२०८३ असार २४

राजनीति

माधव नेपाल भन्छन्– गठबन्धन गरेपछि अरूको सहारामा बाँच्नुपर्दो रहेछ

माधव नेपाल भन्छन्– गठबन्धन गरेपछि अरूको सहारामा बाँच्नुपर्दो रहेछ

राजनीति
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको धेरै भरोसा नभएको बताएका छन् । उक्त पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रममा बुधबार उनले गठबन्धन गर्दा अरूको सहारामा बाँच्नुपर्ने बताए । “गठबन्धनको धेरै भरोसा छैन । गठबन्धनको भर परेपछि अरूको सहारामा बाँच्नुपर्दो रहेछ,” उनले भने, “अरूको भरमा बाँच्ने मान्छेले केही गर्न सक्दैन । आफ्नै तागतमा जित्छु भन्ने भरोसा भएकाहरूले पार्टीको पनि विश्वास जित्न सक्दा रहेछन् ।” उनले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनभित्र धोका भएको पनि बताए । आन्तरिक कारण समेत पराजित भएको उनको भनाइ छ । ...
ओली भन्छन्– आफ्नैहरू अर्कैलाई भोट दिन कुदिरहेका छन्

ओली भन्छन्– आफ्नैहरू अर्कैलाई भोट दिन कुदिरहेका छन्

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन आफैँ फुट्ने बताएका छन् । बुधबार पार्टीको वाग्मती प्रदेश भेलामा उनले स्वार्थका लागि एकता भएकाले गठबन्धन आफैँ फुट्ने बताए । “एकता फोड्नका लागि चाँदीको तरबार बनाउन आवश्यक छैन । स्वार्थको टक्करबाट आफैँ फुट्छ,” उनले भने । केही दिनअघि राष्ट्रियसभागृहको कार्यक्रममा आफूले कोही वामपन्थी भए आउन र त्यसका लागि एमाले खुला भएको बताएको उनले जानकारी गराए । तर, आफ्नै पार्टीका नेता–कार्यकर्ताहरू अरूलाई भोट दिन गइरहेको भन्दै उनले शुद्धीकरणमा लाग्न आग्रह गरे । “...गठबन्धन टुट्नु हुँदैन, छोड्नु हुँदैन, छोड्दिनँ भनिरहेका छन् । हामी त्यस्ताहरूको वामपन्थीहरू भनेर अपेक्षा गर्छौँ, देश बनाउने कुरामा यी आऊलान्, लाग्लान् । यहाँ आफ्नै साथीहरू त अर्कैलाई भोट दिन कुदिरहेका बेलामा त्यस्ताहरू,” उनी भन्छन्, “त...
पुष्पा भुसाललाई विद्या भट्टराईको बधाई

पुष्पा भुसाललाई विद्या भट्टराईको बधाई

राजनीति
काठमाडौं । उपसभामुखमा पराजित भएकी एमाले सांसद विद्या भट्टराईले पुष्पा भुसाल गौतमलाई बधाई दिएकी छन् । शुक्रबार साँझ उनले सामाजिक सञ्जालबाट निर्वाचित भुसाललाई बधाईसँगै सफल कार्यकालको शुभकामना दिएकी छन् । साथै उनले आफूलाई मत दिने सांसदहरूलाई धन्यवाद दिएकी छन् । 
सरकारका धेरै नराम्रा काम छन्, कुन जनतालाई भन्ने चिन्ता लाग्न थाल्यो : सुवास नेम्वाङ

सरकारका धेरै नराम्रा काम छन्, कुन जनतालाई भन्ने चिन्ता लाग्न थाल्यो : सुवास नेम्वाङ

