२०८३ कार्तिक १२

९४ करोडको आयुर्वेदिक औषधि निर्यात, ३२ प्रतिशतले बढ्यो निर्यात

साभार: सेतोपाटी

गएको आर्थिक वर्ष नेपालको वस्तु व्यापार घाटा थोरै भएपनि घट्यो। अघिल्लो वर्ष १३ प्रतिशतले बढेको यस्तो वस्तु व्यापार घाटा गएको वर्ष भने १५ प्रतिशतले घटेको छ।

वस्तु व्यापार घाटा न्यून हुनुमा लकडाउन लागू भएपछि केही उच्च मूल्यका वस्तुको आयात घट्नु तथा केही वस्तुको आयात आर्थिक वर्षको सुरुदेखि नै न्यून हुनु रहेको छ।

वस्तु व्यापार घाटा न्यून हुनुको कारण निर्यात बढेर भन्दा पनि आयात घटेर भएको हो। आयात पनि नेपाल आत्मनिर्भर भएर भन्दा पनि कोरोना भाइरसजन्य परिस्थितिका कारण हो।

यस्तोमा नेपालबाट धेरै मूल्यका निर्यात हुने २० वस्तुमध्ये तीनओटा वस्तुकोमात्र निर्यात बढेको छ। यो सूचीको कूल निर्यातमा ६१ प्रतिशत हुन्छ।

यो सूचीमा रहेका पाम आयल जुन विदेशबाट कच्चा तेल ल्याएर नेपालमा रिफाइन गरेर निर्यात गरिन्छ। यसको निर्यात ७७ प्रतिशतले बढेर गएको वर्ष १८ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ। कूल निर्यातमा यसको हिस्सा १८ प्रतिशत छ।


Advertisement


त्यस्तै गएको वर्ष जडिबुटीको निर्यात पनि बढेको छ। अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड रुपैयाँ भित्रिएको छ। यसको निर्यातमा १.५ प्रतिशत हिस्सा रहेको छ।

यो सूचीबाट निर्यात वृद्धि हुने तीनओटै वस्तु वनस्पतिजन्य रहेका छन्।

गएको वर्ष निर्यात वृद्धि भएको अर्को वस्तु हो आयुर्वेदिक औषधि। नेपालबाट गएको वर्ष ९७ करोड ५८ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधिको निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशत बढी हो।

नेपालमा पछिल्लो समय आयुर्वेदिक औषधि उत्पादन तथा जडिबुटी प्रसोधनमा लगानी बढिरहेको छ। यसैको परिणाम औषधिको निर्यात पनि बढिरहेको छ।

नेपालमा वार्षिक २० अर्ब रुपैयाँ बढीको आयुर्वेद औषधि उत्पादन हुने व्यवसायीहरूले बताउँदै आएका छन्। यद्यपी नेपालमा भारतबाट आयात हुने क्रम पनि रोकिएको छैन। 

वस्तु निर्यातमा हिसाब नहुने बिजुली निर्यात पनि बढेको छ। गएको वर्ष दोब्बर बढीले बिजुली निर्यात बढेको हो।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap