२०८३ बैशाख ३०

अर्थतन्त्र

कोरोना बीमा दाबीको अन्योता हट्यो, निजी ल्याबको परिक्षण मान्य हुने

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार, स्वास्थ्य
Credit: CLICKMANDU काठमाडौं । कोराना दाबी भुक्तानी सम्बन्धी अन्योलता हटेको छ । बीमा समितिले समितिले निजी ल्याबको कोरोना पोजेटिभ रिपोर्टलाई मान्यता नदिने भनेसँगै यसमा विवाद उत्पन्न भएको थियो । समितिले कोरोना बीमा निर्देशीकामा सरकारी निकायको परिक्षणमा कोरोना पोजेटिभ आएको रिपोर्टमा मात्र दाबी भुक्तानी दिन कम्पनीहरुलाई दिर्नेशन दिएको थियो । यसमा चौतर्फी विरोध नै भएपनि आइतबार बीमा समितिले बीमा कम्पनीका प्रतिनिधी, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल वीमक संघ लगायतका संस्थाहरुका पदाधिकारीहरु समक्ष छलफल गरेको थियो । छलफलपछि स्वास्थ्य मन्त्रालय अन्तर्गत र मन्त्रालयबाट स्वीकृति लिएका सबै ल्याबहरुबाटगरिएको पोजिटिभ पिसिआर परिक्षण रिपोर्टलाई मान्यता बीमा कम्पनीहरुले दिने सहमति भएको छ । सबै ल्याबहरुबाट परिक्षणमा पोजेटिभ आएर परेका दाबीहरुलाई ७ दिन भित्र भुक्तानी...
कोकाकोला र पेप्सीबीचको लडाँइ, जमिनदेखि अन्तरिक्षसम्म

कोकाकोला र पेप्सीबीचको लडाँइ, जमिनदेखि अन्तरिक्षसम्म

अर्थतन्त्र, कर्पोरेट
Credit: CLICKMANDU तपाईंले यदि कोकाकोलाकम्पनीमा काम गर्ने कुनै कर्मचारीलाई के तपाईं पेप्सी पिउनुहुन्छ ? भनेर सोध्नु भयो भने उसले पेप्सीकाबारेमा भएका खराबीहरुको ठूलो लिस्ट नै बनाउन सक्छ । तिसम्म कि उसको कुरा सुनेर तपाईं आफै पनि जीवनभर नै पेप्सी पिउने बारेमा फेरि सोच्न समेत सक्नुहुन्छ । ठीक यसैगरी पेप्सी कम्पनीमा काम गर्ने कर्मचारीलाई सोही प्रश्न सोध्नु भयो भने उसले पनि कोकाकोलाबारे ठ्याक्कै त्यही नै भन्न सक्छ । कोला बजारमा लडिएको यो लडाइ अर्थात् कोला वारको शुरुवात ७० को दशकमै शुरु भएको थियो । दुबै कम्पनीले बनाएको कोला ड्रिंग्सको स्वादमा धेरै अन्तर छैन । यद्यपि उनीहरु एक अर्कालाई माथ दिनका लागि निकै आकर्षित मार्केटिङका तरिका अपनाएका छन् । ‘पेप्सी च्यालेन्ज’ तथा कोकाकोलाका गल्तीहरुसन् १९७५ मा पेप्सी वा पेप्सीको उकासिँदो नयाँ बजारमा पकड बनाउनका लागि एउटा विज्ञापन शुरु ...
‘निरन्तरको लकडाउनले होटलमा थपिएको नयाँ लगानी जोखिममा’

‘निरन्तरको लकडाउनले होटलमा थपिएको नयाँ लगानी जोखिममा’

