२०८३ बैशाख ३०

अर्थतन्त्र

शेयर कारोबार दोहोरो अङ्कले ओरालो

शेयर कारोबार दोहोरो अङ्कले ओरालो

अर्थतन्त्र, देश, शेयर बजार, समाचार
साभार: रातोपाटी धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आज बजारले ओरालोको यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३७ बिन्दुले ओरोलो लागेर एक हजार ५७६.२७ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.०१ बिन्दुले घटेर ३११.७३ मा झरेको छ । कूल १९३ कम्पनीको ९२ लाख ८१ हजार ४७८ कित्ता शेयर रु दुई अर्ब ३९ करोड ४५ लाख ३२ हजार ५९९ मूल्यमा खरिद बिक्री भए ।  कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर उकालो लाग्दा अरु ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त १७.५ अङ्कले उकालो लाग्दा बैंकिङ १०.५, व्यापार १९.६९, होटल ३८.२३, विकास बैंक २०.८८, जलविद्युत् २७.७५, निर्जीवन बीमा ८६.३७, उत्पादन ४८.४८, अन्य ९.२९, लघुवित्त ८.९३, जीवन बीमा १०.७१ ओरालो छ ।  Advertisement ...
बैंकिङ कसुरमा ३२ लाख जरिवानाको सजाय पाएका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरमा ३२ लाख जरिवानाको सजाय पाएका फरार प्रतिवादी पक्राउ

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
साभार: रातोपाटी काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुरको ललितपुर महानगरपालिका–२१ खोकनाका ३४ वर्षीय अमर महर्जनलाई सोमबार पक्राउ गरेको हो । महर्जनलाई सोमबार काठमाडौँको कुलेश्वरबाट पक्राउ गरिएको सीआईका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापाले जानकारी दिए । उनलाई बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७६ माघ १३ गते ३२ लाख जरिवाना र ७ दिन कैद सजाय सुनाएको थियो । Advertisement त्यस दिनदेखि फरार महर्जनलाई पक्राउपछि सजाय भुक्तानीको लागि ज्लिजा अदालत ललितपुर पेश गरिएको थापाले बताए । महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्दै जानी–जानी रीता महर्जनलाई झुक्याएर २०७४ जेठ २५ गते यति डेभलपमेन्ट बैंक कुमारीपाटी शाखाको चेक दिएका थिए । लामो समय...
दशैँमा बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न सकिने

दशैँमा बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न सकिने

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
साभार: रातोपाटी काठमाडौं । यसपटक नेपाल राष्ट्र बैंकले दशैको नयाँ नोट साट्न आफ्ना विभिन्न शाखा कार्यालयमा सर्वसाधारणलाई लाइन लगाउने छैन । कोरोना माहामारीका कारण लाइन लगाउन सम्भव पनि छैन । तर दशैमा दक्षिणाका रुपमा दिइने नयाँ नोट चाहिएको छ भने अब राष्ट्र बैंक होइन तपाईँ आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट लिन सक्नुहुनेछ ।  नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार नयाँ आफूहरुले बैंक तथा वित्तिय संस्थालाई उपलब्ध गराउने र उनीहरु मार्फत नै आम सर्वसाधारणले लिन सक्नेछन् ।  भट्ट भन्छन्, ‘यसपटक हामी लाइन लगाएर बाँढ्ने पक्षमा छैनौँ । यदि नयाँ नोट चाहिए हामी बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउँछौ । उनीहरु मार्फत सर्वसाधारणले लिन सक्छन् ।’ Advertisement पहिले दशैँलाई मात्र नयाँ नोट साटिने व्यवस्था भएपनि नोट सटहीलाई राष्ट्र बैंकले  समाव...
गुणस्तरहीन स्यानिटाइजरमाथि धमाधम विभागको कारवाही, थप दुई उत्पादनमाथि लाग्यो प्रतिबन्ध

गुणस्तरहीन स्यानिटाइजरमाथि धमाधम विभागको कारवाही, थप दुई उत्पादनमाथि लाग्यो प्रतिबन्ध

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
साभार: रातोपाटी काठमाडौं । कोरोना महामारीसँगै बजारमा आएका स्यानिटाइजरको गुणस्तर परीक्षणको कामलाई औषधि व्यवस्था विभागले तिव्रता दिएको छ । पछिल्लो समय विभागले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने दुई कम्पनीको उत्पादन बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन दिएको छ ।  विभागले बुधबार एक सूचनामार्फत सेफ ह्याण्ड २०० एमएल र ह्याण्ड रब इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर १ लिटरको परीक्षणका क्रममा न्यून गुणस्तर रहेको पाइएकाले प्रतिबन्ध लगाइएको जनाएको छ ।  Advertisement हालसम्म विभागले बिक्री वितरणमा प्रतिबन्ध लगाएका ह्याण्ड स्यानिटाइजरको संख्या २० पुगेको छ ।  असोज १२ गते पनि औषधि व्यवस्था विभागले ९ वटा स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको थियो ।  ...
राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा बने मनास्लु वल्र्ड कलेज का ब्रान्ड एम्बेसडर

राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा बने मनास्लु वल्र्ड कलेज का ब्रान्ड एम्बेसडर

अर्थतन्त्र, देश, नेपाली ब्रान्ड, समाचार
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापा मनास्लु वर्ल्ड कलेजको ब्रान्ड एम्बेस्डर बनेका छन्। सोमवार मनास्लु कलेजले एक कार्यक्रमको आयोजना गरी सागरलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो। कार्यक्रममा सागर र कलेजबीच सम्भौतामा हस्ताक्षर भएको छ। कार्यक्रममा सागरले आफूलाई यति ठस्लो सम्मान दिएको भन्दै पाली खेलकुद क्षेत्रमा मनास्लु कलेजले चालेको यो पाईलाप्रति धन्यबाद दिएका थिए। साथै सागरले कलेजले आफूलाई दिएको जिम्मेबारीप्रति प्रतिबद्ध हुँदै अगाडि बढने बताए। कार्यक्रममा कलेजका अध्यक्ष गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान, कलेजका प्रिन्सिपल राजन श्रेष्ठ लगायत अन्य पदाअधिकारीहरुको उपस्थिति रहेको थियो। कलेजका अध्यक्ष गेन्द्र लामाले मनास्लु कलेज शिक्षा मात्र नभएर खेलकुद क्षेत्रमा पनि योगदान गर्ने उद्देश्यले अगाडि बढेको र अगामी दिनमा कलेजले खेलकुद क्षेत्रमा बिभिन्...
अनुगमनका क्रममा बरामद प्याज किलोको ६० रुपैयाँमै बिक्री गरिने

अनुगमनका क्रममा बरामद प्याज किलोको ६० रुपैयाँमै बिक्री गरिने

अर्थतन्त्र, कर्पोरेट
Credit: OnlineKhabar ७ असोज, काठमाडौं । अनुगमनको क्रममा काठमाडौंस्थित कालीमाटी र बल्खु तरकारी बजारबाट बरामद गरिएको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारबाट बिक्री गर्ने भएको छ । बरामद गरिएको करिब १२० क्विन्टल प्याज सुपथ मूल्यमा बिक्री गर्ने तयारी अन्तिम अवस्थामा पुगेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुबेदीले अनलाइनखबरलाई जानकारी दिइन् । Advertisement मंगलबार साँझ वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको संयुक्त बैठकले जफत गरिएको प्याज बिक्री गर्ने निर्णय गरेको थियो । बुधबारबाटै प्याजको बिक्री थाल्ने भनिए पनि मुचुल्का उठाउने र प्याजको जोख्ने कार्य नसकिएका कारण बिहीबारबाट मात्रै प्याज बिक्री सुरु गरिने सूचना अधिकारी सुबेदीले बताइन् । व्या...
नेपाली चियाले पायो आफ्नै ट्रेडमार्क

नेपाली चियाले पायो आफ्नै ट्रेडमार्क

अर्थतन्त्र, कर्पोरेट, शेयर बजार
साभार: रातोपाटी काठमाडौँ । अब विश्व वजारमा नेपाली ट्रेडमार्कको चिया चिनिने भएको छ । चियामा आत्मनिर्भर रहेको नेपालले भारतलगायत विभिन्न देशमा आफ्नो चिया निर्यात गर्दै आइरहेको थियो तर आफ्नो टे«डमार्क नहुँदा विभिन्न देशमा आ–आफ्नै ट्रेडमार्क राखेर बिक्री वितरण हुने गर्दथ्यो । अब त्यो समस्या समाधान हुने भएको छ । नेपाली अर्थोडक्स चिया अब ‘नेपाल टी क्वालिटी फर्म द हिमालयज’ को ट्रेडमार्कको नामले चिनिनेछ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले आज इलामको फिक्कलमा एक कार्यक्रम गरी सो ट्रेडमार्कको घोषणा गरेका हुन् । नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेका मापदण्ड र आचारसंहिता पालना गरेका १२ वटा चिया उद्योग तथा सहकारीहरूलाई ट्रेडमार्क प्रयोग गर्न कृषि मन्त्री भुसालले आज इजाजत प्रदान गरेका हुन् ।   ट्रेडमाकका लागि ४२ वटा चिया...
सिभिल बैंकको बदमासी-सेयर मूल्य बढाउन मर्जरको हल्ला !

सिभिल बैंकको बदमासी-सेयर मूल्य बढाउन मर्जरको हल्ला !

