२०८१ बैशाख १३

आफूले नै सुरक्षागार्डलाई थुनामुक्त गर्न आग्रह गरेको पर्यटनमन्त्रीको दाबी




काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले थुनामा रहेका सुरक्षागार्ड शेरजंग गुरुङलाई थुनामुक्त गर्न आफूले नै गृहमन्त्रालयलाई आग्रह गरेको बताएका छन् ।





उनले आफ्नो सचिवालयमार्फत गुरुङले प्रहरीसमक्ष गल्ती महसुस गरिसकेकाले थुनामुक्त गरिदिन गृहमन्त्रालयलाई आग्रह गरेको बताएका हुन् ।

“गुरुङले प्रहरी समक्ष गल्ती महसुस गरिसकेकोले निजलाई नियन्त्रणमुक्त गरिदिन माननीय मन्त्रीज्यूले गृहमन्त्रालयलाई आग्रह गर्नुभएको छ,” उनको सचिवालयले भनेको छ ।

यसअघि आजै गृहमन्त्री बालकृष्ण खाँणले गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका थिए । खाँणले काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।

305427679_620117639674375_4102921594276090440_n1662380371.jpg

Copy link
Powered by Social Snap