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
साभार: सेतोपाटी कोरोना महामारी नियन्त्रणका लागि भन्दै संसारभर जारी गरिएको लकडाउन खुकुलो हुँदै गए पनि नेपालमा भने छ महिनासम्म जारी हुँदा अर्थतन्त्र धरासायी हुने अवस्थामा पुगेको व्यवसायीले बताएका छन्। लकडाउनका कारण पुगेको क्षतिलाई न्यूनीकरण गर्न कुनै पनि राहत नदिएको र अर्कोतिर बन्दमात्र गर्दै जाँदा व्यवसाय र व्यवसायीमात्र नभएर लाखौं नेपाली बेरोजगार बन्ने जोखिम बढेको उनीहरूको भनाइ छ। कोरोनाबाट सबैभन्दा धेरै प्रभावित भएको पर्यटन र त्यसमा पनि होटल व्यवसायीले सरकारले घोषणा गरेको राहत अहिलेसम्म कसैले पनि नपाएको र पाए पनि त्यसबाट उद्धार सम्भव नहुने मेयरियट होटलका सञ्चालक शशिकान्त अग्रवालले बताए।  नेपाल राष्ट्र बैंकले होटल तथा पर्यटनसँगसम्बन्धी अन्य उद्योगलाई एक वर्षसम्म ब्याज तिर्न नपर्ने व्यवस्था गरिदिएको थियो। त्यस्तै पाँच प्रतिशत ब्याजदरमा पुर्नकर्जा दिने पनि व्यवस...
९४ करोडको आयुर्वेदिक औषधि निर्यात, ३२ प्रतिशतले बढ्यो निर्यात

९४ करोडको आयुर्वेदिक औषधि निर्यात, ३२ प्रतिशतले बढ्यो निर्यात

अर्थतन्त्र, कर्पोरेट, स्वास्थ्य
साभार: सेतोपाटी गएको आर्थिक वर्ष नेपालको वस्तु व्यापार घाटा थोरै भएपनि घट्यो। अघिल्लो वर्ष १३ प्रतिशतले बढेको यस्तो वस्तु व्यापार घाटा गएको वर्ष भने १५ प्रतिशतले घटेको छ। वस्तु व्यापार घाटा न्यून हुनुमा लकडाउन लागू भएपछि केही उच्च मूल्यका वस्तुको आयात घट्नु तथा केही वस्तुको आयात आर्थिक वर्षको सुरुदेखि नै न्यून हुनु रहेको छ। वस्तु व्यापार घाटा न्यून हुनुको कारण निर्यात बढेर भन्दा पनि आयात घटेर भएको हो। आयात पनि नेपाल आत्मनिर्भर भएर भन्दा पनि कोरोना भाइरसजन्य परिस्थितिका कारण हो। यस्तोमा नेपालबाट धेरै मूल्यका निर्यात हुने २० वस्तुमध्ये तीनओटा वस्तुकोमात्र निर्यात बढेको छ। यो सूचीको कूल निर्यातमा ६१ प्रतिशत हुन्छ। यो सूचीमा रहेका पाम आयल जुन विदेशबाट कच्चा तेल ल्याएर नेपालमा रिफाइन गरेर निर्यात गरिन्छ। यसको निर्यात ७७ प्रतिशतले बढेर गएको वर्ष १८ अर्ब ३१ करोड रुपैया...
उपत्यकाका १० प्रतिशत व्यवसायी विस्थापित, अधिकांश न्यूरोड र ठमेलका

उपत्यकाका १० प्रतिशत व्यवसायी विस्थापित, अधिकांश न्यूरोड र ठमेलका

अर्थतन्त्र, देश, समाचार
Credit: CLICKMANDU काठमाडौं । उपत्यकाबाट १० प्रतिशत व्यवसायी विस्थापित भएका छन् । उपत्यका जिल्ला बाहिरबाट व्यवसाय गर्दै आएका व्यवसायीहरू कोरोनाको कहरमा गृहजिल्ला फर्किएका हुन् । लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भए । साउन महिनाका केही दिन आवतजावत तथा व्यापार व्यवसाय चले पनि हाल उपत्यकामा निषेधाज्ञा लागू भएको छ । यसबीच उपत्यकाका जिल्ला बाहिरबाट आएर व्यवसाय गर्ने १० प्रतिशत विस्थापित भएको राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेन कटुवालले बताए । ‘उपत्यकाका तीन जिल्लामा मात्र करिब २ लाख बढी व्यवसाय थिए । जसमा ८५ प्रतिशत व्यवसाय जिल्ला बाहिरबाट आएका हुन्,’ कटुवालले भने, ‘लकडाउन र निषेधाज्ञाका कारण व्यवसाय सञ्चालन नहुँदा १० प्रतिशत व्यवसायी विस्थापित भइसकेका छन् ।’ उनका अनुसार लकडाउन यता हालसम्म करिब ४० प्रतिशत हाराहारीमा सटर, बिजनेस फ्लाइटहरु खाली भइसकेको बताए । तीम...
जीवन बीमा कम्पनीको २ खर्ब ८४ अर्ब लगानी, मुद्दति निक्षेपमा ८४.३४ प्रतिशत