राजनीति
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले आगामी निर्वाचनमा सरकारले गरेका एक–एक हिसाब लिएर जनतामाझ जाने बताएका छन् । शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सरकारले गरेका गलत कामहरूको बहीखाता नै तयार भएको भन्दै आगामी निर्वाचनमा जनतालाई हिसाबकिताब बुझाउने बताए । उनले सरकारले गलत गरेका धेरै कामहरू रहेको र कुन काम जनतामा राख्ने भन्ने नै चिन्ता लाग्न थालेको बताए । नेम्वाङले अब समयमा नै निर्वाचन हुनुपर्ने र जनताले आफ्नो कुरा भयरहित ढंगले भन्न पाउने वातावरण तयार गर्नुपर्ने उल्लेख गरे । उनले अहिलेको गठबन्धन गलत भएकाले एमालेले गठबन्धन भत्कियोस् भन्ने चाहना राखेको धारणा पनि बताए । त्यस्तै एमाले नेता भीम रावलले देशको राजनीति सत्ताको खेलतर्फ केन्द्रित रहेकै कारण अहिलेसम्म उपसभामुख पद खाली रहेको तर्क गरे । केही महिनापछि आम निर्वाच...
सदनमा तटस्थताको भूमिका निर्वाह गर्छु : पुष्पा भुसाल

सदनमा तटस्थताको भूमिका निर्वाह गर्छु : पुष्पा भुसाल

राजनीति
काठमाडौं । नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो जिम्मेवारीलाई इमान्दार भएर निर्वाह गर्ने बताएकी छन् । शुक्रबार उपसभामुखमा निर्वाचित भएसँगै नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भुसालले संविधानको कार्यान्वयनका लागि आफ्नो भूमिका रहने बताइन् । उनले राष्ट्रिय राजनीतिको विविध आयामहरूलाई व्यवस्थापन गर्न, जनजीविकाको सवाललाई सदनमा उठाउनका लागि र मुलुकको समृद्धिका लागि आफूले भूमिका खेल्ने बताइन् । "निर्वाचित भइसकेपछि हाम्रो काँधमा केही जिम्मेवारीहरू थपिएको छ । संविधानको कार्यान्वयनका लागि, समावेशी लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार मुलुकको राष्ट्रिय राजनीतिमा देखापरेका आयामहरूलाई व्यवस्थापन गर्नको लागि, जनजीविकाको सवालमा सदनमा अत्यन्त महत्वपूर्ण ढंगबाट यो विषयवस्तुलाई उठाउनको लागि, मुलुकको आर्थ...
एसपीपी अस्वीकार गरेकै कारण देउवाको अमेरिका भ्रमण रद्द भयो : माधव नेपाल

एसपीपी अस्वीकार गरेकै कारण देउवाको अमेरिका भ्रमण रद्द भयो : माधव नेपाल

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा पार्टीको वाग्मती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी अस्वीकार गरेकै कारण देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका हुन् । "एसपीपी केपी ओली प्रधानमन्त्री भएकै पालोमा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा शेरबहादुर प्रधानमन्त्रीले त्यसमा हामी अस्वीकार गर्छौं भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्द भयो, थाहा छैन ?," उनले भने । अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनको मिति कुनैपनि समयमा घोषणा हुनसक्ने बताए । उनले अब चाँडै चुनावको मिति घोषणा हुने भएकाले चुनावको तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन ...
सर्वोच्चले भन्यो– सिंहदरबारभित्रका सीसीटीभी डेटा सुरक्षित नरहेको अनुमानसमेत गर्न सकिन्न

सर्वोच्चले भन्यो– सिंहदरबारभित्रका सीसीटीभी डेटा सुरक्षित नरहेको अनुमानसमेत गर्न सकिन्न

