२०८३ असार २२

राजनीति

सिट बाँडफाँट टुंग्याउन सत्तारुढ शीर्ष नेताहरू छलफलमा

सिट बाँडफाँट टुंग्याउन सत्तारुढ शीर्ष नेताहरू छलफलमा

राजनीति
काठमाडौं । समानुपातिकतर्फको बन्दसूची पेस गरेपछि सत्तारुढ गठबन्धन प्रत्यक्षतर्फको सिट बाँडफाँट टुंगो लगाउन छलफलमा जुटेका छन् ।  आज बिहान बालुवाटारमा भएको छलफलमा सामान्य कुराकानी भएको र बेलुकी ४ बजे पुनः छलफल गरिने नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।  “समानुपातिकको बन्दसूची सबै दलले बुझाइसकेका छन् । अब प्रत्यक्षतर्फ संघ र प्रदेशको टुंग्याउनु छ,” खनालले भने, “अहिले सामान्य प्रिन्सपलबारे छलफल भयो । बेलुका ४ बजे बस्नेछ ।”  त्यस्तै, राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे के गर्ने भन्नेबारे पनि सामान्य छलफल भएको उनको भनाइ छ । संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयकको आज १५ दिन पुगेको छ ।  “राष्ट्रपतिले आज राति १२ बजेसम्म गर्नुपर्ने समय छ । त्यो समयपछि के हुन्छ ? त्यसपछि के गर्ने भन्ने छलफल गर्ने ...
काठमाडौं महानगरको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त

काठमाडौं महानगरको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त

राजनीति
काठमाडौं महानगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छन्। प्रमुखस्तरीय निर्णयबाट उनी नियुक्त भएको महानगरपालिकाले जनाएको छ। अर्याल सामाजिक अभियन्ता हुन्। उनले सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एजुकेसनबाट स्नातक र कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छन्। महानगरका अनुसार सन् २०१७ मा शिक्षा क्षेत्रमा योगदान गरे बापत सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एजुकेसनले अर्याललाई  प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत पनि गरेको थियो। अर्याल टिच फर नेपालकी संस्थापक बोर्ड सदस्य पनि हुन् जसले पाँच वर्ष अध्यक्षका रूपमा जिम्मेवारी सम्हालेकी थिइन्। उनी अहिले नेतृत्व परिषदको सदस्य छिन्। सन् २०१७ को सेप्टेम्बरदेखि २०२२ को मार्चसम्म उनी फुल ब्राइटको कार्यकारी निर्देशक थिइन्। उनी हवेली आउटडोर लर्निङ सेन्...
भारतीय सेनाध्यक्ष पाण्डेले गरे बसन्तपुर दरबार स्क्वायर अवलोकन

भारतीय सेनाध्यक्ष पाण्डेले गरे बसन्तपुर दरबार स्क्वायर अवलोकन

राजनीति
प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले बुधबार काठमाडौंको बसन्तपुरस्थित दरबार स्क्वायरको अवलोकन भ्रमण गरेका छन्।  त्यसअघि उनले बुधबार बिहान पोखरास्थित सेनाको मध्यकमाण्ड हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका थिए। उनी त्यहाँ आयोजित एक समारोहमा सरिक पनि भएका थिए।  सोमबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरेका थिए। मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले शिष्टाचार भेट गरेका थिए भने साँझ पशुपतिनाथको दर्शन गरेका थिए। यस्तै उनले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको समेत भ्रमण गरे। आइतबार नेपाल आएका उनी बिहीबार नेपालस्थित भारतीय राजदूतावासको भ्रमण गरी स्वदेश फर्किने कार्यक्रम छ। ...
मेयरमा पराजित भएका नेतालाई संघ र प्रदेशमा एकल रूपमा सिफारिस

मेयरमा पराजित भएका नेतालाई संघ र प्रदेशमा एकल रूपमा सिफारिस

राजनीति
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले धनुषाका सबै क्षेत्रबाट उमेदवार सिफारिसको काम सकेको छ । बुधबार प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकतर्फका उमेदवारहरूको नाम जिल्ला कमिटीमा पठाएको हो । धनुषामा कमजोर देखिएको लोसपाले गएको वैशाख ३० को स्थानीय निर्वाचनमा पराजित नेतालाई संघ र प्रदेशमा एकल सिफारिस गरेको छ । पार्टीले प्रतिनिधिसभा सदस्यमा उमेदवारको रूपमा धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट रामबाबु यादवको एकल नाम सिफारिस गरेको छ । यादव गएको स्थानीय निर्वाचनमा गणेशमान चारनाथ नगरपालिकामा पराजित भएका थिए । उनी ०७४ को स्थानीय निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीबाट निर्वाचित थिए । तर यसपटक जसपाले उनलाई टिकट नदिँदा अन्तिम समयमा लोसपा प्रवेश गरी मेयर पदमा उमेदवारी दिएका थिए । सो निर्वाचनमा उनले एक हजार ३२३ मत मात्रै प्राप्त गरेका थिए ।  यस्त...
शेखर कोइरालाको चेतावनी– कांग्रेसले १०० सिट नलिए पार्टीभित्र विद्रोह हुन्छ

