लेखा समितिको सभापति पद प्रतिपक्षीलाई दिनुपर्ने भन्दै एमालेले गर्यो बैठक बहिष्कार
काठमाडौं । नेकपा (एमाले) ले सार्वजनिक लेखा समितिको सभापति पद प्रतिपक्षीलाई दिनुपर्ने भन्दै समितिको मंगलबारको बैठक बहिष्कार गरेको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकमा एमालेका सांसदहरूले वर्तमान सरकार गठन भएको एक वर्ष पुग्दा पनि समितिको सभापति सत्तापक्षले नै राखेको भन्दै बैठक बहिष्कार गरेको हो ।
बैठकमा सभापति भरतकुमार शाहले समितिको वार्षिक प्रतिवेदन पारित गर्न प्रस्ताव गरेका थिए । तर, एमाले सांसद विशाल भट्टराई र गोकुल बाँस्कोटालगाएतले सभापतिले राजीनामा दिनुपर्ने र प्रतिपक्षीबाट नयाँ सभापति चयन हुनुपर्ने बताएका थिए । लेखा समितिको नेतृत्व विपक्षी दलले पाउने परम्परा रहेकाले वर्तमान सभापतिले मार्गप्रशस्त गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
सभापति शाहले वार्षिक प्रतिवेदन पारित गरेर सभापतिको विषयमा छलफल गर्न आग्रह गर्दा प्रतिपक्षी सांसलहरूले सभापति फेरिएपछि मात्रै लेखा समि...









