२०८० चैत्र १६

महोत्तरीमा एकीकृत समाजवादीले गर्‍याे सबै सिटमा उमेदवार सिफारिस




जनकपुरधाम । महोत्तरीमा नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधि र प्रदेश सभातर्फको सबै सिटमा उमेदवार सिफारिस गरेकाे छ । 

जिल्ला कमिटीको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि उमेदवार सिफारिस गरेको हो । पार्टीले सबै सिटमा उमेदवारको नाम सिफारिस गरेपनि सत्तारूढ दलसँग गठबन्धन भए पार्टीले प्रदेश सभातर्फ दुई र प्रतिनिधि सभामा एक सिट दाबी गर्ने तयारी गरेको छ ।



Advertisement



बैठकले निर्वाचन क्षेत्र नम्बर १ बाट चार जनाको नाम सिफारिस गरेकाे छ । सो निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभातर्फ विश्वनाथ सिंह, अरुण कुमार सिंह, भरत श्रेष्ठ र शारदा दहालको नाम सिफारिस भएको छ ।

यस्तै, बैठकले प्रदेश सभातर्फ निर्वाचन क्षेत्र १ को ‘क’बाट सुरेश बहादुर राउत, विजयकुमार महतो र रिता भट्टराई गरी तीन जनाको नाम सिफारिस गरेकाे छ । सोही निर्वाचन क्षेत्रको ‘ख’बाट गणेश जर्घा र मिन रहपालको नाम सिफारिस भएको छ । 

एकीकृत समाजवादीले निर्वाचन क्षेत्र नम्बर २ बाट तीन जनाको नाम प्रतिनिधि सभातर्फ सिफारिस गरेकाे छ। साे क्षेत्रमा विजन पासमान, लता मण्डल र माधव प्रसाद यादवको नाम सिफारिस गरिएको पार्टी अध्यक्ष कौशिलाल यादवले जानकारी दिए ।

उनका अनुसार निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ मञ्जु यादव, विशेश्वर साफि र निर्मालादेवी पासवानको नाम सिफारिस भएको हो । सोही निर्वाचन क्षेत्रको ‘ख’बाट स्वयंवर झा, फुलोन चौधरी र सुस्मिताकुमारी रामको नाम सिफारिस भएकाे छ । 



त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ बाट अञ्जला झा, पुनम जयसवाल र महमुद आलम अन्सारीको नाम सिफारिस भएको पार्टीका जिल्ला अध्यक्ष कौशिलाल यादवले बताए । प्रदेश सभातर्फ ३ को ‘क’ बाट बैकुण्ठ यादव, नबल किसोर चौधरी, प्रियंका कुमारी साह, सोही निर्वाचन क्षेत्रको ‘ख’बाट सुरेन्द्रलाल कर्ण, कल्पना शिवाकोटी र राजुबहादुर पन्त सिफारिस भएका छन् । 

यस्तै, निर्वाचन क्षेत्र नम्बर ४ बाट सत्यनारायण साह, शौखीलाल यादव, कौशल किसोर साह र गिताकुमारी यादवको नाम प्रतिनिधि सभातर्फ सिफारिस भएको छ । यस्तै, सो निर्वाचन क्षेत्रको ‘क’बाट कौशीलाल यादव, रुदल दाहाल, र ‘ख’बाट राज किसोर साह, निर्मला साह र रञ्जु साहको नाम सिफारिस भएको छ । 

Copy link
Powered by Social Snap