२०८१ बैशाख १३

टालटुले नीतिका भरमा देश चल्दैन : कोइराला 




काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीलाई युग अनुसारको बनाउनुपर्ने बताएका छन् । जारी केन्द्रीय कार्यसमितिको बैठकमा उनले विगतका गल्तिबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए । 



Advertisement



“नेपाली कांग्रेसलाई युगअनुसारको पार्टी बनाउनुपर्छ । कांग्रेसले अतितको गौरव, अनुभव र उपलब्धिहरूमा टेकेर अगाडि बढ्नुपर्छ । अतितका गल्तीहरूबाट पाठ सिक्नुपर्छ । कांग्रेसले वर्तमानको जगमा भविष्यलाई लक्षित गरेर नीति, रणनीति तथा कार्यक्रम बनाउनुपर्छ,” 

देशको विकासको गति पनि नपुगेको बताउँदै उनले अब टालुटुले नीतिमा भरमा देश नचल्ने बताए । “अब टालटुले, कामचलाउ र अल्पकालीन नीतिका भरमा अगाडि बढ्न सक्दैन । देशलाई आमूल परिवर्तन गर्न अब नेपालमा रक्तपातविहीन गौरवमय क्रान्ति आवश्यक छ । देशले रक्तरञ्जित क्रान्ति धेरै देख्यो,” उनले भनेका छन्, “अब रक्तपातपूर्ण क्रान्तिको युग सकिएको छ, अब जनताको चेतना तथा राजनीतिक दल तथा नेताहरूको इमानदारी, त्याग र समर्पणमा आधारित भएर गौरवमय क्रान्ति अपरिहार्य छ । त्यस्तो क्रान्तिको अगुवाइ नेपाली कांग्रेसले गर्नुपर्दछ ।” 
उनले बैठकमा १३ बुँदे सुझाव पनि दिएका छन् ।

Copy link
Powered by Social Snap