२०८१ बैशाख ७

कमल थापाको रिट सर्वोच्चले खारेज गर्‍यो, राप्रपा नेपालले गुमायो ‘गाई’




काठमाडौं । गाई चुनाव चिह्न आफ्नो हुनुपर्ने दाबी गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । 



Advertisement



सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले थापाले दायर गरेको रिट मंगलबार खारेज गरिदिएको हो । 



रिट खारेजीसँगै थापाले गाई चुनाव चिह्न नपाउने भएका छन् । निर्वाचन आयोगले थापाको पार्टी राप्रपा नेपाललाई तीर चुनाव चिह्न दिएको छ ।

Copy link
Powered by Social Snap