जीवन बीमा कम्पनीको २ खर्ब ८४ अर्ब लगानी, मुद्दति निक्षेपमा ८४.३४ प्रतिशत

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
Credit: CLICKMANDU काठमाडौं । बीमा समितिले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा नै बीमासम्बन्धी लगानी निर्देशिका जारी गरेको थियो । सो पश्चात कम्पनीहरुले तोकिएको सीमा रहेर कृषि, पर्यटन, पूर्वाधार, हाइड्रो घर जग्गामा लगानी गर्ने बाटो खुला गरेको थियो । सो अघिसम्म कम्पनीहरुले बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेप, सरकार तथा विभिन्न कम्पनीहरुले जारी गरेको सेयर र ऋणपत्रमा मात्र लगानी गर्न पाउँथे । हाल बीमा कम्पनीहरुले कृषि, पर्यटन, पूर्वाधार, हाइड्रो घर जग्गा बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेप, सरकार तथा विभिन्न कम्पनीहरुले जारी गरेको सेयर र ऋणपत्रमा लगानी गरेका छन् । नियामक निकायले लगानीको दायरा बढाए पनि बीमा कम्पनीहरुले भने आफ्नो परम्परागत शैलीलाई नै निरन्तरता दिएका छन् । जीवन बीमा कम्पनीहरु गत आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्म २ खर्ब ८४ अर्ब ६७ करोड रुपैयाँ लगान...
बंगलादेशबाट ‘पैंचो’मा ५० हजार मेट्रिक टन मल ल्याउँदैछौं: मन्त्री भूसाल

बंगलादेशबाट ‘पैंचो’मा ५० हजार मेट्रिक टन मल ल्याउँदैछौं: मन्त्री भूसाल

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
साभार: सेतोपाटी सरकारले बंगलादेशबाट पचास हजार मेट्रिक टन रासायनिक मल पैंचो ल्याउने भएको छ। मंगलबार प्रधानमन्त्री केपी ओली र बंगालादेशी प्रधानमन्त्री शेख हसिनाबीच तत्काल पचास हजार मेट्रिक टन रासायनिक मल ल्याउने सहमति भएको हो। कृषि मन्त्री घनश्याम भूसालका अनुसार किसानलाई रासायनिक मलको चरम अभावलाई टार्न उक्त बराबरको मल पैंचो ल्याउने सहमति दुवै देशका प्रधानमन्त्रीबीच भएको हो। मल समयमै नआएपछि कृषि मन्त्रालयले बंगलादेशसँग पैंचोका लागि केही समयदेखि नै अनुरोध गर्दै आएको थियो। ‘बंगलादेशबाट पिएमकै लेभलमा कुरा गरेपछि मात्र टुंगो लाग्न सक्ने भनेपछि मैले प्रधानमन्त्रीलाई मल पैंचो ल्याउने विषयमा जानकारी गराएको थिएँ,’ भूसालले भने, ‘उहाँले आज बंगलादेशी प्रधानमन्त्रीसँग कुरा गरेपछि यो टुंगो लागेको हो।’ भूसालले पन्ध्र दिनभित्रमा उक्त रासायनिक मल ल्याउने दुवै देशका प्रधानमन्त्र...
२१ वर्ष मै केइली कसरी बनिन् विश्वकै कान्छी धनाढ्य ?

२१ वर्ष मै केइली कसरी बनिन् विश्वकै कान्छी धनाढ्य ?

