२०८१ बैशाख १३

सुनील थापाको प्रश्न– राप्रपा छाडेर आएकाहरूलाई भूमिका दिनुपर्दैन ?




काठमाडौं । नेपाली कांग्रेसका नेता सुनील थापाले राप्रपा परित्याग गरेर आफूसँगै आएका नेताहरूले जिम्मेवारी नपाएको गुनासो गरेका छन् । 



Advertisement



जारी केन्द्रीय कार्यसमितिको बैठकमा उनले नेताहरूलाई भूमिका दिन आग्रह गरेका हुन् । 

“राप्रपाबाट त्यत्रो पद र हैसियत छोडेर धेरै साथीहरू आउनुभयो , मेरो विश्वासमा आउनुभयो । तर, अहिले उहाँहरूलाई खै भूमिका ? भूमिका दिनुपर्दैन ?,” उनको प्रश्न छ ।  

उनले स्थानीय तह निर्वाचनमा प्राविधिक त्रुटिका कारण पराजित भएको पनि बताए । 

“नेपाली कांग्रेसले स्थानीय तहमा धेरै सिट जित्थ्यो तर हामीले केही प्राविधिक त्रुटिका कारण हार्‍यौँ, हाम्रो दोष छैन मतपत्र जसरी छापियो त्यो अन्तर्राष्ट्रिय मान्यताविपरीत छ,” उनले भने, “नेपाली कांग्रेसले चुनावमा हार्नुको कारण निर्वाचन आयोगको गतिविधि पनि हो । उमेदवारनै नभएको ठाउँमा पार्टीको चुनाव चिह्न के का लागि, त्यसकारण हामीले हारेका हौँ ।”

Copy link
Powered by Social Snap