाग प्रयोग गर्ने हुन् कि भन्ने चिन्ता चीनको रहेको बताए । उनले नेपालका सबै पार्टीले एक चीन नीति लिने र चिनकाविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिवद्धता व्यक्त गरेको पनि बताए ।

पूर्वप्रधानमन्त्री खनालले भर्खरै विदेश विभाग प्रमुखमा नियुक्त भएका जियान्चाओले पहिलो भ्रमण नेपालमा गर्नुले चीनले नेपालसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेको देखाएको बताए । उनको भ्रमणसँगै नेपाल र चीनबीचको आगामी सम्बन्ध अझ राम्रो हुने उनको विश्वास छ ।

“अहिलेको भूराजनीतिक परिस्थिति जुन छ, त्यो भूराजनीतिक परिस्थितिमा विदेशीहरूले चीनका विरुद्ध कुनै प्रकारले नेपालको
भू–भाग प्रयोग गर्ने हुन् कि भन्ने कुराहरूमा चीनको चिन्ता छ । त्यो चिन्तालाई जाहेर गर्नको लागि पनि उहाँको भ्रमण भएको देखिन्छ । नेपालका सबैजसो पार्टीहरूले हामी एक चीन नीति लिन्छौँ र हामी नेपालको भू–भाग चीनका विरुद्ध प्रयोग गर्न दिन्नौँ भन्ने कुराहरू जुन ढंगले सबैले भनेका छन् । यो कुराले नेपाल र चीनका बीचका सम्बन्धहरू आउने दिनमा राम्रो हुन्छन् भन्ने
कुरा देखिन्छ,” उनले भने ।

Copy link
Powered by Social Snap