अर्थतन्त्र, कर्पोरेट, हलिउड/बलिउड
Credit: CLICKMANDU काठमाडौं । यदि तपाईंलाई संसारको सबैभन्दा धनी व्यक्तिको नाम सोधियो भने सजिलैसँग उत्तर दिनुहुन्छ । भन्नुहुन्छ, विल गेट्स । लामो समयसम्म अर्बपतिको सूचीमा एकछत्र राज गरेका गेट्सलाई पछार्दै इ–कमर्स प्लेटफर्म अमेजनका मालिक जेफ बेजोस अग्रस्थानमा आइसकेका छन् । एकवर्ष अघि बेजोसले गेट्सलाई पछि पार्दै सबैभन्दा धनीको नाम लेखाएपछि उनी दोस्रो भएका छैनन् । पछिल्लो समय बेजोसको सम्पत्ति २ सय विलियन डलर पुग्दा गेट्सको सम्पत्ति ११६ विलियन डलरमा सीमित भएको छ । अर्थात् गेट्सको तुलनामा बेजोस निकै अगाडि पुगिसकेका छन् । यसै क्रममा सबैभन्दा कान्छी अर्बपतिको सूचीमा भने २१ वर्षे एक युवतीले नाम लेखाउन सफल भएकी छिन् । फोब्र्सले प्रकाशित गरेको पछिल्लो विवरण अनुसार युवा धनाढ्यको सूचीमा पर्न सफल भएकी युवती हुन् केइली जेनर । हाल उनी २३ वर्षकि भइसकेकी छन् । केइलीभन्दा अघि विश्...
रिचार्जरको मेगा सेल ग्याजेट मेला सुरु, ५० प्रतिशतसम्म छुटसँगै स्यानिटाइजर निःशुल्क

रिचार्जरको मेगा सेल ग्याजेट मेला सुरु, ५० प्रतिशतसम्म छुटसँगै स्यानिटाइजर निःशुल्क

अर्थतन्त्र, कभर स्टोरी, कर्पोरेट, देश, समाचार
साभार: रातोपाटी काठमाडौं । मोबाइल एप रिचार्जरले यहि भदौ ११ गतेबाट ब्राण्डेड सामाग्रीहरुको मेगा सेल ग्याजेट मेला सञ्चालन गर्ने भएको छ ।  मोबाइल एपमा सञ्चालन हुने उक्त मेगा सेलमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा लोकप्रिय ब्राण्डका मोबाइल, ल्यापटप, टेलिभिजन, फ्रिज जस्ता विद्युतीय उपकरणका साथै जुत्ता, कपडा, झोला, परफ्युम लगायतका सामानहरु उपलब्ध हुने छन् ।  आम प्रयोगकर्तालाई कोरोना संक्रमणको जोखिमबाट बच्न विभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले अन्य प्रकृतिका विभिन्न ब्राण्डका सामाग्रीहरुको पनि बिक्री खुला गर्न लागेको हो ।  ब्राण्ड मेगा सेलमा ५० प्रतिशतसम्मको छुटका अलावा कतिपय सामाग्रीको खरिदमा ‘बाई वान गेट वान फ्रि’ को अफर समेत सञ्चालन हुने बताइएको छ । यो अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा सामाग्री किन्...
बजार मूल्यभन्दा ४५० रुपैयाँ सस्तोमा खसीको मासु बिक्री गर्दै भाटभटेनी

बजार मूल्यभन्दा ४५० रुपैयाँ सस्तोमा खसीको मासु बिक्री गर्दै भाटभटेनी

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
Credit: CLICKMANDU काठमाडौं । बजारमा खसीको मासु प्रतिकेजी १३ सय रुपैयाँमा बिक्री भइरहेका बेलामा भाटभटेनी सुपरमार्केटले भने प्रतिकेजी ८५० रुपैयाँमै बिक्री गर्न थालेको छ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बजारमा बिचौलियाका कारण खसीको मासुको मूल्य महंगो भएको भन्दै आफूहरुले सस्तो मूल्यमा बिक्री गरिरहेको जानकारी दिए । भाटभटेनीले बजार मूल्यभन्दा ४५० रुपैयाँ सस्तो मूल्यमा खसीको मासु बिक्री गरिरहेको छ । गुरुङका अनुसार भाटभटेनीले नेपालगञ्ज र भैरहवाबाट ल्याइएका खसीको मासुको मूल्यमा थोरै मार्जिन राखेर मात्रै बिक्री गरिरहेको छ । ‘नेपालगञ्जमा ७ सय रुपैयाँमा प्रतिकेजी खसीको मासु पाइन्छ, हामीले नेपालगञ्जसँगै भैरहवाबाट पनि ल्याउँदै छौं, त्यसमा थोरै मूल्य राखेर बिक्री गर्दा ग्राहकहरुले सस्तो मूल्यमा खसीको मासु पाउन थालेका छन्,’ उनले भने । उनका अनुसार भाटभटेनीले गो...