२०८१ बैशाख ७

लकडाउन र निषेधाज्ञामा ग्यासको खपत ५० प्रतिशतले घट्यो

Credit: CLICKMANDU

काठमाडौं । लकडाउन र निषेधाज्ञाको समयमा ग्यासको खपत घटेको छ । लकडाउन र निषेधाज्ञाले पूर्णरुपमा होटल तथा रेष्टुराँ बन्द भएसँगै ग्यासको खपत घटेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।

सरकारले चैत ११ गते लकडाउन गरेलगत्तै बजारमा ग्यासको अभाव देखिएको थियो । त्यसबेला व्यवसायीहरूले आधा सिलिण्डर भएपनि उपलब्ध गराएको थियो ।

तर, लामो समयको बन्दाबन्दीका कारण अधिकांश मानिसहरू आफ्ना गृह जिल्ला फर्कने र पूर्णरुपमा व्यवसाय बन्द भएसँगै बजारमा ग्यासको अभाव हुन छोडेको छ ।

हाल विगतको तुलनामा ग्यासको खपत ३० प्रतिशतले घटेको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

दैनिक एक लाखभन्दा बढी सिलिण्डर खपत हुनेमा अहिले ह्वात्तै घटेको उनले बताए । उनका अनुसार उपत्यमामा सबैभन्दा धेरै होटल, रेष्टुराँ तथा अन्य व्यवसाय बन्द भएकाले ग्यासकोे खपत कम भएको उनको भनाइ छ । साथै स्कुल, कलेज सबै बन्द भएको अवस्थाले पनि केही मात्रामा प्रभाव परेको उनको भनाइ छ ।


Advertisement


त्यस्तै, लकडाउन र निषेधाज्ञामा आयातको कमी नभएको कारण ग्यासको अभाव नहुने उनको दाबी छ ।

यसैगरी दैनिक उपत्यकामा मात्रै दैनिक ४० हजार ग्यास खपत हुनेमा अहिले २० हजारभन्दा कम खपत भइरहेको नेपाल ग्यास बिक्रेता महासंघका कोषाध्यक्ष राजेश दाहालले जानकारी दिए ।

‘सबैभन्दा बढी खपत हुने होटल, रेष्टुराँ तथा पार्टी प्यालेसमा हो । अहिले यी सबै बन्द भएकाले यो क्षेत्रमा ग्यासको खपत हुन सकेको छैन,’ उनले भने ।

हाल घरायसीमा पनि ५० प्रतिशतले कमी आएको उनको भनाइ छ ।

हाल उद्योगसँग १५ हजार टन ग्यास स्टोर रहेको संघले जनाएको छ । नेपालभर ५८ वटा उद्योग छन् । ती उद्योगहरूले एक सय टनदेखि एक हजार टनसम्म क्षमता रहेको उनको भनाइ छ ।

Copy link
Powered by Social Snap