शेखर कोइरालाको चेतावनी– कांग्रेसले १०० सिट नलिए पार्टीभित्र विद्रोह हुन्छ

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एकसय भन्दा कम  सिटमा गठबन्धनमा सहमति गरे पार्टीभित्र विद्रोह हुने चेतावनी दिएका छन् ।  बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले गठबन्धनभित्र सहमतिमा कांग्रेसले एक सय सिट लिनुपर्ने बताए । उनले संस्थापन पक्षले न्यायोचित ढंगबाट आफूहरूलाई टिकट नदिए पनि विद्रोह हुने बताए । "सय सिटमा पनि कांग्रेसभित्र व्यवस्थापन गर्न गाह्रो छ । त्योभन्दा कम पाए स्थिति भयावह हुन्छ," उनले भने, "कांग्रेसभित्र विद्रोह हुन सक्छ । विद्रोह भए गठबन्धनको औचित्य समाप्त हुन्छ ।" उनले अगाडि भने, “न्यायोचित ढंगबाट टिकट वितरण हाम्रो पार्टीभित्र पनि हुनुपर्‍यो । सँगै गठबन्धनमा १०० सिट भन्दा कम भयो भने विद्रोह र विग्रह कांग्रेसमा हुन्छ ।” नेता कोइरालाले गठबन्धनमा अझै सिटको विषयमा सहमति नभएकाले तत्काल आपत्ति जनाउनुपर्ने ...
प्रत्यक्षतर्फ कांग्रेसले धेरै भन्दा धेरै महिलालाई उमेदवार बनाउँछ : देउवा

प्रत्यक्षतर्फ कांग्रेसले धेरै भन्दा धेरै महिलालाई उमेदवार बनाउँछ : देउवा

राजनीति
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा महिलालाई उचित अवसर दिइने बताएका छन् । बुधबार काठमाडौंमा नेपाल महिला संघको प्रशिक्षण कार्य्रक्रममा देउवाले निर्वाचनको प्रत्यक्षतर्फ कांग्रेसले धेरै भन्दा धेरै महिला प्रतिनिधिलाई उमेदवार बनाउने बताएका हुन् । उनले समानुपातिक सूचीमा राख्नुपर्ने अधिकतम दबाब आइरहेका बेला प्रत्यक्षमा नै चुनाव लड्न महिला नेतृहरू इच्छुक हुनु सकारात्मक कुरा रहेको बताए । देउवाले अहिले निर्वाचनमा हारजितको फैसला गर्ने सम्पूर्ण अधिकार जनतामा रहेकाले जनतामाझ गएर आफ्नो विचार प्रवाह गर्न सुझाव पनि दिए । अहिले कांग्रेस मात्रै प्रजातन्त्रवादी पार्टी भएको भन्दै देउवाले प्रजातन्त्रलाई कमजोर हुन नदिन एकजुट र बलियो भएर अघि बढ्नुपर्ने बताए । कांग्रेस नेता प्रकाशमान सिंहले सूचना र प्रविधिलाई उच्चतम प्रयो...
कांग्रेसको कान्छो क्षेत्रीय सभापतिको संसद् सपना 

