बैंकिङ क्षेत्र उचालिँदा ४१ अंकले बढ्यो सेयर बजार
काठमाडौं । सेयर बजारको लागि चाडपर्वको अवधि ‘अफ सिजन’ मानिन्छ । दशैंको घटस्थापनादेखि छठपर्वसम्मै यस्तो अवस्था विगतका वर्षहरुमा देखिन्थ्यो । आम जनतामा चाडपर्वको रौनक नसकिने भएकोले यो अवधिमा सेयर बजारमा कारोबार रकम ज्यादै न्यून हुने गथ्र्यो । कारोबार रकम मात्रै नभएर सेयर बजार सूचकमा समेत यो अवधिमा उल्लेख्य उतारचढाव भएको पाइँदैन ।
तर यसपटक यस्तो भएन । ५ दिनको बिदापछि बुधबार पहिलोपटक खुलेको बजार कारोबार रकम र सूचकका आधारमा निकै उत्साहपूर्ण रह्यो । बुधबार नेपाल स्टक एक्सचेज (नेप्से) परिसूचक ४१.२० अंकले बढेर १ हजार ६ सय ४७ दशमलव ४६ विन्दुमा पुगेको छ । यो करिब २.५७ प्रतिशतको वृद्धि हो ।
बुधबार नेप्से परिसूचक मात्रै नभएर यसअन्तर्गतका सबै सूचक र व्यापारमूलक क्षेत्र बाहेकका सबै उपसूचक समेत बढेको छ । बैंकिङ समूह एकैदिन ४.२७ प्रतिशत बढेर १ हजार ३ सय ४७ दशमलब २३ अंकमा पुगे...









