२०८१ बैशाख २७

ओलीको दाबी– मैले ५७ वर्षको राजनीतिक जीवनमा मानव अधिकार उल्लंघन गरिनँ




काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजनीतिक जीवनको ५७ वर्षमा मानव अधिकारको उल्लंघन नगरेको दाबी गरेका छन् । बुधबार मानव अधिकार एलाइन्सले आयोजना गरेको आफ्नो २३औँ स्थापना दिवसमा ओलीले आफूले मानव अधिकारको उल्लंघन अहिलेसम्म नगरेको र अब पनि नगर्ने प्रतिवद्धता जनाए ।



Advertisement



“म दाबीका साथ के भन्न सक्छु भने– यी ५७ वर्षदेखिको मेरो लडाइँ मूलतः मानव अधिकारका लागि हो । मेरो लडाइँ भनेको मानव अधिकारका लागि । र, म अर्को के भन्छु भने– मैले गृहमन्त्री समेत सम्हालेर प्रधानमन्त्रीसमेत सम्हालेर आएको, चलाएर आएको किन भनेको भने त्यसो भएर पनि मैले मानव अधिकारको अहिलेसम्म उल्लंघन गरेको छैन । मैले मानव अधिकारको उल्लंघन गरेको छैन । र, मानव अधिकारको उल्लंघन गर्दिनँ,” ओलीले भने ।

ओलीले राजनीति विकृत भए मानव अधिकारको उल्लंघनको घटना बढेर जाने पनि बताए । ओलीले मानव अधिकारलाई राजनीतिक नियुक्तिको कार्यकाल, जागिरको रूपमा नलिएर आर्दश, निष्ठा, यात्रा र गन्तव्यको रूपमा आफूले लिएको पनि बताए ।

Copy link
Powered by Social Snap