कांग्रेसको कान्छो क्षेत्रीय सभापतिको संसद् सपना 

राजनीति
काठमाडौं । गतवर्ष भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा देशकै कान्छो सभापति निर्वाचित भएका थिए–कविर शर्मा । काठमाडौं जिल्ला क्षेत्र नम्बर–२ मा सभापति निर्वाचित भएका उनै शर्मा अहिले संघीय संसद् प्रतिनिधि सभा सदस्यका लागि उमेदवार सिफारिस भएका छन् ।  उमेरले ३३ काट्दै गरेका कविर उमेदवार बन्ने आकांक्षीमध्यकै कान्छा छन् ।  १४औँ महाधिवेशनमा देउवा नजिकका मानिने शर्मा क्षेत्रीय सभापतिमा निर्वाचित भए ।  कम उमेरमै क्षेत्रीय सभापति बनेका कविरको लक्ष्य प्रतिनिधि सभा सदस्य हुनु रहेको छ । “देशभर बुढो पुस्ताले नेतृत्व ओगट्यो । युवाहरूलाई अवसर दिइएन भन्दै स्वतन्त्र अभियानदेखि नयाँ पार्टीहरू त्यही नारामा चलिरहेका छन्,” कविर भन्छन्, “म क्षेत्रीय सभापतिको जिम्मवारीमा पनि छु । यसअघि तरुण दल हाँकेकै हुँ । अग्रजको विश्वास र युवाहरूको साथ भयो भने संघीय संसदमै गएर युवा पुस्...
झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन र ४ मा ओली सिफारिस 

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन र ४ मा ओली सिफारिस 

राजनीति
विराटनगर । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापाको क्षेत्र नं. ३ बाट सर्वसम्मत सिफारिस भएका छन् । आज बसेको पार्टीको क्षेत्रीय समितिको बैठकले उनलाई प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्षतर्फको उमेदवार सिफारिस गरेको हो ।  “पार्टी अध्यक्ष सर्वसम्मत सिफारिस हुनु भएको छ,” राप्रपाका स्थानीय नेता राजकुमार चाम्लिङले भने । उमेदवारी घोषणा गरिएसँगै अब चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिइने चाम्लिङले बताए । राप्रपा जिल्ला अध्यक्ष केशव ओझाले अब जिल्लाभर चुनवाी अभियान सञ्चालन गरिने बताए । अध्यक्ष लिङ्देनले अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई झापाको क्षेत्र नम्बर ३ मा पराजित गरेका थिए ।  यस्तै, झापा क्षेत्र नं. ४ मा राप्रपाबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभाको लागि खुस्बु ओलीको नाम सर्वसम्मत सिफारिस भएको छ । बेलायतको अक्स्फाेर्ड...
‘गाई’ नपाएपछि कमल थापाको आक्रोश– चलखेल भयो, न्यायाधीशलाई जीवनभर पोल्नेछ

‘गाई’ नपाएपछि कमल थापाको आक्रोश– चलखेल भयो, न्यायाधीशलाई जीवनभर पोल्नेछ

राजनीति
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले 'गाई' चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । तर, अदालतको फैसलालाई मान्ने उनको भनाइ छ । मंगलबार सर्वोच्चले 'गाई' चुनाव चिह्न आफ्नो हुनुपर्ने दाबी गर्दै थापा पक्षले दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएको छ । फैसलाबारे अध्यक्ष थापाले भने, "गाई चिह्न नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण छ । चुनाव चिह्न रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भयो । चलखेल, दबाब र 'सेटिङ'ले कसरी संवैधानिक अंगहरूलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण हो यो फैसला," उनले भने । उनले फैसला गर्ने न्यायाधीशरूले कुन कानुनमा टेटेर फैसला गरेको भनेर जवाफ दिनुपर्ने पनि बताएका छन् । "ओठे जवाफ दिन सकिएला । तर उहाँहरूको अन्तर्आत्माले ...
गठबन्धनमा भागबन्डा टुंगिएपछि कांग्रेसले उमेदवार चयन गर्छ : खाँण

गठबन्धनमा भागबन्डा टुंगिएपछि कांग्रेसले उमेदवार चयन गर्छ : खाँण

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनमा भाग टुंगिइसकेपछि मात्रै नेपाली कांग्रेसले आगामी संघ र प्रदेश तहको निर्वाचनमा उमेदवार चयन गर्ने बताएका छन् ।  मंगलवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले गठबन्धमा निर्वाचन क्षेत्रको भागबन्डा लगाएपछि मात्रै आफ्नो पार्टीले उमेदवार चयन गर्ने बताएका हुन् ।  “निर्वाचनमा दलहरूको बीचमा गठबन्धनमा छौँ । पहिला कुन निर्वाचन क्षेत्रमा कुन जिल्लामा कुन पार्टीको उमेदवार उठ्ने त्यो कुराको निर्णय हामीले गठबन्धनबाट गर्नुपर्छ,” उनले भने ।  गृहमन्त्री खाँणले भागबन्डा टुंगो लगाउन गठबन्धनको कार्यदलमा छलफल भइरहेको बताए ।  उनले नेपाली कांग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला समन्वय समिति र प्रदेश कार्यसमितिले आ–आफ्नो मातहतका निर्वाचन क्ष...