२०८१ बैशाख ८

कोकाकोला र पेप्सीबीचको लडाँइ, जमिनदेखि अन्तरिक्षसम्म

Credit: CLICKMANDU

तपाईंले यदि कोकाकोलाकम्पनीमा काम गर्ने कुनै कर्मचारीलाई के तपाईं पेप्सी पिउनुहुन्छ ? भनेर सोध्नु भयो भने उसले पेप्सीकाबारेमा भएका खराबीहरुको ठूलो लिस्ट नै बनाउन सक्छ ।

तिसम्म कि उसको कुरा सुनेर तपाईं आफै पनि जीवनभर नै पेप्सी पिउने बारेमा फेरि सोच्न समेत सक्नुहुन्छ । ठीक यसैगरी पेप्सी कम्पनीमा काम गर्ने कर्मचारीलाई सोही प्रश्न सोध्नु भयो भने उसले पनि कोकाकोलाबारे ठ्याक्कै त्यही नै भन्न सक्छ ।

कोला बजारमा लडिएको यो लडाइ अर्थात् कोला वारको शुरुवात ७० को दशकमै शुरु भएको थियो । दुबै कम्पनीले बनाएको कोला ड्रिंग्सको स्वादमा धेरै अन्तर छैन । यद्यपि उनीहरु एक अर्कालाई माथ दिनका लागि निकै आकर्षित मार्केटिङका तरिका अपनाएका छन् ।

‘पेप्सी च्यालेन्ज’ तथा कोकाकोलाका गल्तीहरु
सन् १९७५ मा पेप्सी वा पेप्सीको उकासिँदो नयाँ बजारमा पकड बनाउनका लागि एउटा विज्ञापन शुरु गरेको थियो । जसका नाम थियो ‘पेप्सी च्यालेञ्ज’ । यो विज्ञापन त्योबेला भाइरल नै भयो । यससँगै पेप्सीले भीड हुने क्षेत्रमा ग्राहकलाई पेप्सी र कोकाकोला दुबै ड्रिंग्स दिएर दुबैलाई तुलना गर्न लगायो । र, परिणाम धेरै जसो मानिसहरुले पेप्सीको स्वाद कोकाकोलाभन्दा राम्रो भएको बताए ।

पेप्सीले पछि ९ सेकेन्डको टिभी विज्ञापनमा एक बृद्ध मानिस र कोक प्रेमी महिलाले पेप्सी मनपराएको देखाइएको थियो । यो विज्ञापनले कोकाकोला कम्पनीमा तहल्का मच्चाइदियो । यसलाई टक्कर दिनका लागि कोकाकोलाले कैयन कदम उठायो तर निकै ठूलो नोक्सानी बेहोर्नु पर्यो ।

जमिनबाट उठेर लडाइ अन्तरिक्षसम्म पुग्यो
विश्वास गर्न गाह्रो हुन सक्छ कि ८०को दशकमा दुबै कम्पनीले यस्तो होड लाग्यो कि अन्तरिक्षमा कुन पेय पदार्थ बढी मन पराउँछन् भन्ने प्रतिष्पर्धा नै चल्यो । खासगरी सन् १९८५ मा अमेरिकी स्पेस एजेन्सी नासाले अन्तरिक्षमा ‘स्पेस सटल’ च्यालेन्जर पठाएको थियो । जसमा अन्तरिक्ष यात्रीका लागि दुबै कम्पनीले आ–आफ्ना उत्पादनमा आमूल परिवर्तन ल्याए र आफ्ना उत्पादन ‘जिरो ग्राभिटी’ वा भारहिना प्रभावको अवस्थामा पनि पिउन सक्ने गरी बनाए ।

कोकाकोलाले त्यो बेलामा साढे २ लाख अमेरिकी डलर यसका लागि खर्च गरेको दाबी समेत गरेको थियो । त्यसैगरी पेप्सीले भारहिनता प्रभाव मुक्त क्यान बनाउनका लागि डेढ करोड डलर खर्च गरेको थियो । यद्यपि अन्तरिक्ष यात्रिहरुले दुबै कमपनीका ड्रिंग्स अस्वीकार गरेका थिए ।

जब अमेरिकी राष्ट्रपतिले पेप्सी ह्वाइट हाउसबाट फाले
४० को दशकमा अमेरिकामा कम्पनीहरुलाई चिनी निश्चित मात्रामा दिइन्थ्यो । पेप्सीले यस कोटालाई बढाउनका लागि अमेरिकी सिनेटर जोसेफ म्याकर्थीसँग प्रयास पनि गरेका थिए । यसका लागि कम्पनीले ऋणमा डुबेका म्याकर्थीलाई आर्थिक सहयोग पनि गरेको थियो । यो कुरा बाहिर आयो र म्याकर्थीले चिनीको कोटा बढाउन पाएनन् ।

निर्वाचनका बेलामा दुबै कम्पनीले आफ्ना मनपर्ने पार्टीलाई चन्दा दिन थाले । सन् १९८४ मा भएको चुनावमा कोकाकोलाले रिपब्लिक पार्टीका उम्मेदवार रोनाल्ड रिगनलाई समर्थन गर्यो । तर रोचक त के भने जब रोनाल्ड रिगन राष्ट्रपति बने तब उनले स्पेस सटलका लागि पेप्सीको समर्थन गरे ।

