२०८० चैत्र १५

गठबन्धनकाे बारेमा अहिले नै टुंगाे लगाउन आवश्यक छैन ः सिटाैला




काठमाडाैं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला गठबन्धनकाे बारेमा अहिले नै टुंगाे लगाउन आवश्यक नभएकाे बताएका छन् । 



Advertisement



कांग्रेसकाे जारी केन्द्रीय समिति बैठकमा नेता सिटाैलाले भने, “गठबन्धन यसरी गर्नुपर्छ भन्ने अहिले टुंगो लगाउन आवश्यक छैन, देश जता जान्छ त्यतै जाने हो, धेरै साथीहरूले गठबन्धन गरौँ नगरौँ भन्नु भयो । तर, त्यो परिस्थितिले भन्ने कुरा हो ।”

अहिले गठबन्धनका कारण केन्द्र, प्रदेश र स्थानीय तहमा कांग्रेसको सरकार बनेकाे र जनताका कुरा सुनिन थालेको उनकाे भनाइ छ ।

“कांग्रेस जनको मनोबल बढेको छ । निर्वाचन सम्म देशको परिस्थिति कस्तो हुन्छ त्यो एउटा कुरा हो । अहिले कसैले पनि गठबन्धन गरौँ भनेर प्रस्ताव गरेको छैन, छलफल भएको छैन । त्यसकारण गठबन्धन यता पनि हुन सक्छ उता पनि हुन सक्छ,” उनले थपे ।

“स्थानीय चुनावमा वाम गठबन्धन भएको भए हामीलाई धेरै गाह्रो हुन्थ्यो,” उनले प्रश्न गरे, “भोलि वाम एकता भयो भने हाम्रो हालत के हुन्छ ?”

सिटाैलाले चुनावमा गठबन्धन मात्र सबै कुरा नभएकाे बताए । “साथीहरूले मिहेनत गर्नु भएको छ, जहाँ गठबन्धन भएर मिहेनत भएन त्यहाँ हामी हार्‍याैँ, जहाँ मिहेनत भयो परिणाम राम्रो आयो ।”

फरक प्रसंगमा नेता सिटाैलाले अहिलेको यो आर्थिक संकट आउनुकाे कारण आफूहरू नभएकाे बताए । “अहिलेकाे आर्थिक संकट हाम्रो कारणले आएको होइन, हामीले गरेर पनि केही सक्दैनौँ । तर, जनताको नजरमा सरकारले केही गर्दैछ भन्ने त पर्नु पर्‍याे नि । भरोसा जनतालाई दिनु पर्‍याे नि, म ध्यानाकर्षाण गराउँछु।

Copy link
Powered by Social Snap