राजनीति
काठमाडौं । सर्वोच्च अदालतले सिंहदरबारभित्र सीसीटीभी क्यामेराले कैद गरेका डेटाहरू सुरक्षित नरहेको अनुमानसमेत गर्न नसकिने बताएको छ ।  कानुन व्यवसायीहरू बाबुराम अर्याल, सरोजकृष्ण घिमिरेसहितले दर्ता गराएको रिटमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले देशको केन्द्रीय प्रमुख प्रशासकीय परिसरभित्र सीसीटीभी क्यामेराले कैद गरेका डेटाहरू सुरक्षित राखेका छैनन् भन्ने अनुमानसमेत गर्न नसकिने बताएको हो । सर्वोच्चले तत्काल अन्तरिम आदेश जारी गरिरहन नपर्ने पनि बताएको छ । "अर्थ मन्त्रालय तथा अन्य मन्त्रालयसमेत रहेको सिंहदरबार परिसरभित्रको सुरक्षा संवेदनशील सीसीटीभी क्यामेरा तथा त्यस क्यामेरामा कैद भएका सम्बन्धित डेटाहरू नमेटिने गरी सुरक्षित तबरले संचय गरी राख्नू भनी अन्तरिम आदेश माग भई आएको सन्दर्भमा विचार गर्दा सिंहदरबार देशको केन्द्रीय प्रमुख प...
नेमकिपाले उपसभामुख पदमा मतदान नगर्ने

नेमकिपाले उपसभामुख पदमा मतदान नगर्ने

राजनीति
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले उपसभामुख पदमा मतदान नगर्ने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले मतदान नगर्ने पार्टीको निर्णय भएको बताए ।  उपसभामुखका लागि गठबन्धनको तर्फबाट पुष्पा भुसाल र नेकपा एमालेका तर्फबाट विद्या भट्टराई उमेदवार छन् ।
नागरिकताविहीन नागरिकलाई रुवाउने काम नगरौँ : सांसद कर्ण

नागरिकताविहीन नागरिकलाई रुवाउने काम नगरौँ : सांसद कर्ण

राजनीति
सांसद लक्ष्मणलाल कर्ण बिहीबार प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ माथिको दफावार छलफलमा भाग लिँदै । काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले नागरिकता सम्बन्धी विधेयकलाई अविलम्ब संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।  सांसद कर्णले अब पनि संसदीय समितिमा लगेर ‘नागरिकताविहीन नागरिकलाई रुवाउने’ काम गर्न नहुने बताए ।  बिहीबार प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ माथिको दफावार छलफलमा भाग लिँदै उनले नागरिकताविहीन नागरिकको अवस्थाबारे विचार गरेर सो विधेयकलाई यही संसदबाट तत्काल पारित गर्न पनि सबै सांसदहरूलाई आग्रह गरे ।  सांसद कर्णले अढाई वर्ष संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल गरिएको सो विधेयक अझै पनि पारित नभए करिब ६ लाख नागरिकताविहीन नेपाली नागरिकले के भन्लान् भ...
प्रधानमन्त्रीले भने– ढुक्क हुनुहोस् अहिले प्रहरीलाई हतियार किनिँदैन 

प्रधानमन्त्रीले भने– ढुक्क हुनुहोस् अहिले प्रहरीलाई हतियार किनिँदैन 

राजनीति
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले प्रहरीलाई कुनै पनि हालतमा हतियार नकिन्ने बताएका छन् । उनले आफूले यस विषयमा गृह मन्त्रीलाई समेत निर्देशन दिने बताएका थिए । केन्द्रीय समितिको जारी बैठकमा गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले प्रहरीलाई किन्न लागेको हतियारका बारेमा प्रश्न उठाएका थिए । “प्रहरीलाई हतियार किनिँदैन । अहिले आवश्यक पनि छैन । त्यो निर्णय होइन । त्यो हतियार अहिले किन्दैनौं,” सभापति देउवाले भनेका थिए । प्रहरीलाई हतियार किन्न भन्दै यसअघि बजेट रकमान्तर गरिएको थियो । प्रहरीका लागि एकहजार थान ९ एमएम पिस्तोल, त्यसको लागि गोली १० लाख ३० हजार राउन्ड, बाह्रबोर सटगन ११५० वटा त्यसमा लाग्ने छर्रा २ लाख र रबरका गोली ३ लाख वटा र अश्रु ग्यासका २५ हजार सेल हतियार खरिदका लागि रकमान्तर गरिएको थियो । ...