२०८१ जेष्ठ २

कांग्रेस बैठकमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले जवाफ दिने




काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीबाट प्रतिनिधित्व गर्ने विभागीय मन्त्रीहरूले सरकारले गरेको कामको विषयमा जवाफ दिने भएका छन् । 



Advertisement



बिहीबार बस्ने पार्टी केन्द्रीय समिति बैठकमा विभागीय मन्त्रीहरूले एक वर्षमा गरेका कामहरूको विषयमा जवाफ दिने केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए । 

पार्टीको आजको केन्द्रीय समिति बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको उपलब्धिहरू प्रस्तुत गरेका थिए ।

Copy link
Powered by Social Snap