अर्थतन्त्र, देश, बैँक/ बीमा, शेयर बजार, समाचार
Credit: OnlineKhabar ४ असोज, काठमाडौं । अहिले मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकमध्ये निकै कमजोर मानिने बैंकमध्ये एक हो सिभिल बैंक, आइतबार कारोबार खुलेसँगै सिभिल बैंकको सेयर मूल्य बढ्न शुरु भयो र आकासियो । एक पटक त करिब १० प्रतिशतले उकालो लागेको सिभिल बैंकको सेयर मूल्य बजार बन्द हुने समयमा ४.६७ प्रतिशत अर्थात ७ रुपैयाँले बढेको छ । अप्रत्यासित तरिकाले सिभिलको मूल्य बढ्नुको कारण भने मर्जरको हल्ला हो । कमजोर अवस्थामा रहेको सिभिलले एक वलियो कमर्सियल बैंकसँग मर्जरमा जान लागेको भनेर हल्ला गर्यो । केहि सञ्चारमाध्यममा समाचारसमेत प्रकाशन भए पछि लगानीकर्ताहरु सिभिल बैंकको सेयर किन्न झुम्मिएका थिए । हल्ला गरे जसरी सिभिलले मर्जरको विषयमा कुनै निर्णय गरेको छैन । छलफलकै आधारमा कुनै राम्रो बैंकसँग मर्जरमा जाँदैछु भनेर हल्ला फैलाउनु गैरकानूनी हो । सिभिलका सीईओ गुरूङ सिभिल बैंक...
ओपो एफ १७ प्रो स्मार्टफोन नेपाली बजारमा आउँदै, जान्नुहोस यसका फिचर्स

ओपो एफ १७ प्रो स्मार्टफोन नेपाली बजारमा आउँदै, जान्नुहोस यसका फिचर्स

अर्थतन्त्र, कभर स्टोरी, कर्पोरेट, नेपाली ब्रान्ड
साभार: सेतोपाटी चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओपोले आफ्नोनयाँ फोन नेपाली बजारमा ल्याउने तयारी गरेको छ। कम्पनीले नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ१७ प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीको प्ल्याशिप मोडलको यो फोनमा ६.४० इन्चको डिस्प्ले रहेको छ। स्न्याप ड्र्यागन ७१० प्रोसेसर प्रयोग गरिएको यो फोनमा ३७०० एमएएच क्षमताको ब्याट्री रहेको छ। Advertisement २५ मेगापिक्सेलको सेल्फी क्यामेरा भएको यो फोनमा १२‌‌‌‍‍ + २० मेगापिक्सेलको प्राइमेरी क्यामेरा सेन्सर रहेको छ। ५० वाटको सुपर भोको फ्ल्यास चार्जर फिचर्स भएको यो फोनमा थ्रीडी स्क्यानर फिचर्स पनि रहेको छ। ८ जिबी र्‍याम र १२८ जिबी स्टोरेजसम्मको भेरियन्ट घोषणा गरेको कम्पनीले नेपालमा कुन भेरियन्ट ल्याउने र मूल्य कति हुने भनेर निर्धारण भने गरिसकेको छैन। ...
प्याजमा कालोबजारी गर्नेलाई न्युन जरिवाना मात्रै

प्याजमा कालोबजारी गर्नेलाई न्युन जरिवाना मात्रै

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
Credit: OnlineKhabar २ असोज, काठमाडौं । प्याजमा कालोबजारी गर्दै गर्दा रङ्गेहात फेला परेका व्यवसायीलाई वाणिज्य विभागले सामान्य जरिवाना तिराएर छोडेको छ । भदौ ३१मा असोज एक र दुई गते बल्खु, कालीमाटी र तीनकुनेका तरकारी बजारमा दोब्बर मूल्यमा प्याज बिक्री गरिरहेका ७ व्यापारिक फर्मलाई नगद जरिवाना गराएर विभागले उन्मुक्ति दिएको हो । बिहीबार ६ वटा प्याज व्यवसायीलाई ९ लाख ६५ हजार जरिवाना तिराएर थप कारबाही नगरेको विभागले शुक्रबार कालीमाटीको एक पसललाई ५० हजार जरिवाना तिराएको छ ।बिहीबार उलक तरकारी भण्डारलाई ५५ हजार, दुलाल आलु भण्डारलाई  ५५ हजार, व्यवसायी बिशेष गौतमलाई ५५ हजार रुपैयाँ विभागले जरिवाना गरेको थियो । Advertisement यस्तै रञ्जन आलु प्याज भण्डारलाई दुई लाख ५० हजार, पशुपति आलु प्याज स्टोरलाई दुई लाख ५० हजार, आके ट्रेडर्सलाई तीन लाख रुपैयाँ विभागले ...