रिगनभन्दा अघि राष्ट्रपति रहेका जेम्स अर्ल कार्टर जसलाई जिम्मी कार्टरका नामले पनि चिनिन्छ, उनले कोकाकोलालाई समर्थन गरेका थिए । जिम्मी कार्टर र कोकको सम्बन्ध सबैलाई राम्रोसँग थाहा थियो । उनले एकपटक ह्वाइट हाउसमा एक कर्मचारीले पेप्सी पिएको देखेका थिए । त्यसपछि उनले पेप्सीलाई ह्वाइट हाउसमा प्रवेश नै गर्न दिएनन् ।

उता राष्ट्रपति रिचर्ड निक्सन भने पेस्पी मन पराउँथे र उनी र पेप्सीका बीच सम्बन्ध पनि निकै रोचक थियो । उनले पेप्सीलाई सोभियत रुसको मुखिया खुश्चेवको मनपर्ने पेय पदार्थ बनाइदिएका थिए । जसका कारण पेप्सी सोभियत रुसको बजारमा प्रवेश पाएको थियो ।


Advertisement


खेलका माध्यमबाट टक्कर दिने प्रयास
विश्वभरमा कोकाकोलाको मार्केट सेयर पेप्सीभन्दा केही बढी छ । तर पेप्सी चुनौती दिन सक्ने हैसियत राख्छ । कोकाकोला जे गर्छ त्यसको ठीक उल्टो पेप्सीले गर्न थाल्यो । र, यो खेल जगतमा हुने विज्ञापनमा प्रष्ट देखिन्छ । सन् १९९६ मा भारतीय उपमहाद्विपमा भएको क्रिकेटको वर्ल्ड कप सिरिजमा कोकाकोला आधिकारिक रुपमा स्पोन्सर थियो । चार वर्ष अघि आएको कोकाकोला त्यो. बेलामा भारतमा जग बसाल्ने प्रयास गरिरहेको थियो । यो समयमा स्पोन्सर बनेर कोकाकोलाले मार्केट सेयरमा राम्रो बढोत्तरी हुने आशा थियो ।

पेप्सीले यसलाई काट्नका लागि हरेक म्याचमा आफ्नो विज्ञापन थोक भावमा हाल्यो । जसको ट्याग्लाइन थियो ‘नथिङ अफिसियल अबाउट इट’ । पेप्सीको विज्ञापनले कोकाकोलाको नाकै मुनी पूरै च्याम्पियनसीप जित्यो ।

त्यसैगरी जर्मनीमा सन् २००६ मा भएको फुटवल विश्वकपको आधिकारिक स्पोन्सर कोकाकोला थियो । यहाँ पनि पेप्सीले ‘पेप्सीम्याक्स च्यालेन्ज अभियान’ विज्ञापन जारी गर्यो । सन् २०१० मा अफ्रिकामा भएको फुटबल वर्ल्डकपमा पनि यस्तै अवस्था रह्यो । जसमा कोकाकोला कम्पनी स्पोन्सर थियो । यहाँ पेप्सीले अफ्रिको महाद्विवलाई आधार बनाएर एउटा विज्ञापन जारी गर्यो जसमा अर्जेन्टिनाका प्रसिद्ध फुटबलर लियोनल मेस्सी थिए ।

कोकाकोला मुख्यरुपमा एक पेय कम्पनी हो भने पेप्सी तथा पेस्सीको आज एक निकै ठूलो फूड चेन कम्पनी बनिसकेको छ ।

कोकाकोलाको अहिले वार्षिक टर्नओभर करिब साढे ४ लाख करोड रुपैयाँ छ भने पेप्सीकोको वार्षिक टर्नओभर करिब साढे ६ लाख करोड रुपैयाँको छ ।

कोला वार अन्ततः कस्ले जित्यो ?
आज पनि अनेकन प्रयासपछि पनि पेप्सी कोकाकोलाभन्दा पछि छ । ताजा आँकडा अनुसार विश्वभर कोक एक्लैको हिस्सा ४२ प्रतिशत छ भने पेप्सीको ३० प्रतिशत मात्रै छ ।

अमेरिकाका अर्थशास्त्री तथा वाक्स म्याग्जिनका सम्पादक म्याथ्यू इग्लेसिअस एक लेखमा भनेका छन्, ‘यो साँचो हो कि सन् १९७५ मा पेप्सीले गरेको च्यालेञ्जमा मानिसहरुमा पेप्सीलाई कोकाकोलाभन्दा माथि पुर्याएको थियो । तर त्यसपछि कोकाकोलाले एकपछि अर्को गल्ती गर्न थाल्यो । यहाँसम्म कि कम्पनीले ‘न्यू कोक’ नामबाट नयाँ उत्पादन जारी गर्यो । जसलाई अमेरिकी मानिसले मन पराएनन् । त्यसपछि कोकको बिक्री एकदमसँग तल झर्यो । तब त्यो दौरमा पेप्सीले कोला वार जितेको थियो । यहाँ तककि पेप्सीको यो खुसीमा कर्मचारीलाई ५ दिनसम्म बिदा दियो ।

पछि कोकाकोलाले पुरानै उत्पादन बजारमा ल्यायो । र, फेरि गुमेको बजार हिस्सा र प्रतिष्ठा कमायो ।

म्याथुका अनुसार पेप्सीका लागि यो हताशजनक विषय बन्यो । जब यसमा शोध गरियो तब मानिसहरु स्वाद चाखेर खरिद गर्दैन र कोकाकोलाको मार्केटिङ क्याम्पेन प्रमुख कारक रहेको कुरा पत्ता लाग्यो । त्यसैले आज पनि कोकाकोलाले मार्केटिङ र विज्ञापनमा धेरै पैसा खर्च गर्छ । त्यसैले यो दौडमा कोकाकोला नै विजेता सावित भयो ।

Copy link
Powered by Social Snap